गुठीयारलाई हल्लाकाे पछाडि नलाग्न सत्तापक्षका सांसदकाे आग्रह

फाइल फाेटाे
Education Park

काठमाडौँ । सत्तापक्षका सांसदले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक गुठीलाई व्यवस्थित बनाउन आएको जिकिर गर्दै यसमा गुठीयारका माग सम्बोधन गर्न सकिने मार्ग प्रशस्त रहेको बताएका छन् ।

 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनीहरुले विधेयक सदनमा नआइसकेको अवस्थामा अनावश्यक हल्ला गर्नु दुःखद् रहेको हुँदा त्यस्तो हल्लाका पछाडि नलाग्न आन्दोलनरत गुठीयारसित आग्रहसमेत गरे ।

 

तर प्रमुख प्रतिपक्षी दलका सांसदले गुठी परम्परा र संस्कृतिलाई तहसनहस बनाउन गुठीसम्बन्धी विधेयक आएको भन्दै विधेयक फिर्ता लिई नयाँ विधेयक ल्याउन सरकारसित आग्रह गरे ।

 

नेकपाका सांसद शान्ता चौधरीले गुठीलाई व्यवस्थित बनाउन गुठीसम्बन्धी विधेयक आएको हुँदा यसले गुठी र संस्कृतिलाई तहसनहस नगर्ने जिकिर गरे ।

 

नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले सरकारले संविधानमा रहेको विचार र अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकलाई कुण्ठित पार्न खोजेको आरोप लगाउँदै गुठी एवं सूचना प्रविधिसम्बन्धी विधेयक जनभावनाविपरीत रहेको हुँदा फिर्ता लिन सरकारसित माग गरे ।

 

नेकपाका सांसद केदार सिग्देलले विकास निर्माणलाई समयमा सम्पन्न गर्न, सुशासन र भ्रष्टाचार नियन्त्रणमा ध्यान दिन आग्रह गरे।

 

सांसद राजेन्द्र लिङ्देनले गुठीसम्बन्धी विधेयकलाई फिर्ता लिन सरकारसित आग्रह गर्दै विधेयकले सनातन समयदेखि चल्दै आएको परम्परामाथि असर पर्न सक्ने बताए ।

 

सांसद इन्दुकुमारी शर्माले लोकसेवा आयोगको विज्ञापनलाई संविधानको भावनाअनुरुप समावेशी र समानुपातिक नभएको गुनासो गरिन् ।

 

सांसद प्रकाश रसाइलीले बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अगाडि नबढेकामा प्रश्न गर्दै सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाए ।

 

सांसद गौरीशङ्कर चौधरीले कैलाली र कञ्चनपुरमा हालैको हावाहुरीले क्षति पु¥याएका घर पुनःनिर्माण, राहत, घाइतेको उपचार तथा बिजुली बत्ती, खानेपानी सञ्चालन गर्न सरकारसित माग गरे ।

 

अर्का सांसद मेटमणि चौधरी र विमला विकले गुठीसम्बन्धी विधेयकले गुठीलाई व्यवस्थित बनाउन खोजेको, जात्रा र पर्वलाई अझ जीवन्त बनाउने र संस्कृतिलाई जोगाउने बताए ।

 

सांसद गङ्गा चौधरीले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका गुठीका अवस्था फरक रहेकोतर्फ ध्यान दिन आग्रह गर्दै विधेयक आउनु राम्रो रहेको बताइन् ।

 

सांसद प्रेम सुवालले सभ्यता र संस्कृतिको संरक्षण गर्न स्थानीय निकायलाई दिनुपर्ने र गुठीसम्बन्धी विधेयक सच्याउन सरकारको ध्यानाकर्षण गराए । (रासस)


थप समाचार

लुका मोड्रिच भित्र्याउने एसी मिलानको चाहना

  • 3 minutes ago
लुका मोड्रिच भित्र्याउने एसी मिलानको चाहना

एजेन्सी । बलोन डी’ओर विजेता खेलाडी लुका मोड्रिचलाई इटालियन क्लब एसी मिलानले भित्र्याउने चाहना राखेको छ । रियल मड्रिडबाट गत सिजन राम्रो खेल प्रदर्शन गर्न नसकेका मोड्रिचलाई रियलले पनि अन्य पठाउने चाहना

बस र पिकअप भ्यान ठाेक्किँदा दुई जनाको मृत्यु

  • 9 minutes ago
बस र पिकअप भ्यान ठाेक्किँदा दुई जनाको मृत्यु

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पूर्वपश्चिम राजमार्गमा आज बस र पिकअप भ्यान एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।

'बुद्धकाे मूर्तिमाथि भएकाे ताेडफाेड विदेशी शक्तिहरूको इसारामा'

  • 15 minutes ago
'बुद्धकाे मूर्तिमाथि भएकाे ताेडफाेड विदेशी शक्तिहरूको इसारामा'

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठनले बुधबार राती रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गौतम बुद्धका मूर्तिहरूमाथि भएको तोडफोडो भर्त्सना गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक विद्या



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए ।