बजेट लोकप्रियताका लागि होइन उत्पादनमुखी हुने : मुख्यमन्त्री गुरुङ

  • सोमबार, २१ जेष्ठ, २०७५
  • 1 year ago
  • अर्थ
Education Park

पोखरा । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारको आगामी बजेट लोकप्रियताका लागि नभई उत्पादनमुखी हुने बताएका छन् । 

 

प्रदेश नं ४ भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज पोखरामा आयोजित नविकरणीय ऊर्जासम्बन्धी अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले उत्पादन र उत्पादकत्व वृद्धिका साथै दिगो विकासमा आधारित योजनालाई लक्ष्य गरी बजेट ल्याउन लागेको बताए । 

 

पर्यटन, ऊर्जा, कृषिको आधुनिकीकरणजस्ता कार्यक्रमलाई प्राथमिकताका आधारमा प्रदेश सरकारले अघि बढाउने उनले बताए । ऊर्जाको विकासलाई सरकारले महत्वका साथ अघि बढाउने धारणा राख्दै उनले यहाँका उद्योगलाई २४ घण्टा विद्युत् उपलब्ध गराउने लक्ष्य रहेको बताए । 

 

प्रदेश सरकारले यहाँको आवश्यकताअनुरुप विकास निर्माणका साथै ऊर्जा विकासमा लगानीको प्रत्याभूति गर्नेमा उहाँले जोड दिए । 

 

भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेश नं ४ लाई दुई वर्षभित्रमा उज्यालो प्रदेश बनाउने सरकारको तयारी रहेको बताउँदै ऊर्जा उत्पादन गरी अरुलाई बिक्री गर्न सक्ने क्षमता बढाउने गरी योजना निर्माण गर्ने उल्लेख गरे । 

 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ ऊर्जा अधिकृत प्रकाश अर्यालले नगरको फोहरलाई ऊर्जाको रुपमा परिणत गर्न सकिने र यसले आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण प्रभाव राख्ने बताए । 

 

नेपाल बायोग्यास प्रवद्र्धन संघ प्रदेश नं ४ का अध्यक्ष सोमनाथ बाँस्तोलाले वातावरणीय प्रदूषणलाई कम गर्दै फोहरबाट मोहोरमा परिणत गर्न सकिने हुँदा बायोग्यासको विकास आवश्यक रहेको धारणा राखे । 

 

 

उनले प्रदेशका विभिन्न ठाउँमा बायोग्यास प्लान्टको विकासलाई अघि बढाउन सकिने र त्यसका लागि बायोग्यास प्रवद्र्धन संघ सरोकारवाला निकायसँग सहकार्य गर्न तयार रहेको बताए । 

 

कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, सरोकारवाला निकायका प्रतिनिधि, ऊर्जा व्यवसायी, सञ्चारकर्मीलगायतको सहभागिता थियो । 


थप समाचार

‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

  • 8 hours ago
‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

एजेन्सी । फिल्म ‘भारत’ को सफलतासँगै सलमान खान फिल्म ‘दबंग ३’ को तयारीमा जुटिरहेका छन् । उक्त फिल्मको फ्ल्याशब्याक सीनको लागि उनले ७ किलो तौल कम गर्न परेपछि उनी खाली समयमा आफ्नो फिटनेसमा ध्यान दिईरहेका

आँप खानुका फाइदैफाइदा

  • 8 hours ago
आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

फिल्म ‘साहो’ को शुटिङ सकियो

  • 9 hours ago
फिल्म ‘साहो’ को शुटिङ सकियो

एजेन्सी । बाहुबली स्टार प्रभास १५ अगस्टमा रिलिज हुने फिल्म ‘साहो’ को लागि एकदमै उत्साहित छन् । उनले फिल्म ‘साहो’ सँग सम्बन्धित खबरहरु आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका हुन्छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

आँप खानुका फाइदैफाइदा

आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।