ग्रेटर रश्मोर नेपाली कम्युनिटीले भिक्टोरिया डे मनायो

  • सोमबार, २८ जेष्ठ, २०७५
  • 5 months ago
  • युके

अल्डरसट । ग्रेटर रश्मोर नेपाली कम्युनिटीले भिक्टोरिया डे भव्यताका साथ मनाएको छ ।  रश्मोर बरो काउन्सिल र ग्रेटर रश्मोर नेपाली कम्युनिटीको सहकार्यमा आयोजित भिक्टोरिया डे विशेष समारोहमा  यो वर्ष परेडमा ३ सय र बाहिर ४ हजार भन्दा बढि नेपालीहरुको सहभागिता रहेको थियो।

 

स्थानीय नेपाली संघ संस्थाको सहभागिता र सहकार्यको परिणाम स्वरूप व्यनपक सहभागिता हन थालेपछि विगतमा हरेक दुई बर्षमा मनाईने भिक्टोरिया डे कार्यक्रम ग्रेटर रश्मोर नेपाली कम्युनिटीको अग्रसरतामा केहि वर्ष देखि हरेक वर्ष मनाउने गरिएको छ ।   

 

कार्यक्रममा विभिन्न धर्म, जाति एवं संस्कार र संस्कृति झल्कने पहिरन सहित करिब तीन सय भन्दा बढी परेडमा र हजारौंको संख्यामा बाहिर स्वागतको लागि नेपाली समुदायको तर्फबाट सहभागिता रहेको थियो।   स्थानीय समूदाय र नेपाली समूदायबीचको दुरीलाई कम गर्न उक्त कार्यक्रममा प्रथम नौमती बाजा गुल्मी युके, बिसीसी यूके, शिव कल्चर एण्ड कम्युनिटी सेन्टर, साई सेन्टर फान्ब्रो, लम्जुङ्ग सेवा समाज, किरांत राई यायोखा यु के, मगर संघ यूके,  किरांत याक्थुङ्ग चुम्लुङ्ग यूके, क्षेत्री समाज यूके, गेसो, मद्धत समूह, तमुधी यूके, तमु प्ये ल्हु संघ, गोर्खा आमा समुह लगायतका संस्थाहरुको उल्लेख्य सहभागिता रहेको ग्रेटर रश्मोर नेपाली कम्युनिटीका वरिष्ठ उपाध्यक्ष रामधन राईले बताए ।

 

 

त्यसअवसरमा गोर्खा आमा समुहले तीन वटा सामुहिक नृत्य प्रस्तुत गरेका थिए भने प्रथम नौमती बाजा गुल्मी युकेको प्रस्तुतिले कार्यक्रममा अझ बढी रौनकता ल्याएको थियो । 

 

कार्यक्रमलाई सफल बनाउन कम्युनिटीको कार्यसमिति, सल्लाहाकारहरु, समस्त संघ संस्था र पत्रकारहरुको महत्वपूर्ण सहयोग रहेको थियो ।  कार्यक्रममा निवर्तमान अध्यक्ष ओम थापा, परेड संयोजक बिर बलाल र कोषाध्यक्ष टोप पल्लीको विशेष भूमिका रहेको थियो ।   

 

बिहान ११ बजेदेखि शुरु भई दिनभर जसो चलेको उक्त कार्यक्रमको मार्चपास पश्चात अध्यक्ष जीव बेल्वासेले समस्त सहभागी संघ संस्था, पत्रकार, समाजसेवी, पेशाकर्मी लगायत समस्त कार्यसमिति एवं सल्लाहाकारहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।  

 

- प्रमिला लाबुंग राई 

 


थप समाचार

आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गर्दै मनाइदै

  • 18 minutes ago
आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गर्दै मनाइदै

काठमाडौं । प्रत्येक वर्ष शुक्ल एकादशीका दिन मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ । यो पर्वमा भगवान विष्णुको प्रतिकको रपमा तुलसीको विवाह र विशेष पूजाआजा गर्ने प्रचलन छ । घरघरमा तथा देशैभरक

बल्ल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

  • 27 minutes ago
बल्ल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

काठमाडौं । नहर निर्माण कार्य समयमा गर्न नसकेका कारण ठेक्का तोडेको सिक्टा सिँचाइ आयोजना कार्यालयले कोस्टाल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ।

महाराजाको शैली अपनाउँदै शीतल निवास, जनताकी छोरीलाई किन बनाइँदैछ ‘महारानी’ ?

  • 29 minutes ago
महाराजाको शैली अपनाउँदै शीतल निवास, जनताकी छोरीलाई किन बनाइँदैछ ‘महारानी’ ?

काठमाडौं । राष्ट्रपति कार्यालयको व्यवस्थापन राष्ट्रपति विद्यादेवी भण्डारीको शैली र क्रियाकलाप उपर सत्तारुढ नेकपाभित्रै गम्भीर असन्तुष्टि सुरु भएको छ । उच्च स्रोतहरुका अनुसार राष्ट्रपति निवासको व्यवस्थ



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।