ग्रेटर रश्मोर नेपाली कम्युनिटीको वार्षिक साधारणसभा सम्पन्न

  • सोमबार, २८ साउन, २०७५
  • 3 months ago
  • युके

अल्डरसट । ग्रेटर रश्मोरनेपाली कम्युनिटीको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  अल्डरसटको भेटघाट रेष्टुरेन्टमा आइतबार साधारणसभा सम्पन्न भएको हो । 

 

संस्थाका महासचिब मान गुरुङले संचालन गरेका उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रामधन राईले स्वागत मन्तव्य दिएका थिए ।  अध्यक्ष जीव बेलबासे र सल्लाहकार क्याप्टेन रिटायर्ड  बिर बहादुर थापाले संयुक्त रुपमा दीप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उदघाटन गरेका थिए ।

 

वरिष्ठ उपाध्यक्ष राम धन राईले भेट्रान फण्ड, उपाध्यक्ष नेम थापाले इन्फर्मेसन डे, महिला विभागका सहसंयोजक सुष्मा गुरुङले नारी दिवस र सांस्कृतिक विभाग संयोजक दिनेश गुरुङले  विभागका गतिविधीसमबन्धी प्रतिवेदन पेश गरेका थिए । संस्थाका कोषाध्यक्ष टोप पल्लीले आर्थिक प्रतिवेदन तथा महासचिव मान गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । पहिलो चरणको औपचारिक कार्यक्रम समापन गर्दै अध्यक्ष जीव बेल्बासेले कार्यसमिति,सल्लाहकारहरु लगायत उपस्थित सबैलाई विशेष धन्यवाद  ज्ञापन गरेका थिए ।   

 

ग्रेटर रश्मोर एरियामा झन्डै २२ हजारको हाराहारीमा नेपालीहरुको बसोबास रहेको छ । यो नेपाली कम्युनिटीलाई अझै ससक्त बनाउनको लागि  ग्रेटर रशमोर एरिया भित्र रहेका विभिन्न जातीय एवं अरु संस्थाहरुका अध्यक्षलाई समेत निम्ताइएको थियो । सभामा किरात राई यायोक्खा रश्मोर शाखाका अध्यक्ष किर्त राई, फानबरो  साइ सेन्टरका अध्यक्ष  सुस्मा गुरुङ, सुनुवार समाज बेलायतका अध्यक्ष यादव सुनुवार, बिसीसी युकेका अध्यक्ष क्याप्टेन नारायण प्रसाद गुरुङ, मगर संघ रश्मोर शाखाका अध्यक्ष लेख राना, पूर्व प्रहरी मंच बेलायतका अध्यक्ष बाचस्पति रेग्मी  लगायतको सहभागिता रहेको थियो। 

 

ग्रेटर रश्मोर नेपाली कम्युनिटीको अरु नेपाली कम्युनिटीसंगको सम्बन्ध तथा स्थानीय काउन्सिल एवं प्रहरी र प्रशासनसंगको पारस्परिकता सम्बन्धको बारेमा बृहत रुपमा छलफल भएको थियो । वर्तमान अवस्थामा नेपाली जेष्ठ  नागरिक बीच देखिएको समस्या र युवा पिढीहरुलाई संस्थामा कसरी आकर्षण गर्न सकिन्छ भन्ने बिषयमा पनि छलफल भएको थियो । 

 

ग्रेटर रश्मोर नेपाली कम्युनिटीले वर्ष भरमा धेरै कार्यक्रमहरु जस्तै नेपाली नयां वर्ष, भिक्टोरिया डे, इन्फर्मेसन डे, १० के रन, नारी दिवस, रश्मोर फुड फेस्टिबल जस्ता कार्यक्रम गर्नुका साथै रश्मोर डिस्ट्रिक चिफ इन्सपेक्टर, काउन्सिल लिडर र काउन्सिलर, रशमोर बरोे काउन्सिल क्मयुनिटी डेभलपमेण्ट शाखा प्रमुख र रश्मोर भोलेन्टीयर सर्भिस लगायत अरु पक्षसंग  रेगुलर बैठक बैठक बस्ने गर्दछ।

 

बैठकबाट वरिष्ठ उपाध्यक्ष राम धन राइलाइ स्थानिय संघसंस्था समन्वय गर्न संयोजक तोकिएको थियो भने केहि आजीवन सदस्यहरुलाई अध्यक्षद्वारा सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो। 

                

- प्रमिला राई 

 


थप समाचार

कति कमायो आमिर खानको फिल्म ‘थग्स अफ हिन्दुस्तान’ ले

  • 7 minutes ago
कति कमायो आमिर खानको फिल्म ‘थग्स अफ हिन्दुस्तान’ ले

एजेन्सी । बहुप्रतिक्षित फिल्म ‘थग्स अफ हिन्दुस्तान’ले बक्स अफिसको आठ दिनमा १४० करोडभन्दा बढीको कमाइ गरेको छ ।

बालिकाको बलात्कारपछि हत्या गर्ने दुई जना पक्राउ

  • 16 minutes ago
बालिकाको बलात्कारपछि हत्या गर्ने दुई जना पक्राउ

बाख्रा चराउन गएकी एक १३ वर्षीया बालिकाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरिएको छ। उदयपुर रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी

न्यायिक समितिमा देखिएन नागरिक अाकर्षण

  • 25 minutes ago
न्यायिक समितिमा देखिएन नागरिक अाकर्षण

रुकुम (पूर्व) । जिल्लामा न्यायिक समितिप्रति नागरिकको आकर्षण देखिएको छैन ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।