डिसेम्बर २ मा गुल्मी जिल्ला समाज यूकेको अपांगता दिवस च्यारिटी

  • मंगलबार, २७ कार्तिक, २०७५
  • 4 weeks ago
  • युके

 

लण्डन । परोपकारी तथा सामाजिक कामहरुको आधारमा बेलायतकै अग्रणी नेपाली संस्थाका रुपमा चिनिने गुल्मी जिल्ला समाज यूकेले आउंदो डिसेम्बर महिनाको पहिलो साता एक च्यारिटी कार्यक्रम गर्दैछ । 

 

विश्व अपांगता दिवसको अवसर पारेर समाजले हरेक वर्ष गर्दैै आएको च्यारिटी कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइने भएको हो । डिसेम्बर २ तारिख आइतबारका दिन दिउंसो २ बजेदेखि साउथ ईस्ट लण्डनको वुल्वीचस्थित लोटस क्लबमा कार्यक्रम निर्धारित छ । 

 

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि रहने सो कार्यक्रममा विशेष अतिथिका रुपमा आशा अपांग केन्द्र तम्घासकी सञ्चालिका गंगा रायमाझी पनि आउंदैछन् । 

 

च्यारिटी कार्यक्रमबाट संकलन हुने कोषबाट आधा रकम आशा अपांग केन्द्रलाई प्रदान गरिनेछ भने बांकी आधा रकम समाजका अन्य सामाजिक कामहरुमा लगाइनेछ । 

 

विगत एक दशकदेखि हरेक वर्ष अपांगतका दिवसको अवसरमा च्यारिटी कार्यक्रम गरेर समाजले आशा अपांग केन्द्र र अन्य सामाजिक कार्यहरुमा सहयोग पुर्याउंदै आएको छ । 

 

च्यारिटी कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु देखाउने तयारी पनि छ । समाजकै निमन्त्रणमा बेलायत आएकी गायिका सुशिला गौतमको विशेष प्रस्तुतिका साथै प्रथम नौमती बाजा गुल्मी यूके र स्थानीय कलाकारहरुका विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिनेछ । 

 

यस वर्षको च्यारिटी कार्यक्रमका संयोजक तथा समाजका उपाध्यक्ष राजन खरेल, अर्का उपाध्यक्ष फडिन्द्र भट्टराई लगायतको समुह यतिबेला कार्यक्रमको तयारीमा जुटेको छ । 

 

कार्यक्रममा सहभागी भइदिन तथा सहयोग  गरिदिन समाजका अध्यक्ष राम गलामीले बेलायतबासी नेपालीहरुलाई आग्रह गरेका छन् । 'अन्य संघसंस्थाहरुले गर्ने सामाजिक कार्यहरुमा पनि हरेक पटक हामीले सक्दो सहयोग गर्दै आइरहेका छौं', अध्यक्ष गलामीले भने, 'त्यसकारण पनि हाम्रो यो च्यारिटी कार्यमा अन्य संघसंस्था तथा समाजका अगुवाहरुबाट सहयोग पाउनेछौं भन्ने आशा गरेका छौं ।' 

 


थप समाचार

नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

  • 7 hours ago
नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन ९एन ए ए ० को ४२ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । ८ डिसेम्वर शनिवार कोग्राको सेन्ज जर्ज कम

नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

  • 8 hours ago
नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन (एन ए ए ) को ४२ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । ८ डिसेम्वर शनिवार कोग्राको सेन्ज जर्ज कम

जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन, होला त गडबडीको पर्दाफास

  • 10 hours ago
जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन, होला त गडबडीको पर्दाफास

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेको प्रश्नको छानबीन गरी प्रतिवेदन दिन सात सदस्यीय उपसमिति गठन गरेको छ ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

काठमाडौं । दुध पिउदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । खाएको खानेकुरा खाँदा पचेमा त्यसले फाइदा गर्छ । तसर्थ दुध हाम्रो भोजनको महत्वपूर्ण अंश हो । विशेष गरी शाकाहारीका लागि नभई नहुने पोषण हो ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।