२ प्रधानमन्त्रीको वार्तापछि गोर्खाहरु आशावादी

  • बुधबार, २९ जेष्ठ, २०७६
  • 2 weeks ago
  • युके
प्रधानमन्त्रीसंगको भेटमा गोर्खाहरु ( तस्विर : एभरेस्ट गौतम )
Education Park

 

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती प्रधानमन्त्री टेरेसा मेसंगको वार्तामा गोर्खाको मुद्धा उठाएकोमा  भूपू गोर्खाहरु आशावादी बनेका छन् । 

 

आफ्नो मागहरुको पक्षमा बेलायती समकक्षीसंग कुरा राखिदिएकोमा उनीहरुले प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गरेका छन् । 

 

गोर्खा भूतपूर्व सैनिक संघ गेसोका उपाध्यक्ष धर्म तामांगले नेपाल तथा बेलायतका प्रधानमन्त्रीबीचको वार्तालाई आफुहरुले सकारात्मक रुपमा लिएको बताए । 'नेपालका प्रधानमन्त्रीले कुरा उठाइदिनुभएको छ । अब बेलायत सरकारबाट सुनुवाई हुनेछ भन्ने हामीले आशा गरेका छौं', तामांगले भने । 

 

प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री मेसंग गोर्खाहरुको समस्या समाधानको  लागि पहल गर्न आग्रह गरेका थिए  । गोर्खा भर्तीसम्बन्धी बेलायत , भारत र नेपालबीचका भएको त्रिपक्षीय सन्धीमा पुनरावलोकन हुनुपर्ने धारणा समेत प्रधानमन्त्रीले राखेका थिए । 

 

बेलायती समकक्षीसंगको भेटवार्ताअघि प्रधानमन्त्री ओलीले लण्डनस्थित नेपाली दूतावासमा भूपू गोर्खाका प्रतिनिधिलाई भेटेका थिए । गेसो, सत्याग्रह संघर्ष समिति र नेसाका प्रतिनिधिसंग प्रधानमन्त्रीले बेलायती प्रधानमन्त्रीसंग गोर्खाको मुद्धा उठाउने आश्वासन दिएका थिए । 

 

त्यसअवसरमा गोर्खाका तर्फबाट गेसो सभापति कृष्णकुमार राई र सत्याग्रहका निर्देशक ज्ञानराज राईले आफ्ना भनाइहरु राखेका थिए । 

 

त्रिपक्षीय प्राविधिक संयन्त्रको सिफारिसअनुसार गोर्खा समस्या समाधानको लागि दुई देशका प्रतिनिधि सम्मिलित वार्ता कमिटी गठनको मागलाई गोर्खाहरुले अहिले महत्वका साथ अघि सारेका छन् । 

 

 


थप समाचार

भारतीय कांग्रेस प्रदेश प्रवक्ताकाे गोली हानी हत्या

  • 11 minutes ago
भारतीय कांग्रेस प्रदेश प्रवक्ताकाे गोली हानी हत्या

एजेन्सी । भारतीय कांग्रेस प्रदेश प्रवक्ता विकास चौधरीलाई गोली हानेर हत्या गरिएको छ। हरियाणा प्रान्तको फरीदाबादमा प्रदेश प्रवक्तालाई कारमा सवार भइराखेको अवस्थामा अज्ञात दुई व्यक्तिले गोली हानी हत्या गर

आरन व्यवसायबाटै मनग्य आम्दानी

  • 16 minutes ago
आरन व्यवसायबाटै मनग्य आम्दानी

सुर्खेत । आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्ने गरेको बैतडीका ५८ वर्षीय धनीराम ओडले आरन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

भारत र वेष्ट इन्डिजबीचको खेल सुरु

  • 24 minutes ago
भारत र वेष्ट इन्डिजबीचको खेल सुरु

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत भारत र वेष्ट इन्डिजविरुद्धको खेल सुरु भएको छ । म्यान्चेस्टरस्थित वल्ड ट्राफोर्डमा सुरु भएको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको छ । वेष्ट इन्डिजले भन



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।