ग्रेटर रश्मोर नेपाली कम्युनिटीले 'इन्फरमेसन डे' कार्यक्रम गर्दै

  • सोमबार, २५ भदौ, २०७५
  • 1 week ago
  • युके
फाइल फोटो

 

अल्डरसट । ग्रेटर रश्मोर नेपाली कम्युनिटीले विगतमा जस्तै यस वर्ष पनि आगामी २० सेप्टेम्बर  मा इन्फरमेसन डे कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ ।

 

नेपालबाट आउने नव आगन्तुक भूपू गोर्खा र उनका सन्तान एवं पहिले नै आइसकेका जेष्ठ नागरिकहरुलाई समेत सुसुचित गरि यहाँको रहनसहन, उठबस, शिक्षा, स्वास्थ्य, नागरिक अधिकार र कर्तव्य, सेवा तथा सुविधा आदि विषयमा सचेत गराउने उद्धेश्यले कार्यक्रम गर्न लागिएको हो । 

 

ग्रेटर रश्मोर नेपाली कम्युनिटीद्वारा आयोजना हुने उक्त कार्यक्रमको लागि क्यान इन्टरनेसनल र रश्मोर बरो काउन्सिलले साझेदरको रुपमा सहयोग गर्दैछन । 

 

स्थानीय एम्पायर हलमा बिहान १० बजे सुरु  हुने कार्यक्रमको लागि उपाध्यक्ष नेम थापालाई संयोजक तोकिएको प्रवक्ता प्रमिला राईले जनाइन् । कार्यक्रमको अन्तिम तयारीको लागि रश्मोर बरो काउन्सिल अफिसमा अध्यक्ष जीव बेल्वासे, उपाध्यक्ष नेम थापा र रश्मोर कम्युनिटी डेभलपमेण्ट मेनेजर जेमी बिटन समेतको सहभागितामा केहि दिनअघि  बसेको बैठकले सबै तयारी टुंगो लगाएको संयोजक एवं उपाध्यक्ष नेम थापाले बताए।

 

कार्यक्रममा सिटिजन एड्भाइस ब्युरो, रशमोर बरो काउन्सिल, स्थानीय प्रहरी, फ्रेमिली पार्क हस्पिटल, रश्मोर हेल्थी लिभि, १० किउओजिएलआर,  टकप्लस हाउजिङ्ग, रशमोर फायर एण्ड रेस्क्यु सर्भिस, क्यान इन्टरनेसनल, जीआरएनसी लगायतले संिक्षप्त जानकारीहरु गराउनेछन् भने काउन्सिल लिडर डेभिड क्लिफोर्डले सम्पुर्ण कार्यक्रम अवलोकन गर्नेछन् ।

 

जेष्ठ नागरिकहरुको दैनिकी एवं बेलायती जीवनमा जान्नैपर्ने विषयलाइ विशेष प्राथमिकतामा राखिएको उक्त कार्यक्रममा करिव ५ सय जनाको सहभागिता रहने आशा गरिएको छ । कार्यक्रममा फानबरो, अल्डरसट मात्र नभई अन्य क्षेत्रबाट समेत सहभागिताको लागि आव्हान गरिएको महासचिव मान गुरुङले बताए ।

 

 

 


थप समाचार

हस्ताक्षर संकलनविरूद्ध जाेशीकाे टिप्पणी : महाअभियाेगकाे सामना गर्न तयार छु

  • 23 minutes ago
हस्ताक्षर संकलनविरूद्ध जाेशीकाे टिप्पणी : महाअभियाेगकाे सामना गर्न तयार छु

काठमाडौं । प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले महाअभियोगको सामना गर्न आफु तयार रहेको बताएका छन् । सत्तारुढ दल नेकपाले महाअभियोग प्रस्ताव पेश गर्ने भन्दै आफ्ना स

खाली कागजमा नेकपाका सांसदहरूकाे हस्ताक्षर संकलन, जाेशीविरूद्ध महाअभियाेगकाे तयारी

  • 38 minutes ago
खाली कागजमा नेकपाका सांसदहरूकाे हस्ताक्षर संकलन, जाेशीविरूद्ध महाअभियाेगकाे तयारी

काठमाडौं । संसदीय सुनवाई विशेष समितिबाट प्रधानन्यायधीशमा अस्वीकृत दीपकराज जोशी विरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सत्तारुढ दल नेकपाका सांसदहरूको हस्ताक्षर संकलन गरिएको छ । नयाँ प्रधानन्यायाधीश न

फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियाे

  • 48 minutes ago
फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियाे

काठमाडौँ । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।

विचित्र विश्व

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यहाँका नागरिकले महिनामा कति कमाउँछन् भनेर सरकारले चासो दिदैन । त्यस्तै वैदेशिक रोजगारीका लागि युएई पुगेका कामदारबाट समेत सरकारले कर अथवा अन्य कुनै पनि सुविधा लिंदैन । कामदारले कमाएको