मेडस्टोन मेलाको सहयोगार्थ गोर्खा किचनमा गरियो च्यारिटी डिनर

  • शुक्रबार, १८ जेष्ठ, २०७५
  • 9 months ago
  • युके

 

लन्डन । केन्टको मेडस्टोनस्थित गोर्खा किचन रेष्टुरेन्टले मेडस्टोन मेलाको सहयोगार्थ एक च्यारिटी डिनर सांझ गरेको छ । 

 

उक्त च्यारिटीबाट ५ सय पाउण्ड संकलन गरि हस्तान्तरण गरिएको गोर्खा किचेनका सञ्चालक जीवन अधिकारीले जानकारी दिए । 

 

च्यारिटी डिनरका लागि मेडस्टोनका नवनिर्वाचित मेयर डेभिड नाघी पनि गोर्खा किचनमा आएका थिए । मेयर निर्वाचित भएपछि पहिलोपटक आएका मेयर डेभिडलाई गोर्खा किचनका तर्फबाट जीवन अधिकारी र विश्वप्रताप सिंहले विशेष स्वागत सम्मान गरेका थिए । 

 

च्यारिटी डिनरमा स्थानीय नेपाली अगुवा एवं विदेशी राजनीतिज्ञहरुको पनि सहभागिता थियो । कार्यक्रममा केन्टका डेपुटी लोर्ड डा. भरगवा वासुदेव, केन्ट काउन्टी काउन्सिलर इरिक हट्सन, मेडस्टोन बरो काउन्सिलका काउन्सिलरहरु म्याट बर्टन र डेभिड बर्टन, मेडस्टोन नेपलिज कम्युनिटीका अध्यक्ष रिटायर्ड मेजर दुध गुरुङ, संस्थापक अध्यक्ष रत्न लिम्बु, सचिव मोहन गुरुङ, खेल संयोजक झपट भुजेल, संस्थापक सदस्य पदम थापा लगायत सहभागी थिए ।

 

केन्ट कोहीजन प्लसले आयोजना 
गर्दै आएको उक्त मेलाका लागि यस वर्षदेखि मेडस्टोन 
बरो काउन्सिलले आर्थिक सहयोग नगर्ने भएपछि विभिन्न च्यारिटी गरि अर्थ संकलन गरिंदैछ । गोर्खा किचनले थोरै भएपनि सहयोगी भावना दर्शाउनका लागि कार्यक्रम गरेको अधिकारीले बताए ।

 

बहुसांस्कृतिक महोत्सवका रुपमा लिइने मेडस्टोन कम्युनिटी मेला यस वर्ष २२ जुलाइ आइतबार वाटम्यान पार्क मेडस्टोनमा आयोजना हुंदैछ । नेपालीसहित १० भन्दा बढि समुदायको प्रत्यक्ष संलग्नता रहने १४ औं उक्त मेलामा विभिन्न समुदायका कला, संगीत, भेषभुषा, खाना प्रदर्शनी मुख्य आकर्षण रहने बताइएको छ । मेलामा ५ देखि १० हजारसम्म दर्शक सहभागी हुने अपेक्षा छ ।

 

मेला सफल बनाउन केन्ट कोहीजन प्लसका निर्देशक 
गुरवीन्दर सन्धेर र उपाध्यक्ष दिनेश खड्काले पहल गरिरहेका छन् ।  स्थानीय नेपाली समुदायले पनि मेलाका लागि सहयोग गरिरहेको छ । 

 


थप समाचार

के बेवास्तामा परेकै हो त बिजिडब्लुएस ?

  • 3 hours ago
के बेवास्तामा परेकै हो त बिजिडब्लुएस ?

लण्डनस्थित नेपाली दूतावास र राजदूत डा दुर्गाबहादुर सुवेदीले समेत अरु गोर्खा संगठनलाई काखा र बिजिडब्लुएसलाई पाखा गरेको आरोप अध्यक्ष देवानले लगाएका छन् ।

वैज्ञानिक आविस्कारसँगै चर्चामा आएका पाँच महिलाहरु

  • 3 hours ago
वैज्ञानिक आविस्कारसँगै चर्चामा आएका पाँच महिलाहरु

संसारमा केही त्यस्ता महिलाहरु छन् जो आफ्नो सफतला र प्रभावको कारण सर्वप्रख्यात छन् । त्यस्ता महिलाहरुको प्रसंगमा पाँच महिला सधै अग्रणी स्थानमा आउँछन् जसले आफुलाई विज्ञानको क्षेत्रमा शोध र प्रयोगमा मात्

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

  • 3 hours ago
विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल रहे ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल रहे ।

विचित्र विश्व

ब्याचलर पास हुनुहुन्छ - करिअर बनाउन चाहनेका लागि यी हुन् उत्कृष्ट देशहरु

ब्याचलर पास हुनुहुन्छ - करिअर बनाउन चाहनेका लागि यी हुन् उत्कृष्ट देशहरु

यो भन्न अब निकै कठिन भइसकेको छ कि ग्रयाजुएसन पश्चात राम्रो जागिरको ग्यारेण्टी हुन्छ भनेर । सन् २०२० सम्ममा ४० मिलियन कलेजका शिक्षित कामदारहरु ग्लोबल इकोनोमीमा हुने द मिकिन्से ग्लोबल इन्सिटुटले अनुमान गरेको छ ।