IIMS College

ISMT

HUB Education

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको प्रवक्तामा गुरुङ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । अन्ततः लामो समयपछि गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले रिक्त प्रवक्ता र पब्लिक अफिसरमा पदपूर्ति गरेको छ । शनिबार बसेको बोर्ड अफ डाईरेक्टर्सको बैठकले प्रवक्ता पदमा नन्द गुरुङलाई नियुक्त गरेको छ । गुरुङ यसअघिका एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष हुन् भने गएको निर्वाचनमा अध्यक्षका प्रत्यासी थिए ।

 

यसैगरी बैठकले पब्लिक अफिसरमा कोमल पाठकलाई नियुक्त गरेको छ । पाठक यसअघि नेप्लीज अष्ट्रेलियन युथ एशोसिएसन नयाका संस्थापक अध्यक्ष थिए । मनोनित भएपनि यी दुवै पद बोर्ड अफ डाईरेक्टर अन्तर्गतका नै शक्तिशाली पद हुन् । 

 

एनआरएन अष्ट्रेलिया यहाँको संघीय कानून अन्तर्गत दर्ता गरिएपछि १५ सदस्यीय बोर्ड अफ डाईरेक्टर्सले नै सबै निर्णय गर्दै आएका छन् । अब यी दुई व्यक्ति थपिएपछि यो संख्या १७ पुगेको छ । यससँगै बैठकले पूर्णनाथ घिमिरे सिड्नी, रदिप थापा क्वीन्सल्याण्ड र प्रजिता गेलाल साउथ अष्ट्रेलियालाई एनसीसी सदस्य पदमा समेत नियुक्त गरेको छ । यससँगै विभिन्न २५ जनालाई एनआरएन अष्ट्रेलियाको सल्लाहकार बनाइएको छ ।

 

एनआरएन अष्ट्रेलियाका महासचिव डा. ज्ञानेन्द्र रेग्मीका अनुसार २५ जनाको सल्लाहकार टिम यस्तो छ –

 

दिनेश पोखरेल, दिनेशराज जोशी, डम्बर श्रेष्ठ, नवीन वाग्ले, प्रविन गुरागाईं, श्री पन्त, नईन्द्र श्रेष्ठ, दुर्गादत्त कँडेल, अनील श्रेष्ठ, डा. कृष्ण श्रेष्ठ, सिर्जना संग्रौला, केशव सापकोटा, सीके भुसाल, हेमन्त काफ्ले, बामदेव पौडेल, विवेक थापा, सुनील भण्डारी, त्रिलोचन पोखरेल, विनित शर्मा, गणेश तामांग, सूर्य आचार्य, दिपनारायण चौधरी, सुजित सिग्देल, बालचन्द्र भट्टराई, हिमलाल गैरे सल्लाहकार बनेका छन् ।


थप समाचार

अष्ट्रेलियामा नेपालीको सहयोग गर्दै नेपाली

  • 20 minutes ago
अष्ट्रेलियामा नेपालीको सहयोग गर्दै नेपाली

सिड्नी । पछिल्लो समय कोरोना भाइरसका कारण अष्ट्रेलियामा रहेका नेपालीहरुलाई कठिन अवस्थाबाट गुज्रिनु परेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई प्रधानमन्त्री स्कट मोरिसनले दिएको टिप्पणीले पनि धेरै विद्या

‘स्थानीय सरकार छ, भोकै मर्न दिँदैनौँ’

  • 46 minutes ago
‘स्थानीय सरकार छ, भोकै मर्न दिँदैनौँ’

काठमाडौँ । कोभिड–१९ को जोखिम कम गर्न सरकारले लकडाउन गरेपछि ज्याला मजदूरी गरेर गुजारा गर्ने विपन्न परिवारलाई तनहुँका स्थानीय सरकारले खाद्यान्न सहयोग गर्न शुरु गरेका छन् । लकडाउनका कारण काम ठप्प भएपछि ह

एनआरएनए कोरियाले चार हजार किट्स नेपाल पठाउने

  • 52 minutes ago
एनआरएनए कोरियाले चार हजार किट्स नेपाल पठाउने

काठमाडौँ । एनआरएनए कोरियाले कोरोना परीक्षण गर्ने दुई हजार किट्समा अरु दुई हजार थपेर चार हजार किट्ससहित अन्य स्वास्थ्य सामग्री पठाउने निर्णय गरेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

काठमाडाैँ । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।