IIMS College

ISMT

HUB Education

हजारौंको सहभागितामा १७ औं गोर्खाकप सम्पन्न, एफसी तोङवालाई उपाधि

  • सोमबार, १३ जेष्ठ, २०७६
  • 6 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

तस्विरहरु : मिलन तमु 

 

लण्डन । यस वर्षको गोर्खाकप उपाधि एफसी तोङवाले जितेको छ । आइतबार अल्डरसटको क्वीन्स एभिन्यूमा सम्पन्न १७ औं गोर्खाकपको फाइनलमा रेडिङ युनिटीलाई पराजित गर्दै एफसी तोङवा विजयी बनेको हो । 

 

अत्यन्त प्रतिस्पर्धात्मक खेलको निर्धारित समय बराबरीमा टुंिगएपछि पेनाल्टी सुट आउटमा २ का विरुद्ध ४ को जित एफसी तोङवाले निकालेको थियो । 

 

विजयी टोली २५ सय पाउण्ड नगद र शिल्डका साथै खेलाडीहरु ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत भए । दोस्रो हुने रेडिङ युनिटीलाई १५ सय नगद, ट्रफी र प्रमाणपत्र दिइयो । 

 

यस वर्ष गोर्खाकपमा बेलायतभित्र मात्र नभएर हंककंग, आइसल्याण्ड, बेल्जियम, नर्दन आयरल्याण्डसहितका मुलुकबाट समेत गरी कुल ३२ टोलीले भाग लिएका थिए । 

 

 

त्यस्तै, १० वटा टोलीले प्रतिस्पर्धा गरेको भेट्रानतर्फ भने एफसी केन्ट विजयी बन्यो । इलाम एफसीसंगको खेलको निर्धारित समय गोलरहित बराबरीपछि पेनाल्टी सुटआउटमा केन्टले २ का विरुद्ध ३ गोलले विजयी बनेको थियो । 

भेट्रानतर्फ विजेतालाई १२ सय तथा उपविजेतालाई ८ सय नगद, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । 

 

दुवै समुहका विजेता तथा उपविजेता टोली एवम खेलाडीहरुलाई प्रमुख अतिथि स्थानीय रश्मोर बरो काउन्सिलकी काउन्सिलर मेयर सु कार्टर, नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख शरदराज आरन, तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, एफ.ए. लिगका कोर्डिनेटर लोरेन्स जोन्स, गोर्खा कपमा मुख्य प्रायोजक आईडिया फर नेपालका प्रमुख कार्यकारी अधिकृत गोकर्ण श्रेष्ठ, चिनचिन, शिरोमणी दवाडी, प्रकाश घिमिरे, बाइसन सोलिसिटर्सकी रवियन अलि, सिटी एक्सप्रेस मनी ट्रान्सफरका करम गुरुङ, मेक्सओर्थ एकाउण्टेन्टस्का राकेश गुरुङ, गोर्खा ट्राभल्सका दिलरस गुरुङ, कर्मा गोर्खा किचन रेष्टुरेण्ट बेजिङ्गस्टोकका एमकुमार गुरुङ लगायतले शिल्ड, पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

 

 

यस वर्षको गोर्खाकपबाट आयोजक तमुधिं यूकेले गोर्खा वेलफेयर ट्रष्ट र रश्मोर बरो काउन्सिल दुवैलाई पाँच सय  पाउण्ड तथा विल्डीङ्ग ट्रष्टलाई तीन सय पाउण्ड च्यारिटीस्वरुप प्रदान गरेको छ ।

 

गोर्खाकप हेर्न बेलायतका विभिन्न क्षेत्रबाट हजारौंको संख्यामा नेपालीहरु उपस्थित भएका थिए । प्रतियोगितास्थलमा राखिएका नेपाली खाना तथा व्यवसाय र च्यारिटीका दर्जनौं स्टलहरुमा पनि दर्शकहरुको भीड देखिन्थ्यो । 

 

कार्यक्रमको संक्षिप्त औपचारिक चरणमा प्रमुख अतिथि मेयर सु कार्टर, नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख शरदराज आरन, एफ.ए. लिगका कोर्डिनेटर लोरेन्स जोन्स लगायतले शुभकामना मन्तव्य राखेका थिए । गोर्खाकपका प्रमुख संयोजक क्या पिताम्बर गुरुङले प्रतियोगिताबारे जानकारी गराएका थिए । तमु धिं यूके अध्यक्ष नन्दजंग गुरुङले खेलाडी, प्रायोजक, अतिथि, स्टल उद्यमी, व्यापारी, सहभागी लगायत स्वयमसेवक, कार्यसमिति, सल्लाहकार, युवा, आमा समुह सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । औपचारिक कार्यक्रम महासचिव तुलाराम गुरुङले संचालन गरेका थिए ।

 

त्यसअवसरमा गायक सपनकुमार राईले जहाँ छन् बुद्धका आँखा बोलको गीत प्रस्तुत गरेका थिए भने तमु धिं यूके सल्लाहकार एकेन्द्र गुरुङले रचना गरेको गोर्खाकपको टाइटल गीतमा सयपत्री कल्चरल समुह यूकेका कलाकारले आकर्षक नृत्य देखाएका थिए । प्रथम नौमति बाजा गुल्मी यूकेको समुहले नौमति बाजाको विशेष प्रस्तुति गरेको थियो । 

 

 


थप समाचार

ग्रीनवीचका भलिबल खेलाडी संगठित

  • 8 hours ago
ग्रीनवीचका भलिबल खेलाडी संगठित

ग्रीनवीच भलिबल परिवारको पहिलो कार्यसमितिमा अध्यक्षको जिम्मेवारी रविन्द्र रोका मगरले पाएका छन् भने सचिवमा कृष्ण खरेल चुनिएका छन् ।

विदेशस्थित नेपाली विज्ञहरु भन्छन्, 'सीमा समस्या सुल्झाउन आवश्यक सहयोग गर्छौं'

  • 9 hours ago
विदेशस्थित नेपाली विज्ञहरु भन्छन्, 'सीमा समस्या सुल्झाउन आवश्यक सहयोग गर्छौं'

भारतले नेपालसंगको परामर्शबिना एकपक्षीय रुपमा नेपाली भुभाग समेत समेटेर नक्सा सार्वजनिक गर्नु अन्तर्राष्ट्रिय कानुनको मान्यताविपरित हुने समेत स्पष्ट पारिएको छ ।

प्रेस संगठन बागलुङकाे एकता प्रक्रिया टुंगियाे

  • 9 hours ago
प्रेस संगठन बागलुङकाे एकता प्रक्रिया टुंगियाे

बागलुङ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकता प्रक्रिया बागलुङमा टुङ्गिएको छ । दुई सङ्गठन मिलेर बनेको प्रेस सङ्गठन नेपालको बागलुङ संयोजकमा साविक प्रेस चौतारी नेपालका अध्यक्ष उमाका



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन्

चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन्

एजेन्सी । चायाँ छालासम्बन्धी एक प्रकारको समस्या हो । टाउकाको छालाबाट मरेका कोषहरू बाहिर निस्केपछि त्यसलाई नै चाँया भनिन्छ ।