ISMT

HUB Education

गोर्खा विधवाका ५३ वर्षीय छोराका पक्षमा अदालतको फैसला

  • बुधबार, १ साउन, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

 

लन्डन । भूतपूर्व गोर्खा विधवाका एक ५३ वर्षीय छोरालाई बेलायतको अध्यागमन सम्बन्धी एक अदालतले ब्रिटेनमा आवासीय अधिकार दिन फैसला गरेको छ। 

 

दमक, झापा निवासी बीबी कुमार लिम्बु आफ्ना बुवाआमासंग ब्रिटेनमा आएर  बसोबास गर्न अनुमति दिइएका भूतपूर्व गोर्खा सैनिकका छोराछोरीहरु मध्ये अहिलेसम्मकै सबैभन्दा बढी उमेरका हुन् ।

 

आफ्नी ७६ वर्षीय आमा फिरेन्द्र माया लिम्बुसंगै बेलायत आउन दिएको निवेदन होम अफिसले खारेज गरिदिए पछि उनको तर्फबाट एभरेस्ट ल सोलीसिटर्सले अपिल गरेको थियो। 

 

सो अपिलमा गत महिना भएको सुनुवाइ पछि फस्ट टियर ट्राइब्युनल जजले बीबी लिम्बुलाई बेलायत आउन अनुमति नदिने होम अफिसको निर्णय न्यायोचित नभएको फैसला सुनाएका छन्। अदालतले ब्रिटेनको मानव अधिकार सम्वन्धि  ऐन १९९८ को दफा ६, युरोपेली मानव अधिकार सन्धिको धारा ८ र गोर्खा सैनिकहरु माथि ऐतिहासिक अन्याय भएको भन्ने आधारमा लिम्बुको पक्षमा फैसला गरेको एभरेस्ट ल सोलीसिटर्सका प्रिन्सिपल सोलीसिटर राजु थापाले बताए।  अब होम अफिसले सो निर्णय उपर पुनरावेदन नगरेमा लिम्बु छिट्टै नै बेलायत आउन पाउनेछन्।

 

अदालतले आफ्नो फैसलामा उमेर पुगेका छोरा छोरी पनि बाबुआमासंगै बस्ने नेपाली संस्कृति तथा नेपालमा रहंदा उमेर पुगेका छोरा, छोरीले आफ्ना बाबाआमाको स्याहार गर्ने गरेको कुरालाई पनि आधार मानेको थियो ।  लिम्बुको तर्फबाट बहस गर्दै ब्यारिस्टरले गोर्खा सैनिकहरुप्रति ऐतिहासिक रुपमा भेदभाव भएको प्रमाण पनि पेश गरेका थिए।  

 

सन् २००९ यता भूतपूर्व गोर्खा सैनिकका १८ वर्ष ननाघेका छोराछोरी लाई मात्र आफ्ना बाबाआमासंग बेलायत आउन अनुमति दिइएकोमा सन् २०१५ जनवरीको नीति अनुसार ३० वर्षसम्मका वयस्क सन्तान आउन पाउने भएता पनि ३० वर्ष भन्दा माथिको हकमा अदालतहरुले निजहरुको पक्षमा आवासीय अधिकार दिने निर्णय गरेका छन्।

 

 “अब भूतपूर्व गोर्खा सैनिकका ३० वर्ष नाघेका सबै छोराछोरीले स्वतः बेलायत आउन पाउने भन्ने होइन। ३० वर्ष नाघे पनि उनीहरु अविवाहित रहेको, आर्थिकरुपमा आफ्ना बाबाआमा माथि निर्भर रहेको र भावनात्मकरुपले पनि नजिक रहेको प्रमाणित गर्न सकेमा अदालतले बेलायत आउन आदेश दिनसक्ने सम्भावना रहन्छ,” सोलीसिटर थापाले भने।  “मुख्यतया यसका लागि मुद्दाको तयारी, बाबुआमा र छोराछोरीको बयान, पैसा पठाएको, नेपाल भ्रमण गरेको सबुद प्रमाण र भावनात्मक रुपमा छोराछोरीसंग सम्पर्कमा रहेको प्रमाण जुटाउनु पर्ने हुन्छ,” उनले भने।

 

आफ्नो क्लाइन्टको तर्फबाट एभरेस्ट ल सोलीसिटर्सले गरेको अपिलमा यस अघि भूतपूर्व गोर्खा सैनिकका ५१ वर्ष सम्मका सन्तानलाई बेलायत आउन अदालतले अनुमति दिएको थियो र उनी आवासीय अधिकार पाएर बेलायत प्रवेश गरिसकेका छन्। 

 

गोर्खा सत्याग्रह अभियानका सहसंयोजक सूर्य नेम्वांगले अदालतको पछिल्लो फैसला गोर्खाहरुको पक्षमा ठूलो उपलब्धि भएको जनाए । उनले भूतपूर्व गोर्खा सैनिकका सन्तानहरुलाई पनि बेलायत ल्याउन दिनु पर्ने पक्षमा आफुहरु अगाडी बढीरहेको पनि बताए।

 


थप समाचार

पोखरीमा डुब्दा एकको ज्यान गयो

  • 31 minutes ago
पोखरीमा डुब्दा एकको ज्यान गयो

दाङ । दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । सिँचाइका लागि घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा निर्माण गरिएको पोखरीमा डुबेर सोही ठाउँका ५० वर्षीय देउचन रोकाको मृत्यु भएको हो ।

गण्डकी प्रदेश सरकारद्वारा एक करोड अनुदान

  • 55 minutes ago
गण्डकी प्रदेश सरकारद्वारा एक करोड अनुदान

तनहुँ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयले दूध चिस्यान केन्द्रको साझेदारीमा लगानी गर्न रु एक करोडको बजेट व्यवस्था गरेको छ । प्रदेशभित्रका दश वटा दूध चिस्यान केन्द्रलाई

इबोलाले कंगोमा एक हजार ९६५ जनाको ज्यान लियो

  • 59 minutes ago
इबोलाले कंगोमा एक हजार ९६५ जनाको ज्यान लियो

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्राणघातक इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा एक हजार ९६५ जनाको मृत्यु भएको जनाएको छ । संगठनले पछिल्ला १० सातामा इबोलाको संक्रमण स्थिर रहेको पनि स्पष्ट



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

एजेन्सी । केही यस्ता खाने कुराहरु हुन्छन् जसले महिलाभन्दा पुरुषहरुलाई धेरै नोक्सान गर्ने काम गर्छन् । यस्ता भोजनका कारण धेरै हर्मोनल समस्या, कमजोरी लगायत अन्य विमारीको कारण समेत बन्न सक्छन् । केही यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ ।

विचित्र विश्व

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

एजेन्सी । भारतको छत्तिसगढ राज्यमा बिजुलीको बिल नतिरेमा धमाधम कनेक्शन काटिँदै छ । यसका साथै शहरको पावर हाउस सडकमा पवन कुमारको कपडा पसल रहेको छ । उनलाई करीब एक लाख रुपैयाको बिल आएको थियो ।