IIMS College

ISMT

HUB Education

ग्रीनवीच महोत्सवले ल्यायो नेपाली खेलकुद , कला र संस्कृति एकैठाउँ

  • सोमबार, २३ आषाढ, २०७६
  • 3 months ago
  • युके
आयोजक टीमका सदस्यहरु
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

तस्विर : शिव भण्डारी 

 

लण्डन । नेपाली युथ एशोसिएसन यूकेको आयोजनामा आइतबार साउथ ईस्ट लण्डनमा ग्रीनवीच महोत्सव सम्पन्न भएको छ । 

 

फुटबल र भलिबल प्रतियोगितासहित लाइभ संगीत, सांस्कृतिक कार्यक्रम, नेपाली खानाका स्टलहरु, च्यारिटी स्टल, चंगा चैट, निशुल्क स्वास्थ्य चेकजाँच र बालबालिकाका लागि विभिन्न मनोरञ्जनात्मक खेलहरुसहित महोत्सवका आकर्षण थिए । 

 

महोत्सवमा करिब १५ सय जनाको सहभागिता रहेको आयोजक एशोसिएसनले दाबी गरेको छ । 

 

 

सुरुका वर्षहरुमा ग्रीनवीचकपका नाममा फुटबल र भलिबल प्रतियोगिता आयोजना गरिंदै आएपनि पछिल्ला वर्षहरुमा नेपाली खाना, लाइभ संगीतसहितका कार्यक्रमहरु थप गरिएको थियो ।

 

यस वर्ष अझै बृहत रुपमा नेपाली खेलकुद, खाना, कला, संस्कृति आदिलाई एकै ठाउंमा जोड्ने उद्धेश्यले ग्रीनवीच महोत्सवका रुपमा आयोजना गरिएको आयोजक एशोसिएसन अध्यक्ष लछुमन गुरुङले बताए । 

 

 

यसपटक ग्रीनवीच कपका लागि फुटबल तथा भलिबल दुवैतर्फ झण्डै १ दर्जन टोलीहरुले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये फुटबलतर्फको उपाधि मंगोलियन भाञ्जा र भलिबलतर्फको उपाधि ग्रीनवीच भलिबल परिवारले जितेका छन् । रनर अप भने फुबटलमा तोङ्वा एफसी र भलिबलमा स्यांग्जा भलिबल टीम बनेका छन् । 

 

फुटबलको विजेताले नगद १२ सय पाउण्डसहित ट्रफी र भलिबलको विजेताले नगद १ हजार पाउण्डसहित ट्रफी प्राप्त गरेका छन् । ग्रीनवीच महोत्सवको प्रायोजक मध्येको एक 'एसएसएएफए' नामक मिलिटरी च्यारिटीका डिभिजनल सेक्रेटरी जेरी आर्मस्ट्रोंग र आयोजक एशोसिएसन अध्यक्ष लछुमन गुरुङले विजेताहरुलाई ट्रफी वितरण गरेका थिए । 

 

 

यसअघि उक्त कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले फाइनल खेलको शुभारम्भ गरेका थिए । विशेष अतिथि ग्रीनवीच बरोकी मेयरले बिहान कार्यक्रम उद्घाटन गरेकी थिइन् । 

 

कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित नेपाली राष्ट्रिय फुटबल टोलीका उपकप्तान विक्रम लामालाई आयोजकले विशेष सम्मान गरेका थिए । 

 

 

सांस्कृतिक कार्यक्रमअन्तर्गत स्थानीय नेपाली तथा गैरनेपाली समुदायका कलाकारले विभिन्न लाइभ संगीत प्रस्तुत गरेका थिए । प्रतिभा नक्षेत्र, मिसेस यूके नेपाल लगायतका समुहले देखाएका विभिन्न नृत्यहरुको साथै लाखे नाचको विशेष प्रस्तुति आकर्षक थियो । 

 

नर्सिंग एशोसिएसन यूकेको सहकार्यमा निशुल्क स्वास्थ्य चेकजाँच पनि गराइएको थियो । पासा पुचः साउथ ईस्ट लण्डनले लाइभ किचनमा पस्किएको नेवारी परिकारहरुको स्वाद लिन कार्यक्रमका सहभागीहरु झुम्मिएका देखिन्थे । 

 

ग्रीनवीच महोत्सवको मुख्य संयोजक आयोजक एशोसिसनका अध्यक्ष लछुमन गुरुङ थिए भने सहसंयोजकमा उपाध्यक्षद्धय राजन खकुराल र डा सुदर्शन गुरुङ थिए । फुटबल संयोजक समिर गुरुङ, भलिबल संयोजक निरञ्जन खड्का, बालबालिकाको खेलहरुको संयोजक महासचिव रन्जना राई, मिडिया संयोजक मन्दिप केसी, स्वास्थ्य शिविर संयोजक गंगा साम्पांग तथा लाइभ प्रस्तुतिहरुको होस्टको भुमिकामा सुस्मिता थापा थिए ।  

 

 

 


थप समाचार

बन्दीपुरमा पर्यटकको चहलपहल शुरु

  • 10 minutes ago
बन्दीपुरमा पर्यटकको चहलपहल शुरु

दमौली । मौसम शुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल शुरु भएको छ । चिसो बढेसँगै बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल सुरु भएको हो ।

इक्वेडरमा सरकार र प्रदर्शनकारीबीच विरोध प्रदर्शन रोक्न सहमति

  • 14 minutes ago
इक्वेडरमा सरकार र प्रदर्शनकारीबीच विरोध प्रदर्शन रोक्न सहमति

एजेन्सी । इक्वेडरका राष्ट्रपति र आदिवासी नेताहरुबीच विगत १२ दिनदेखि जारी देशव्यापी विरोध प्रदर्शन तत्काल रोक्न आइतबार सम्झौता भएको छ ।

कुर्द र दमास्कसबीच समझदारीको घोषणा

  • 19 minutes ago
कुर्द र दमास्कसबीच समझदारीको घोषणा

एजेन्सी । टर्की–सिरिया सीमाक्षेत्रमा टर्कीले सिरियाली भूमिभित्र आक्रमण गर्न थालेपछि त्यस क्षेत्रमा सक्रिय सिरियाली कुर्दहरुले सिरियाको सत्ता पक्षसँग सम्झौता गरेका छन् ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ।

विचित्र विश्व

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन लागे र जिउँदो निस्केका छन् ।