ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा ७ जनाको मृत्यु, ३ सय जना घाइते, १० लाख मानिस प्रभावित

एजेन्सी । मध्यअमेरिकी राष्ट्र ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ भने करिब ३ सय जना घाइते भएका छन् ।

 

राजधानी ग्वाटेमाला शहरबाट ४० किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको इल रोडिए नजिकैको गाउँमा ज्वालामुखी विस्फोट भएको र आकाशमा धूलो–धुँवा तथा खरानी देखिएको बीबीसीले जनाएको छ ।

 

ज्वालामुखी विस्फोट हुँदा घरहरु नष्ट भएको र मानिसहरु जलेको बताइएको छ । आकाशमा फैलिएको धूलो–धुँवा तथा खरानीका कारण ला अरोरा विमानस्थल बन्द गरिएको छ भने दैनिक जनजीवन प्रभावित भएको छ । 

 

 

ग्वाटेमाला सरकारका अनुसार झण्डै १० लाख मानिस प्रभावित भएका छन् । सम्भावित जोखिमबाट जोगाउन मानिसहरूलार्इ सुरक्षित स्थानतर्फ सारिएको छ भने मास्क लगाउन तथा सतकर्ता अपनाउन अपिल गरिएको छ ।

 

ग्वाटेमालाका राष्ट्रपति जिम्मी मोरालिजले आपतकालीन उद्धार तथा खोज कार्य शुरु गरिएको जनाएका  छन् ।

 


थप समाचार

कर्णाली प्रदेशमा थप ५४ जनामा कारोनाको संक्रमण पुष्टि

  • 32 minutes ago
कर्णाली प्रदेशमा थप ५४ जनामा कारोनाको संक्रमण पुष्टि

सुर्खेत । कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमध्ये ५४ जनामा कोरोना पोजेट

विद्युतीय गाडीमा भन्सार बढाइनु राष्ट्रविरोधी कदमः पम्फा भुसाल

  • 40 minutes ago
विद्युतीय गाडीमा भन्सार बढाइनु राष्ट्रविरोधी कदमः पम्फा भुसाल

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद पम्फा भुसालले विद्युतीय गाडीमा भन्सार लगाइएको भन्दै विरोध गरेकी छिन् । आइतबार बसेको प्रतिनिधिसभामा बैठकमा बोल्दै उनले विद्युतीय गाडीमा भन्स

प्रधानमन्त्री ओलीको रचना रहेको गीति एल्बम विमोचन

  • 1 hour ago
प्रधानमन्त्री ओलीको रचना रहेको गीति एल्बम विमोचन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन गरिएको छ । मध्यपुरथिमि नगरपालिका– ४ कमेरोटारको खुला ठाउँमा दुई सडक मानव सानुकान्छा तामाङ र मुग



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।