गोर्खा विधवाकी ५२ वर्षीया छोरीका पक्षमा बेलायती अदालतको फैसला

  • मंगलबार, २९ साउन, २०७५
  • 1 month ago
  • युके

लण्डन । भूतपूर्व गोर्खा विधवाकी एक ५२ वर्षीया छोरीले बेलायतको आवासीय अधिकारपाउने भएकी छन् । 

 

उच्च अदालतले बेलायतमै रहेकी गोर्खा विधवाकी नेपालस्थित छोरी तारादेवी पुनका पक्षमा फैसला सुनाएको हो । योे फैसलासंगै गोर्खा विधवाका सन्तानहरुमा सबैभन्दा बढि उमेरमा बेलायतको आवासीय अधिकार पाएको  रेकर्ड तारादेवीको बनेको छ ।

 

तारादेवीले बेलायतको आवासीय अधिकारको लागि वर्षअघि ४९ वषको उमेरमा गरेको आवेदन ब्रिटिश हाई कमिसनबाट अस्वीकृत भएको थियो । 

 

त्यसपश्चात फस्र्ट टियर ट्राइबुनेलमा मुद्धा दर्ता गर्दा उनको पक्षमा फैसला भयो । तर तल्लो अदालतको सो फैसलाकाविरुद्ध होम अफिसले उच्च अदालत (अप्पर ट्राइबुनल) मा मुद्धा दायर गर्यो । उच्च अदालतमा भएको सुनुवाईपछि अन्ततः तारादेवीका पक्षमा फैसला भएको हो । 

 

तारादेवीको केस पनि यसअघि गोर्खाहरुका सन्तानका थुप्रै केसमा सफलता हासिल गरेको लण्डनस्थित एभरेस्ट ल सोलिसिटर्स फर्मले नै हेरेको थियो । एभरेस्ट ल सोलिसिटर्स फर्मका प्रिन्सिपल सोलिसिटर राजु थापाले तारादेवीको पक्षमा भएको फैसला गोर्खा विधवाहरुको सन्तानको हकमा एउटा नयां रेकर्ड बनेको बताए । अहिलेसम्म यति धेरै उमेरका कुनै पनि भूपू गोर्खा वा गोर्खा विधवाका सन्तानले बेलायतको आवासीय अधिकार प्राप्त गरेका थिएनन् । 

 

सोलिसिटर थापाका अनुसार गोर्खा परिवारमाथि भएको ऐतिहासिक अन्याय र यसले पारेको पारिवारिक असरकै आधारमा ५२ वर्षीया तारादेवीको पक्षमा अदालतले फैसला गरेको हो । 

 

हाल प्रचलित इमिग्रेसन व्यवस्थाका आधारमा भूपू गोर्खाका १८ देखि ३० वर्ष उमेरका सन्तानले मात्र आवासीय अधिकार प्राप्त गर्न सक्छन् । विधवाका सन्तानले यो अधिकार पाउने व्यवस्था छैन । 

 

तर नीतिमा नपरे पनि मानव अधिकार र ऐतिहासिक अन्यायको आधारमा ३० वर्ष भन्दा माथिका पनि कतिपयले मुद्धा जितेका छन् । तर नियमले तोकेको  ३० वर्ष भन्दा मुनिका समेत कतिले भने आवासीय अधिकार पाएका छैनन् । आवासीय अधिकारको मुद्धा जित्नको लागि मुख्यतः निकट भावनात्मक सम्बन्ध रहेको, आर्थिक रुपमा पुर्ण आश्रित तथा स्वतन्त्र जिवन नबिताएको जस्ता मापदण्डहरु पूरा गरेको हुनुपर्छ । 

 

हालै मात्रै ४६ वर्षका गोर्खा सन्तानका एक दम्पतिका पक्षमा उच्च अदालतले नै फैसला सुनाएको थियो भने बाबुआमा दुवै गुमाएका एक सन्तानले समेत आवासीय अधिकार पाएका छन् । त्यस्तै, गोर्खा विधवाकी छोरी रिता राई, जो स्वयम्  पनि विधवा हुन, उनले पनि हालै आवासीय अधिकारको मुद्धा जितेर बेलायत आइसकेकी छन्   । 

 

तारादेवीका पक्षमा भएको फैसलाले भूपू गोर्खाहरुका लागि दिर्घकालीन रुपमै ठूलो महत्व राख्ने सोलिसिटर थापा बताउंछन् । 'इमिग्रेसन व्यवस्थाले तोकेको उमेरको छेकबारको कारण प्रभावित भएकाहरु धेरै छन् । तर अब उनीहरुको लागि पनि सम्भावना थप बलियो बनेको छ', सोलिसिटर थापाले भने । 

 

सोलिसिटर राजु थापा

 

 


थप समाचार

भूकम्पमा 'भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

  • 3 minutes ago
भूकम्पमा 'भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

भूकम्पमा परेर चमत्कारिक रुपमा बाँचेका नेपालीहरुको कथामा बनेको चर्चित वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’का पात्रहरुलाई प्रत्यक्ष रुपमा भेटेका सांसद गेथिन्स उनीहरुको कथा सुनेर भावुक बनेका हुन् ।

भूकम्पमा 'भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

  • 3 minutes ago
भूकम्पमा 'भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

भूकम्पमा परेर चमत्कारिक रुपमा बाँचेका नेपालीहरुको कथामा बनेको चर्चित वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’का पात्रहरुलाई प्रत्यक्ष रुपमा भेटेका सांसद गेथिन्स उनीहरुको कथा सुनेर भावुक बनेका हुन् ।

उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

  • 4 hours ago
उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

काठमाडौँ । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन् । उनले आज विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गरे । यिपिन प



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

बुढी औलाले बताउँछ तपाईको स्वभाव

बुढी औलाले बताउँछ तपाईको स्वभाव

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।