ISMT

HUB Education

जीआरएनसीलाई रश्मोरका सबै नेपाली संस्थाको प्रतिनिधि संस्था बनाइने

  • मंगलबार, १ माघ, २०७५
  • 7 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

अल्डरसट । ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) लाई रश्मोर क्षेत्रका सम्पुर्ण नेपालीहरुको साझा संस्थाका रुपमा अघि बढाइने भएको छ ।   

 

आइतबार जीआरएनसी र स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधिहरुबीचको छलफलमा संस्थालाई सम्पुर्ण नेपाली संस्थाहरुको प्रतिनिधिमुलक संस्थाका रुपमा स्थापित गर्ने सहमति गरियो ।   

 

त्यसक्रममा स्थानीय सम्पुर्ण नेपालीहरुको साझा संस्थाका रुपमा  जीआरएनसीमा अन्य नेपाली संस्थाहरुलाई आबद्ध गराउने,  जीआरएनसीको बैठकमा अध्यक्ष वा प्रतिनिधि पठाउने, जीआरएनसीबाट पठाइने हरेक सुचना स्थानीय संस्थाहरुलाई दिने जस्ता विषयमा सहमति भयो । 

 

जीआरएनसी स्थानीय काउन्सिल, प्रशासन, प्रहरी, आर्मी, रश्मोर फायर सर्भिस, अस्पातल, रश्मोर भोलिन्टियर सर्भिस आदि सबैको पोइन्ट अफ कन्ट्याक्ट भएकोले सबै कुराहरु ओन डोर (जी आर एन सी) मार्फत हुने हुंदा समस्त नेपालीको सम्बोधनको लागि जीआरएनसीसंग समन्वय गर्ने सहमति गरियो ।  हालै अल्डरसट , फार्नबरो क्षेत्रमा नेपालीहरुको निधन हुंदा अन्तिम संस्कारको लागि देखिएको समस्याका विषयमा यथाशिघ्र काउन्सिलसंग बैठक गर्ने निर्णय भयो।   

 

युवा, व्यवसायी, जागिरे, समाजसेवी आदि सबैलाई जीआरएनसीमा आबद्ध गर्नको लागि नयां युवा संस्थापक एवम् पूर्व अध्यक्ष पी सी निलम राईलाइ संयोजक तोकियो। 

 

बैठकमा रश्मोर काउन्सिलबाट जी आर एन सी को बार्षिक क्यालेन्डर माग गरिएकोमा अध्यक्ष जीव बेल्बासेको प्रस्तावमा काउन्सिलमा अरु स्थानीय नेपाली संस्थाको क्यालेन्डर समेतलाई महत्वका साथ हेरिने हुंदा आफ्नो क्यालेन्डर उपलब्ध गराउन जीआरएनसीबाट अनुरोध गरिएको थियो।    जीआरएनसीका आजीवन सदस्य चन्द्र राई किरात राई यायोख्खाको वरिष्ठ उपाध्यक्ष, श्रीमती धुर्बसरि राई  किरात राई यायोख्खा ग्रेटर रश्मोर शाखाका अध्यक्ष र रोजी राई  किरात राई यायोख्खा महिला विभागको प्रमुखमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिइयो भने संस्थाको ट्रष्टीमा चयन हुने महासचिव मान गुरुङ र कोषाध्यक्ष टोप पल्लीलाई बधाई दिइयो ।

 

बैठकमा जीआरएनसी सल्लाहकार, कार्यसमिति, स्थानिय नेपाली संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधि समेतको सहभागिता रहेको थियो।   

 

 

संघसंस्थाका प्रतिनिधिहरुसंगको बैठकअघि पहिलो चरणमा सम्पन्न जीआरएनसीको बैठकले विभिन्न निर्णयहरु गरेको थियो । स्थानीय शिव कल्चर एण्ड कम्युनिटी सेन्टरले खरिद गर्ने कम्युनिटी हलको लागि ३ हजार पाउण्ड सहयोग गर्ने निर्णय बैठकले गरेको छ । त्यसअघि हल खरिद गर्ने क्रममा रकम अपुग भएको भन्दै सहयोगको लागि आग्रहसहित अध्यक्ष रोहित गुरुङ र महासचिव बिक्रम भट्टराईद्वारा पठाइएको  पत्र पढेर सुनाइएको थियो । 

 

बैठकमा अध्यक्ष बेल्वासेले हालै संस्थाबाट सम्पन्न भएका नेपाल गोर्खा र रश्मोर ब्रोको मितेरी सम्बन्ध स्थावना, गोर्खा र ब्रिटिश आर्मीको संयुक्त शालिक निर्माणको सहमति, २०२१ मा हुने जनगणना फारममा नेपाली राख्नुपर्ने विषयमा १० डाउनिंग स्ट्रिटमा पत्र बुझाए पश्चात भएका प्रगति, सोसियल मिडियामा देखिएका नकारात्मक पक्षका विषयमा चिफ इनिस्पेक्टर जोन हाल्फेकर , कम्युनिटी  डेभलपमेन्ट मेनेजर जेमी बिटन  र रश्मोर बरो काउन्सिलसंगको बैठक र उपलब्धि लगायतका विषयमा जानकारी गराएका थिए । 

 

त्यसक्रममा रश्मोरको नेपाली समुदायलाई काउन्सिलले विशेष महत्वका साथ हेरेको सन्दर्भमा काउन्सिलको वेबसाइट तथा अन्य मिडियामा सोहिअनुसार प्रकाशन गर्न जिआरएनसिले माग गरेको र काउन्सिलबाट केहि समय माग भएको , रश्मोर फायर एण्ड रेस्क्यु सर्भिसका स्टेसन मेनेजर पोल रोब्सन, वाच मेनेजर रिचार्ड ओरम कम्युनिटी सेफ्टी मेनेजर फिल क्लिफसंगको बैठक र उपलब्धि, ०६ डिसेम्बर मा रश्मोर बरो काउन्सिलमा सम्पन्न कम्युनिटी लिडर तालिम लगायतका विषयमा समेत अध्यक्ष बेल्वासेले अपडेट गराएका थिए ।

 

त्यसअघि जीआरएनसीका आजीवन सदस्य होम किरात सुनुवारकी धर्म पत्नीको असामयिक निधनप्रति शोक प्रस्ताव पास गरिएको थियो ।  बैठकले नारी दिवस एवं इन्फोरमेसन डे कार्यक्रम आगामी मार्च ९ मा स्थानीय मेयर, काउन्सिलर, प्रहरी, सिटिजन एडभाइस ब्युरो, आर्मी, मेन्टल हेल्थ विशेषज्ञ, घरेलु हिंसा रोकथाम विशेषज्ञ समेतको सहभागितामा मनाउने र कार्यक्रममा पुरुषहरुलाई पनि सहभागी गराउने निर्णय गरेको छ ।  

 

बैठकमा बरिष्ठ उपाध्यक्ष राम धन राईले स्वर्गीय धनपति राई र एडभाइस ब्युरोद्वारा ल्याइएको क्लियर प्रोजेक्ट बिषयमा र उपाध्यक्ष रञ्जिता मल्लले रश्मोर फुड फेस्टिभलका विषयमा जानकारी गराएका थिए । महासचिव मान गुरुङद्वारा संचालित एवं अध्यक्ष जीव बेल्बासेको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा हेल्थ एण्ड सेफ्टी ब्रिफ र स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष राम धन राईले दिएका थिए ।

 

बैठकस्थल उपलब्ध गराएकोमा एम्पायर हाउसका प्रबन्धक पुरन गिरी, नारायण गिरी र राज कुमार गुरुंगलाई धन्यवाद दिइयो । 


थप समाचार

रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले किन दिए राजीनामा ?

  • 1 hour ago
रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले किन दिए राजीनामा ?

काठमाडौँ । शान्तिपूर्ण कार्यक्रमका लागि समिति गठन गरिए पनि व्यक्ति विशेषले आन्दोलनलाई विथोल्ने प्रयास गरेको भन्ददै रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले राजीनामा दिएका छन् ।

बसीरद्वारा साउदी अरबसँगबाट नौ करोड डलर लिएको स्वीकार

  • 4 hours ago
बसीरद्वारा साउदी अरबसँगबाट नौ करोड डलर लिएको स्वीकार

एजेन्सी । केही महिना पहिले अपदस्थ गरिएका सुडानका पूर्व सैनिक शासक अमेमार अल–बसीरले साउदी अरबका राजकुमारबाट नौँ करोड अमेरिकी डलर नगद लिएको अनुसन्धानका क्रममा स्वीकार गरेका बताइएको छ ।

खोइ मुक्त हलिया वस्तीमा सेवा सुविधा ?

  • 4 hours ago
खोइ मुक्त हलिया वस्तीमा सेवा सुविधा ?

कञ्चनपुर । कञ्चनपुको पुनर्वास नगरपालिका– ९ मोतियापुरमा रहेको मुक्त हलिया वस्ती । वस्तीमा आधारभूत सेवा सुविधा नहुँदा मुक्त हलिया परिवार कष्टकर जीवन बिताउनु बाध्य छन् ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

एजेन्सी । बदलिदो लाइफस्टाइलका कारण स्वास्थ्यमा नराम्रो असर पर्न थालेको छ । यसैका कारण मानिस विभिन्न रोगको शिकार हुन थालेको हो । पछिल्लो समय मुटुका रोगीहरु उच्च संख्यामा बढिरहेका छन् ।

विचित्र विश्व

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता उपायहरु लगाउनुहोस्

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता उपायहरु लगाउनुहोस्

एजेन्सी–कुनै पनि स्वार्थी मानिससँग जीवन काट्न एकदमै गाह्रो काम हो । जो मान्छे आफ्नो बारेमा मात्र सोच्छ र अरुको वास्था नै गर्दैन त्यस्ता मानिसहरुका कारण जीवनमा धेरै समस्याहरु आइपर्ने गर्छन् ।