गुल्मी जिल्ला समाजको वार्षिक भेलामा प्रस्तुति गर्न  कलाकारहरु लण्डनमा

  • शुक्रबार, १८ साउन, २०७५
  • 6 months ago
  • युके

लण्डन । गुल्मी जिल्ला समाज यूकेको वार्षिक भेला कार्यक्रममा प्रस्तुति गर्न लोकदोहोरी गायक बैकुण्ठ महत र गायिका सुशिला गौतम लण्डन आइपुगेका छन् । 

 

आइतबार अल्डरसटको कनर्ट स्कुलमा आयोजना हुने कार्यक्रमका लागि कलाकारद्धय महत र गौतम विहिबार सांझ लण्डन उत्रिएका हुन् । 

 

कलाकारहरुको स्वागतका लागि समाजका अध्यक्ष राम गलामीको नेतृत्वमा गुल्मेलीहरुको एक जम्बो टोली हिथ्रो विमानस्थलमै पुगेको थियो । 

 

अध्यक्ष गलामीसंगै  उपाध्यक्षहरु फडिन्द्र भट्टराई र टोप पल्ली, महासचिव शिव भण्डारी, सचिव बीर बलाल, सहकोषाध्यक्ष राम सापकोटा,  सांस्कृतिक सचिव मुना सापकोटा, सल्लाहकार गोकर्ण बस्नेत,  ओम बुढाथोकी, माया केसी , ज्ञान छन्त्याल  लगायतले विमानस्थलमै कलाकारलाई न्यानो स्वागत गरेका थिए । 

 

कलाकारहरु उत्साहित

गुल्मी जिल्ला समाजको निमन्त्रणामा बेलायत आउने कलाकार महत र गौतम दुवै गुल्मेली हुन् ।

 

पछिल्लो डेढ दशकदेखि नेपाली लोकसंगीतको क्षेत्रमा सक्रिय गायक महतका ’मान्छेको जिन्दगानी’, ’दुई कुराले ठग्यो’, ’मादल’, ’हाम्रो नेपाल हामी नेपाली’, ’बटौली गाउंतिर’ लगायतका गीत चर्चित छन् ।

 

त्यस्तै, गायिका सुशिला गौतमका पनि  ’माइतीको माया’, ’बसायो बामरी हरर’, ’गफ लायो सोल्टीले’, ’रातो भाले’, ’जवानीले ढुनुमुनु बनायो’ लगायतका गीतहरु दर्शक श्रोतामाझ लोकप्रिय छन् । 

 

कार्यक्रमका लागि पहिलोपटक लण्डन आइपुग्दै गरेकी गायिका सुशिला उत्साहित देखिन्थिन् । 'निकै खुशी र उत्साहित छु पहिलोपटक कार्यक्रम गर्न बेलायत आउन पाएकोमा', सुशिलाले सुनाइन्, 'बेलायतमा बस्ने नेपाली दाजुभाई दिदीबहिनीहरुमाझ विशेष प्रस्तुति दिने तयारीसहित आएकी छु ।'

 

गायक बैकुण्ठ महत पनि बेलायतमा कार्यक्रम गर्न आएको यो पहिलोपटक हो । 'हामी बेलायत आउंदै गर्दा खुशी त छौं नै,  संवेदनशिल पनि छौं , बैकुण्ठले भने, 'यहां आउनु मात्रै भन्दा पनि बेलायतका दर्शक , श्रोतालाई मन पर्ने गरेर प्रस्तुति दिन सक्नु बढि महत्वपुर्ण छ । त्यसप्रति हामी सचेत र संवेदनशील छौं ।' 

 

विमानस्थलमा उत्रिनेवित्तिकै पाएको न्यायो स्वागतबाट दंग कलाकारद्धयले अगस्ट ५ को आफ्नो कार्यक्रममा उपस्थित भइदिन बेलायतबासी सबै नेपालीहरुलाई आग्रह पनि गरेका छन् । 

 

 

कार्यक्रमको तयारी पूरा

यता वार्षिक भेला कार्यक्रमका लागि तयारी लगभग पूरा भएको समाजले जनाएको छ । 

 

नेपालबाट आएका कलाकारहरुको अलावा प्रथम नौमति बाजा गुल्मी यूकेको विशेष प्रस्तुति रहने कार्यक्रममा स्थानीय कलाकारका विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि देखाइनेछ । 

 

कार्यक्रमस्थलमा मौलिक गुल्मेली झ्याउरे, ठाडो भाकादेखि रोइला र भजनसम्मका प्रस्तुतिको विशेष आकर्षण पनि रहनेछ । 

 

झण्डै १५ सय जनाको उपस्थिति रहने अपेक्षा गरिएको कार्यक्रम बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै ठूलो र रमाइलोमध्येको एक मानिन्छ । 

 

कार्यक्रममा सहभागिताका लागि समाजले बेलायतबासी गुल्मेली तथा गैरगुल्मेली सम्पुर्ण नेपालीहरुलाई आव्हान गरेको छ ।

 

तस्बिरहरु : शिव भण्डारी 


थप समाचार

च्याम्पियन्स लिगबारे रोचक कुराहरु जसबारे तपाईलाई थाहा नहुनसक्छ

  • 3 minutes ago
च्याम्पियन्स लिगबारे रोचक कुराहरु जसबारे तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । युरोपको प्रतिष्ठित खेल च्याम्पियन्स लिगको फ्यानहरु विश्वभर रहेका छन् । युरोपका चर्चीत क्लबहरु यस लिगको उपाधि जित्नुलाई सबैभन्दा ठुलो सफलता मान्छन् । युइएफए च्याम्पियन्स लिग सन् १९५५ मा सुरु

खेल्दाखेल्दै बार्सिलोनाका खेलाडीको घरमा चोरी

  • 3 minutes ago
खेल्दाखेल्दै बार्सिलोनाका खेलाडीको घरमा चोरी

एजेन्सी । खेल खेलिरहँदा बार्सिलोनाका एक खेलाडीको घरमा धनमालको चोरी भएको छ । शनिबार राति घरेलु मैदान क्याम्प नाउमा भालाडोलिडसँगको खेलमा मैदानमा उत्रेका फरवार्ड केभिन प्रिन्स बोइटेङको घरमा चोरी भएको हो

व्यापारी युवराज खतिवडालाई पक्राउ

  • 12 minutes ago
व्यापारी युवराज खतिवडालाई पक्राउ

पोखरा । प्रहरीले पोखरामा ठेक्कापट्टा चलाउँदै आएका व्यापारी युवराज खतिवडालाई पक्राउ गरेको छ । कास्की प्रहरीले गाली बेईजती तथा डर धम्कीको आरोपमा उजुरी परेपछि उनलाई पक्राउ गरेको हो । पोखरा ५ कि वडा सदस्



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

रक्सीको लत छुटाउने एउटा यस्तो क्यापसुल

रक्सीको लत छुटाउने एउटा यस्तो क्यापसुल

एजेन्सी । विज्ञान प्रविधिले नयाँनयाँ खोज बाहिर ल्याइरहेको छ । केही यस्तो अनौठो औषधी बनाउन अनुसन्धानकर्ता सफल भएका हुन् । सन् २०१३ मा रक्सी लत छुटाउन लागि यो औषधि बनाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

विचित्र विश्व

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।