IIMS College

ISMT

HUB Education

'उल्टा सुल्टा इन्टेक' को ५० औं वर्षगाँठ

  • बुधबार, २५ मंसिर, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

-रत्नमणि  प्रधान ।

 

गाउँ घरमा नै जीवन बिताइंदै थियो, उमेरले डाँडा काट्दै थियो, यसै बेला १९६९ सालको अगष्ट महिनामा लाहुरे हुने रहर चल्यो। तर अब लाहुरे हुने कसरी? गाउँ घर छाडेर कतै नगएको कुनै उपाय निकाल्न सकेनौ। तर गल्लावालाले लाहुरे हुनेहरुलाई जम्मा गरेर भर्ती हुने ठाउँमा (रिक्रुटिङ डिपोर्ट) मा लान्छन् भन्ने कुरा थाहा लागेपछि गल्लावालालाई भेटेर उनीसंगै भर्ती हुन जाने अठोट भयो।

 

बल्ल बल्ल भर्ती हुने ठाउँमा त पुगियो तर भर्ती पो हुने कि होइन भन्ने कुराले सताउन थाल्यो। जे होस् भाग्यले साथ दियो र भर्ती चाहिं हुन सकियो। यसरि १९६९ सालमा भर्ती भएको हुनाले हामीलाई 'उल्टा सुल्टा' भनेर चिनिने भयो ।

 

यसरि भर्ती भएपछि क्रमले अघि हुने कामकुरो पनि हुँदै गयो। भर्ती केन्द्र केहि दिन बसे पछि एक दिन हामीलाई भारतीय रेल द्वारा कलकत्ता शहरको ब्यारेकपुर भन्ने ठाउँमा लगियो। त्यहाँ पूर्वबाट पनि लाहुरे हुन इच्छुक साथीहरु आईपुगे। बडो रमाइलो भयो, अघि कहिले नचिनेको अहिले लाहुरेको नाताले हामि एकअर्कामा परिचित हुँदै घनिष्ट साथी बन्न पुग्यौं।

 

ब्यारेकपुरमा केहि दिन बसेपछि हाम्रो लाहुर यात्रा पुनः अगाडी बढ्ने थाहा लाग्यो । तर यस पालि भने समुन्द्रको बाटो पानीजहाजबाट ।  हामी कति जनाको निम्ति पानीजहाज र समुन्द्र नयाँ कुरो थियो, कारण हाम्रो गाउँघरमा न समुन्द्र न त पानीजहाज नै थियो । जे होस् यो नयाँ अनुभवको कुरा थियो अनि हामी खुशी भएर हाम्रो पहिलो सामुद्रिक यात्रातर्फ लाग्यौं । पानीजहाजमा बिमारी हुन्छ भनेर सुनेको थियौं, साँच्चै बिमारी हुँदो रहेछ (सि सिकनेस) । धेरैजसो हामी मर्नु न बाँच्नु भएर चार दिन र चार रातपछि मलेसियाको बटरवर्थ भन्ने ठाउँमा आइपुग्यौं।

 

धेरै दिनपछि जमिन देखेर हामी खुशी भयौं तर हामी जानुपर्ने त अझै टाढा ‘केदाह’ राज्यको ‘सुंगाई पटानी’ भन्ने ठाउँ पो रहेछ । जहाँ लाहुरेको हड्डी मक्काउने तालिम (रिगरस ट्रेनिङ ) हुँदोरहेछ। तालिमपछि पल्टन पल्टनको निम्ति छानेर आएको साथीहरु भने आआफ्नो पल्टनतिर जाँदो रहेछन् । पल्टन पुगेपछि मात्र पो पक्का लाहुरे जीवन शुरु हुँदोरहेछ।  यसरी पल्टन पुगेपछि आआफ्नो भाग्यनुसार कोहि १५, कोहि १८ अनि कोहि २०ं वर्ष सम्म सेवा गरि अवकाश लिएर स्वदेश फिर्दो रहेछन् ।

 

त्यसबेला स्वदेश गइ अवकाश प्राप्त जीवन बिताउनु सजिलो थिएन कारण  पेन्सन राम्रो थिएन । यहि कारण अवकाशप्राप्त साथीहरु देश भित्र वा देश बाहिर कुनै जागिरको निम्ति कोशिस गर्नुपर्ने स्थितिमा हुने गर्थे । तर यस्तो चर्को समय बिताइरहेको बेला बेलायत सरकारले अवकाशप्राप्त साथीहरुलाई एउटा शुभ खबर दियो कि अबदेखि कुनै पनि अवकाशप्राप्त लाहुरेहरु बेलायत मा बसोबास गर्न आउन सक्छ भनेर । यो भन्दा खुशीको खबर त अरु के पो हुु सक्थ्यो र अवकाशप्राप्तहरुको निम्ति ? धेरै जनाले यसको फाइदा लिए।

 

 

यसरी बेलायत आएर नयाँ जीवन शुरु गर्नेहरुमा ६९ मा भर्ना भएका साथीहरु पनि थिए। एक जना ६९ सालमा भर्ना भएका साथी (नम्बरी) ले अति उच्च विचार लिएर प्रत्येक अगष्ट महिनाको अन्तिम शनिबार ६९ सालमा भर्ना भएका सबै साथीहरुलाइ भेला गरि यसो सुखदुखका कुराहरु गर्ने अवसर दिने कामको शुरुवात गर्नुभयो । यसरी वर्षैपिच्छे भेटघाट गर्दै जाँदा भर्ति भएको ५० औं वर्ष पनि २०१९ को अगष्ट महिनामा पुग्ने भएछ ।  कति छिटो समय बितेछ पत्तै भएन।

 

यो ५० औं वर्षगाँठ चाहिं बडो भव्यताका साथ मनाउनुपर्छ भन्ने उद्धेश्यले संसारको प्रसिद्ध फौजी अफिसर मेस ( आरएमए स्याण्डहस्र्ट) मा मनाउने ईच्छा थियो तर हामीलाई भाग्यले साथ दिएन र हामीले हाम्रो ५० औं गोल्डन जुब्ली सेलिब्रेसन स्याण्डहस्र्टमा गर्न सकेनांै । तर यसको सट्टा चाँडै नै कुनै नयाँ ठाउँमा यो त्सव मनाउनुपर्छ भन्ने लागेर हाम्रो ५० औं वर्षगाँठ शनिबार २६ अक्टोबर २०१९ को दिन पोटर्स इन्टरनेसनल होटल, अल्डरसटमा बड़ो हर्षेल्लासको साथ मनायौं । यसपटकको वार्षिक भेला ५० औं वर्षगाँठ भएकोले हामीले नयाँ तरिकाले मनायौं। सधैजस्तो भुटुवा, मासुभात खाएनौं, बरु पाइप र ड्रमको सुमधुर धुनसंगै सुप, टोस्ट जस्ता अंग्रेजी मेनु खायौं । जुन हाम्रो लागि रमाइलो र नयाँ अनुभव बन्न पुग्यो ।

 

अब यो सब नयाँ तरिका र उल्टासुल्टा  परिवारको निम्ति विभिन्न योजनाहरु प्रस्तुत गरि उल्टासुल्टा परिवारलाई सधै नै नजिक राख्ने प्रबन्ध गर्नुहुने व्यक्तित्व अरु कोहि नभएर मेजर उदयबहादुर गुरुङ एमबिई ६ जिआर हुनुहुन्छ । यस धर्तिको कुनै कुनामा पुगेर जिउनुपर्दा पनि हाम्रो मानसपटलबाट उल्टासुल्टा र मेजर गुरुङको सम्झना कहिले हट्नेछैन। जय उल्टासुल्टा, जय मेजर गुरुङ !

 

 


थप समाचार

जिदान फ्रान्सका प्रशिक्षक !

  • 9 hours ago
जिदान फ्रान्सका प्रशिक्षक !

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका सफल प्रशिक्षक जिनेदिन जिदान चाँडै फ्रान्सका प्रशिक्षक बन्ने चर्चा छ । अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित समाचार अनुसार उनले जारी सिजनको अन्त्यसँगै रियल छोडेर फ्रान्

इन्टरसँग आबद्ध हुन इरिक्सन मिलानमा

  • 10 hours ago
इन्टरसँग आबद्ध हुन इरिक्सन मिलानमा

एजेन्सी । इंग्लिस क्लब टोटनहमका मिडफिल्डर क्रिस्टियन इरिक्सन इटालीको मिलान पुगेका छन् । जारी विन्टर ट्रान्सफर विन्डोमा इन्टर मिलानमा आबद्ध हुनको लागि उनी मिलान पुगेका हुन् ।

बलिउडका ९ चर्चित झापडकाण्डहरुः सलमान खानले पनि खाएका अपरिचित युवतीको झापड

  • 10 hours ago
बलिउडका ९ चर्चित झापडकाण्डहरुः सलमान खानले पनि खाएका अपरिचित युवतीको झापड

एजेन्सी । बलिउडका केही यस्ता सेलिब्रिटीहरु रहेका छन् जो चर्चामा आउनका लागि बेलाबेलामा आश्चर्यलाग्दा पब्लिसिटी गरिरहन्छन् । कोही भने आफ्नो रिस सम्हाल्न नसक्दा यस्ता हर्कतहरु गर्ने गर्छन् । कतिपय आफ्नो



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

तौल छिटो घटाउने सबैभन्दा उत्तम तरिका !

तौल छिटो घटाउने सबैभन्दा उत्तम तरिका !

एजेन्सी । धेरै मानिसहरुले आफ्नो मोटोपनबाट छुटकारा पाउनको लागि धेरै तरिका अपनाउछन् तर सफल हासिल गर्न असफल रहन्छन् । तर खानपानमा ध्यान दिने र नियमित ब्यायम गर्ने हो भने सजिलै तौल घटाउन सकिन्छ ।

विचित्र विश्व

यदी श्रीमतीले छोडे अर्को विवाह फ्रिमा गराइदिने म्यारिज व्युरो !

यदी श्रीमतीले छोडे अर्को विवाह फ्रिमा गराइदिने म्यारिज व्युरो !

एजेन्सी । कोही पनि मानिस आफ्नी श्रीमतीले आफुलाई नछोडोस् भन्ने चाहान्छ । यदी आफुलाई छोडेर पत्नी अरु कुनै पर–पुरुषसँग जान्छिन् भने त्यो समय निकै पिडादायी हुन्छ । यसका कारण इज्जतमा पनि ठुलो दाग लाग्ने र मानसिक तनाब हुने गर्छ ।