रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

  • शनिबार, ६ असोज, २०७५
  • 7 months ago
  • युके

 

लण्डन । बेलायतमा नेपालीहरुको सबैभन्दा बाक्लो बसोबास रहेको रश्मोर बरोका काउन्सिल लिडरले नेपालीहरुबाट बेलायतीहरुले समेत धेरै कुरा सिक्न सक्ने बताएका छन् । 

 

ग्रेटर रश्मोर नेपाली कम्युनिटीले विहिबार अल्डरसटमा आयोजना गरेको इन्फरमेसन डे कार्यक्रममा काउन्सिल लिडर डेभिड क्लिफोर्डले स्थानीय नेपालीहरुको प्रशंसा गरेका हुन् । मौलिक परम्परा, स्वाबलम्बन र गहिरो पारिवारिक सम्बन्ध लगायतका थुप्रै विषयमा नेपाली समुदायबाट बेलायतीहरुले सिक्ने अवसर मिलेको बताए । 

 

त्यसअवसरमा काउन्सिल लिडर क्लिफोर्डले सम्पूर्ण नव आगन्तुकलाई रश्मोरमा स्वागत गर्दै रश्मोर बरोलाई सबैले आफ्नो परिवारजस्तै मान्न आग्रह गरे । नयां आउने नेपालीहरुलाई बेलायतमा रहदा,बस्दा चाहिने जानकारीको लागि  ग्रेटर रश्मोर नेपाली कम्युनिटीद्वारा आयोजित इन्फरमेसन डे कार्यक्रम लाभदायक बन्ने विश्वास उनले व्यक्त गरे । स्थानीय सबै नेपाली समुदायलाई एक ठाउँमा ल्याएर रश्मोर बरो काउन्सिल, प्रहरी लगायत सबै निकायसंग सफल समन्वयकर्ताको भूमिका निर्वाह गरेकोमा जीआरएनसी अध्यक्ष जीव बेल्बासको प्रशंसा गर्दै उनले विशेष धन्यवाद ज्ञापन गरे । 

 

 

ग्रेटर रश्मोर नेपाली कम्युनिटीले हरेक वर्ष गर्दै आएको इन्फोरमेसेन डे कार्यक्रम विहिबार आयोजना गरेको थियो  । नेपालबाट आउने नवआगन्तुक भूपू गोर्खा र उनका सन्तान एवं पहिले नै आइसकेका जेष्ठ नागरिकहरुलाई समेत सुसुचित गरि यहाँको रहनसहन, उठबस, शिक्षा, स्वास्थ्य, नागरिक अधिकार र कर्तव्य, सेवा तथा सुविधा आदि विषयमा सचेत गराउने उद्धेश्यले कार्यक्रम गरिएको थियो । 

 

यो कार्यक्रमको लागि क्यान  इन्टरनेसनल र रशमोर बरो काउन्सिलले साझेदारको रुपमा सहयोग गरेका थिए ।  एम्पायर हाउस अल्डरसटमा भएको कार्यक्रमको संयोजन कम्युनिटीका उपाध्यक्ष नेम थापाले गरेका थिए । समस्त कार्यसमिति र सल्लाहाकारबाट सक्रिय सहयोग पाएको उक्त कार्यक्रम अहिलेसम्मकै सफल रहेको प्रवक्ता प्रमिला राईले बताइन् ।

 

कार्यक्रममा सिटिजन एड्भाइस ब्युरो, रशमोर बरो काउन्सिल, स्थानीय प्रहरी, फ्रेमिली पार्क हस्पिटल, रश्मोर हेल्थी लिभिंग, १० किउओजिएलआर , टकप्लस, हाउजिङ्ग, रश्मोर फायर एण्ड रेस्क्यु सर्भिस, क्यान इन्टरनेसनल, यूके नेपाल फ्रेन्डसिप सोसाइटी, जीआरएनसी लगायतले सहभागीलाई विभिन्न विषयमा संिक्षप्त जानकारीहरु गराएका थिए ।    

 

 

जेष्ठ नागरिकहरुको दैनिकी एवं बेलायती जीवनमा जान्नैपर्ने विषयलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम गरिएको हो । कार्यक्रमको सुरुमा कम्युनिटीका अध्यक्ष जीव बेल्बासेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन उपाध्यक्ष एवं संयोजक नेम थापाले गरेका थिए ।

 

करिव ५ सय जनाको सहभागिता रहेको  उक्त कार्यक्रममा  जीआरएनसी कार्यसमिति तथा सल्लाहाकारको सहयोगका साथै वरिष्ठ उपाध्यक्ष राम धन राई, उपाध्यक्ष रन्जिता मल्ल, महासचिव मान गुरुङ, सल्लाहाकारहरु क्याप्टेन बिर थापा, क्याप्टेन बिष्णु श्रेष्ठ, क्याप्टेन केशर राना, स्वयमसेवक मद्धत समूह, स्वयमसेवक गोर्खा चौतारी, एम्पायर हलका प्रबन्धक पुरन गिरी र उनका कर्मचारीहरुको विशेष भूमिका रहेको थियो ।  कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं संयोजक नेम थापाका साथै काउन्सिल लिडर डेभिड क्लिफोर्ड, डाक्टर बलाराम भाकाल, जेमी बेटन, पीसीएसओ दुर्गा थापा लगायत विशेष धन्यवादको पात्र बने ।  

 

 


थप समाचार

प्रधानमन्त्रीकाे हातमा साबेल

  • 4 hours ago
प्रधानमन्त्रीकाे हातमा साबेल

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गमा (अप्टिकल फाइवर नेटवर्क) को धादिङको गल्छी गाउँपालिका वडा नं. ४ मासटारमा सोमबार शिलान्यास गर्दै ।

‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

  • 4 hours ago
‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद्मा दर्ता गरिएको मिडिया विधेयक सरोकारवालासँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताएका छन् । रफत सञ्चार क्लबमा आज

बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

  • 4 hours ago
बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

काठमाडौँ । सञ्चालनमा नरहेका र टाट पल्टेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीको करीब रु. १३ करोड बक्यौता असुल गर्न कानूनी जटिलता देखिएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।