IIMS College

ISMT

HUB Education

गुल्मी जिल्ला समाज यूके नयाँ कार्यसमितिको पहिलो बैठकमा भए यी निर्णयहरु

  • सोमबार, ६ जेष्ठ, २०७६
  • 5 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । गुल्मी जिल्ला समाज यूकेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आइतबार नटिंगहममा सम्पन्न भएको छ । 

 

बैठकले सल्लाहकार समिति, विधान समिति तथा  ट्रस्टी बोर्डको चयनका साथै कार्यविभाजन र भावी कार्यक्रमहरु तय गरेको छ । 

 

बैठकले नवनियुक्त सल्लाहकारहरुलाई आउँदो जुन २ तारिख एक विशेष कार्यक्रमबीच स्वागत गर्ने निर्णय गरेको छ । त्यसअवसरमा  पुरानो तथा नयाँ कार्यसमितिबीचको हेन्डओभर टेकओभर पनि हुनेछ । सोहि दिन आगामी अगस्ट ४ मा हुने वार्षिक भेलाको तयारी बैठक पनि गरिनेछ । 

 

बैठकले समाजले गर्ने विभिन्न च्यारिटीसम्बन्धी कामहरुको संयोजक उपाध्यक्ष तारानाथ भण्डारीलाई तोकेको छ । त्यस्तै, अपांगता दिवस च्यारिटी कार्यक्रमको संयोजनको जिम्मा भने अर्का उपाध्यक्ष रामप्रसाद सापकोटालाई लगाइएको छ । अगस्टमा हुने वार्षिक भेला कार्यक्रमको संयोजक महासचिव बीर बलाल र सहसंयोजक उपाध्यक्ष मति पुनलाई चयन गरिएको छ । 

 

बैठकले समाजको मिडिया संयोजकमा शिव भण्डारी, प्रवक्ता रुद्र थापा, एडमिन मेम्बर भक्त बलाल, खेलकुद सेक्रेटरी हरि भट्टराई , सांस्कृतिक सेक्रेटरी माया केसी, आईटी संयोजक मुकुन्द खरेल, वेभसाइट संयोजक  प्रेम गुरुङ, युवा संयोजक शिव राना र ड्रिंक संयोजक भोजराज भण्डारीलाई चुनेको छ । 

 

समाजको च्यारिटी बोर्डको ट्रस्टीमा कार्यसमितिका अध्यक्ष टोप पल्ली, महासचिव बीर बलाल , कोषाध्यक्ष वरुण भण्डारी र सदस्य शंकर भण्डारीका साथै संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्ष राम गलामी र सल्लाहकार बालजंग अर्याललाई नियुक्त गरिएको छ ।  

 

त्यस्तै, सल्लाहकार केशव भण्डारीको संयोजकत्वमा सल्लाहकारहरु प्रेम गैरे र मिन दर्लामीका साथै उपाध्यक्ष राम सापकोटा, महासचिव वीर बलाल र कोषाध्यक्ष वरुण भण्डारी सदस्य रहेको विधान समिति गठन गरिएको छ । 

 

 

उपचार खर्चको अभावमा परेका गुल्मी सत्यवती गाउँपालिका ४ लिम्घाका २६ वर्षीय युवा शिव सिंग्जालीलाई सहयोग गर्ने निर्णय गर्दै सहयोग संकलन गर्न सदस्य छविलाल थापालाई जिम्मा लगाइएको छ । 

 

अध्यक्ष टोप पल्लीको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्षत्रय रामप्रसाद सापकोटा, तारानाथ भण्डारी र मति पुन, महासचिव बीर बलाल, सचिव मञ्जु भण्डारी, कोषाध्यक्ष वरुण भण्डारी, सहकोषाध्यक्ष तारा भट्टराई तथा सदस्यहरु बाबुराम शर्मा, भोजराज भण्डारी, माया केसी, मुकुन्द खरेल, हरि भट्टराई , रिता गौतम, थम्मन राना, भक्त बलाल, कमला भण्डारी, शंकर भण्डारी र भिम खनालको उपस्थिति थियो । 

 

सचिव मञ्जु भण्डारीले हेल्थ एण्ड सेफ्टी ब्रिफ तथा उपाध्यक्ष तारानाथ भण्डारीले स्वागत मन्तव्य दिएका थिए भने महासचिव बीर बलालले बैठक सञ्चालन गरेका थिए । 

 

 


थप समाचार

महराले दिए यस्तो बयान

  • 3 minutes ago
महराले दिए यस्तो बयान

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार निवर्तमान सभामुख कृष्णबहादुर महरासँग बयान लिने काम सकिएको छ ।

राजमार्ग छेउछाउका अतिक्रमण गरी बनाइएका संरचना हटाइँदै

  • 13 minutes ago
राजमार्ग छेउछाउका अतिक्रमण गरी बनाइएका संरचना हटाइँदै

भीमदत्तनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्थानीय तह र प्रहरी प्रशासनको संयुक्त पहलमा आइतबारदेखि राजमार्ग छेउछाउका खोका छाप्रा तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका

सुन चोरेको आरोपमा भारतीय नागरिक पक्राउ

  • 17 minutes ago
सुन चोरेको आरोपमा भारतीय नागरिक पक्राउ

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा रहेको सुन पसलबाट रु चार लाख बढीको सुन चोरी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सन्धिखर्क–१ हललाइनमा रहेको महालक्ष्मी गहना पसलमा गएराति सुन चोरी ग



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

वि.सं.२०७६ साल कात्तिक ०४ गते । सोमबार । ईश्वी सन् २०१९ अक्टोबर २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । काठमाडौंमा सूर्योदय ०६ बजेर ०७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट ।

विचित्र विश्व

यस्तो पनि देश जहाँ ५० दिनसम्म घाम अस्ताउदैन !

यस्तो पनि देश जहाँ ५० दिनसम्म घाम अस्ताउदैन !

प्रकृतिको नियम अनुसार एक दिनमा १२ घन्टा अँध्यारो हुन्छ भने १२ घन्टा उज्यालो हुने गर्दछ । तर संसारमा यस्ता देश पनि छन्, जहाँ महिनौसम्म अन्धकार हुदैन, अर्थात २४ सै घण्टा उज्यालो हुने गर्दछ ।