बेलायतको गुल्मेली भेलामा घन्किए लोकदोहोरी र नौमतिदेखि मौलिक रोइला, झ्याउरे र ठाडो भाका (फोटोफिचर)

  • सोमबार, २१ साउन, २०७५
  • 8 months ago
  • युके

(तस्बिरहरु : शिव भण्डारी )

लण्डन । बेलायतमा रहेका नेपाली संस्थाहरुमाझ अग्रणी मानिने गुल्मी जिल्ला समाज यूकेको १२ औं वार्षिक भेला आइतबार बेलायतको अल्डरसटमा सम्पन्न भएको छ । 

 

कनर्ट स्कुल, अल्डरसटमा विविध सांस्कृतिक कार्यक्रमहरुको साथमा सम्पन्न कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रबाट आएका झण्डै १२ सयको सहभागिता रहेको समाजले जनाएको छ । 

 

कार्यक्रममा भाग लिन लण्डन र आसपासका क्षेत्रहरुबाहेक बर्मिंगहम, नटिंगहम, लेस्टर, पिटरबरो, स्कटल्याण्ड लगायतका क्षेत्रबाट उल्लेख्य संख्याका गुल्मेलीहरु अल्डरसट भेला भएका थिए । 

 

कार्यक्रममा प्रस्तुति गर्न नेपालबाट आएका गुल्मेली कलाकारद्धय बैकुण्ठ महत र  सुशिला गौतमले विभिन्न लोक तथा दोहोरी गीतहरु प्रस्तुत गर्दै सहभागीहरुलाई घण्टौंसम्म नचाएका थिए । 

 

 

प्रथम नौमती बाजा गुल्मी यूकेको विशेष प्रस्तुतिसंगै कार्यक्रमस्थलमा गुल्मेली ठाडो भाका, झयाउरेदेखि रोइला, भजन र दिदीबहिनीहरुका तीज गीतका नाचगानसम्म विशेष आकर्षण बनेका थिए । 

 

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, एनआरएन यूके अध्यक्ष योगकुमार फगामी सहित बेलायतस्थित दर्जनौं नेपाली संघसंस्थाका प्रतिनिधीहरु अतिथीका रुपमा सहभागी थिए । 

 

 

समाजका अध्यक्ष राम गलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पहिलो औपचारिक सत्रको सञ्चालन महासचिव शिव भण्डारीले गरेका थिए । सचिव बिर बलालले हेल्थ एण्ड सेफ्टी ब्रिफ तथा उपाध्यक्ष एवव कार्यक्रम संयोजक टोप पल्ली मगरले स्वागत मन्तव्य राखेका थिए । 

 

त्यसअवसरमा प्रमुख अतिथी समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्ष अर्जुन गौतम र उपाध्यक्ष फडिन्द्र भट्टराईले मन्तव्य राखेका थिए । 

एनआरएन यूके उपाध्यक्ष प्रेम गाहामगर, महासचिव आरके त्रिपाठी र नेपाल पत्रकार महासंघ अध्यक्ष नरेश खपांगीमगरले पनि शुभकामना मन्तव्य दिएका थिए । 

 

कार्यक्रमको उतराद्र्धमा आइपुगेका बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले कार्यक्रमले बेलायतमा बस्ने गुल्मेलीहरुबीचको एकता र सद्भावका साथै मातृभुमिप्रेमलाई समेत दर्शाएको भन्दै प्रशंसा गरेका थिए । 

त्यसअवसरमा राजदूत सुवेदीले कार्यक्रमका लागि नेपालबाट आएका कलकाारद्धय बैकुण्ठ महत र सुशिला गौतमलाई प्रशंसापत्र वितरण गरेका थिए । सो अवसरमा लण्डनमा बस्दै आएका गुल्मेली युवा रवि अर्यालको पहिलो उपन्यास थेम्स डायरीको पनि बेलायतमा औपचारिक विमोचन गरिएको थियो । 

 

 

सोहि अवसरमा फिनल्याण्डबाट आएका गुल्मीन्युज डटकमका संस्थापक, सम्पादक सञ्जु काउछाका साथै नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष नविन पोखरेल, वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्याल, सचिव शिव भण्डारी र सदस्य मञ्जु भण्डारीलाई पनि समाजका तर्फबाट संस्थापक अध्यक्ष ओमप्रसाद थापा र अध्यक्ष राम गलामीले खादा र प्रशंसापत्रले सम्मान गरेका थिए । 

 

कार्यक्रमको दोस्रो सत्रमा सांस्कृतिक कार्यक्रमहरुको सञ्चालन समाजकी प्रवक्ता मञ्जु खरेलले गरेकी थिइन् । कलाकारद्धय बैकुण्ठ महत र सुशिला गौतमको विशेष प्रस्तुतिका साथै विभिन्न स्थानीय कलाकारका सांस्कृतिक कार्यक्रम समेत त्यसअवसरमा देखाइएको थियो ।  

 

हेरौ थप फोटोहरु :

 


थप समाचार

कैलालीमा बसको ठक्कर र आगलागीबाट एक/एक घाइते

  • 3 minutes ago
कैलालीमा बसको ठक्कर र आगलागीबाट एक/एक घाइते

कैलाली । कैलालीको घोडाघोडीमा बसको ठक्करबाट एकजना आज बिहान एक साईकलयात्री गम्भीर घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से १ क १९९५ नम्बरको बसले घोडाघोडी नगरपालिका–२ को पाण्डे चोकस्थित ठक्कर

रन–वे बनिसकेपछि यस्तो देखियो पोखरा अन्तराष्ट्रिय विमानस्थल

  • 9 minutes ago
रन–वे बनिसकेपछि यस्तो देखियो पोखरा अन्तराष्ट्रिय विमानस्थल

पाेखरा । पोखरा अन्तराष्ट्रिय विमान स्थलको काम तिब्रताका साथ अगाडि बढी रहेको छ । पछिल्लो रिपोर्ट अनुसार हालसम्म विमानस्थलको ३० प्रतिशत काम सकिसकेको छ । हाल एप्रोन निर्माण भइसकेको छ भने मुख्य टर्मिनल भव

नेपाली कम्युनिष्टको ७० वर्षे फुट यात्रा

  • 20 minutes ago
नेपाली कम्युनिष्टको ७० वर्षे फुट यात्रा

काठमाडौँ । ७० वर्षको नेपाली कम्युनिष्टको यात्रामा आज देशभर विभिन्न उत्साहमुलक कार्यक्रम भइरहेका छन् । २००६ वैशाख ९ मा पुष्पलालको नेतृत्वमा स्थापना गरेको नेपाल



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान ।

विचित्र विश्व

ब्रेकअपपछि युवतीहरुले गर्छन् यस्ता अजबगजबका हर्कतहरु

ब्रेकअपपछि युवतीहरुले गर्छन् यस्ता अजबगजबका हर्कतहरु

माया एउटा मिठो आभास हो । कसैको मायामा परिन्छ भने एक झलक पाउन पाए संसार जितेजस्तै भावनाहरु मनमा बारम्बार आइरहन्छन् । तर, धेरैको माया सजिलै बस्छ पछि सम्बन्ध बिग्रदै गएपछि एकाअर्काप्रति दोषारोपण गर्ने बानी पर्छ । माया लगाउन त सजिलो छ तर निभाउन साह्रै गाह्रो ।