१७ औं गोर्खाकपमा ४२ टिम भिड्ने

  • आइतबार, ५ जेष्ठ, २०७६
  • 1 month ago
  • युके
Education Park

तस्विर : शिव भण्डारी 

 

लण्डन । बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै ठूलो इभेन्ट गोर्खाकपमा यस वर्ष ४२ टिमबीच फुटबल भिडन्त हुने भएको छ । 

 

यहि मे २६ तारिख आइतबार अल्डरसटको क्वीन्स एभिन्यूमा सञ्चालन हुने गोर्खाकपको १७ औं संस्करणमा मुख्य विधातर्फ ३२ र भेट्रानतर्फ १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । 

 

आयोजक तमु धिं यूकेले आइतबार तमु भवन मिचेटमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगितामा बेलायतबाहिरबाट समेत ५ टिम सहभागी हुन आउने जानकारी दिइयो । हल्याण्ड, आइसल्याण्ड, बेल्जियम, आयरल्याण्ड र हंककंगबाट सहभागिता हुन लागेको हो । 

 

प्रतियोगिताको मुख्य तथा भेट्रान दुवै विधामा पहिलो हुने टिमलाई नगद २५ सय तथा दोस्रो हुने टिमलाई नगद १५ सय पाउण्डसहित ट्रफी र सर्टिफिकेट प्रदान गरिनेछ । दुवै विधामा उच्च गोल स्कोरकर्ता र उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिनेछ । 

 

यस वर्ष गोर्खाकप हेर्न ७ देखि १० हजार दर्शक उपस्थित हुने आयोजकको अपेक्षा छ । रश्मोर बरोकी मेयर काउन्सिलर सु कार्टर प्रमुख अतिथि रहने कार्यक्रममा एफए लिग प्रमुख लरेन्स जोन्स विशेष अतिथिका रुपमा सहभागी हुने बताइएको छ । 

 

 

पत्रकार सम्मेलनमा तमु धिं यूके अध्यक्ष नन्दजंग गुरुङले गोर्खाकपको सफलतासंग बेलायतको सिंगो नेपाली समुदायकै प्रतिष्ठा र हित जोडिएको भन्दै सहभागिता तथा सहयोगको लागि अपील गरे । 

 

बेलायतका नेपाली खेलाडीहरुलाई फुटबलप्रति प्रेरित गर्नुका साथै यहाँस्थित नेपाली व्यवसाय र सामग्रीहरुको प्रबद्र्धन तथा सिंगो समुदायलाई एकठाउँमा ल्याउन गोर्खाकपको विशेष भुमिका रहने उनको विश्वास छ । 

 

कार्यक्रमका संयोजक क्या पिताम्बर गुरुङले कार्यक्रमको तयारीबारे जानकारी गराउँदै हेल्थ एण्ड सेफ्टी तथा सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको बताए । प्रतियोगिताको तयारीका लागि २५ सदस्यीय तयारी समितिले विगत ४,५ महिनादेखि निरन्तर काम गरिरहेको गुरुङले जनाए । 

 

उपाध्यक्ष हितकाजी गुरुङले तमु धिं यूकेले आयोजना गरेपनि गोर्खाकप बेलायतबासी सबै नेपालीहरुको साझा कार्यक्रम रहेको भन्दै यसलाई सफल पार्न आव्हान गरे ।

 

प्रतियोगितास्थलमा नेपाली खानाका १० तथा आर्ट एण्ड क्राफ्टका ४२ वटा स्टल रहनेछन् । एनआरएनए यूकेले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । एफए कप डिस्प्ले, प्यारा डिस्प्ले, राफल ड्र, सांस्कृतिक प्रस्तुति कार्यक्रममा गराइनेछ  । 

 

प्रतियोगिताको अनुमानित लागत ४० देखि ४५ हजार पाउण्ड रहेको तमु धिं यूकेले जनाएको छ । अघिल्ला वर्षहरुमा रहंदै आएको १ पाउण्डको प्रवेश शुल्कलाई बढाएर यसपटक २ पाउण्ड बनाइएको छ । प्रवेश टिकटहरुबाटै राफल ड्र गराएर भाग्यमानी १ जनालाई १ तोला सुनको पुरस्कार दिइनेछ । 

  

स्थानीय प्रहरी, सुरक्षा गार्ड र स्वयंसेवक गरि करिब एकसय जनाले खेल स्थानलाई सुरक्षा दिनेछन् । 

 

पत्रकार सम्मेलनमै प्रतियोगी टिमहरुको ड्र गराएर समुहमा वर्गिकरण गरिएको थियो । खानाका स्टलको लागि समेत छुट्टै  ड्र गराइएको थियो । 

 

पत्रकार सम्मेलनमा तमु धिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्व अध्यक्षहरु ज्ञाम गुरुङ, रामचन्द्र सुर्जे गुरुङ र कमल गुरुङ, सहारा युके अध्यक्ष कुमार गुरुङसहित कार्यसमितिका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा उपस्थित पत्रकारहरुलाई अध्यक्ष नन्दजंग गुरुङ र मिडिया सेक्रेटरी रोहित गुरुङले सम्मान गरेका थिए । 

 

 


थप समाचार

सयको नोटमा जथाभावी छाप हान्ने यी वडा अध्यक्षलाई कसले गर्ने कारबाही ?

  • 13 minutes ago
सयको नोटमा जथाभावी छाप हान्ने यी वडा अध्यक्षलाई कसले गर्ने कारबाही ?

काठमाडौँ । कागजी नोट मानिसले विनिमयको साधनको रुपमा प्रयोग गर्ने सबैभन्दा प्रचलित आविष्कार हो । व्यक्तिको दैनिक जीवनमा अत्यन्तै प्रयोग हुने यस्ता ‘नोट’ सफा हुनुपर्छ भन्ने मान्यता छ ।

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

  • 17 minutes ago
अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।

उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या

  • 21 minutes ago
उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्ककारी समूह बोको हरामले गरेको आक्रमणमा परी २२ जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।