ग्याष्ट्रिकका विरामीले गर्नै नहुने ८ कुरा

एजेन्सी । आजभोलि ग्याष्ट्रिकको समस्या सर्वत्र पिरोल्ने गरेको छ । यसका कयौं कारणहरु छन् । खानपिन र जीवनशैलीमा अनियमित हुनाले ग्याष्ट्रिकको समस्या उत्पन्न हुन्छ । 

 

यी ८ कामका कारण ग्याष्ट्रिक हुने सम्भावना प्रबल हुन्छ । त्यसैले यस्ता ८ वटा कामबाट आफूलाई बचाउन सकेमा ग्याष्ट्रिकबाट पनि बच्न सकिन्छ ।

 

  निन्द्रा 

 

कम्तिमा ७ घण्टा नसुत्नाले इनडाइजेशनको समस्या देखा पर्न थाल्छ । यसबाट पेटमा ग्याँस बढ्न थाल्छ र ग्याष्ट्रिकको समस्या देखा पर्छ । 

 

  खाना राम्रोसँग नचबाउनु

 

खना ठीकसँग नचबाएर खादा पनि डाइजेष्ट हुन समय लाग्छ । जसका कारण एसिड ग्याँस उत्पादन हुन थाल्छ र ग्याष्ट्रिकको समस्या उत्पन्न हुन्छ । 

 

 कसरत 

 

एक्ससाइज, हिडडुल नगर्दा पनि मेटाबोलिज्म स्लो हुन्छ । जसका कारण खाना ठीकसँग डाइजेष्ट हुन पाउँदैंन्, जसले ग्याष्ट्रिक जन्माउँछ । 

 

  लगातार बसिरहनु 

 

कयौ घण्टासम्म लगातार बसेर काम गर्नाले पनि खाना राम्रोसँग पच्न पाउँदैंन् । यसले पेटमा आवश्यकताभन्दा बढी ग्याँस उत्पन्न हुन्छ र ग्याष्ट्रिकको समस्या देखा पर्छ ।

 

 धेरै मिठो खाना 

 

धेरै मिठो हुने खाने कुराहरु जस्तो कुकिज, चिनी, मिठाइजस्ता खानेकुरा खानाले पनि ग्याष्ट्रिकको समस्या हुन थाल्छ । 

 

  चिसो पेय पदार्थ 

 

सोडा र चिसो पेय पदार्थमा कार्बनडाइअक्साइड बबल्स हुन्छ, जो पेटमा गएर ग्याँस उत्पन्न गर्ने काम गर्छ । यस्ता चिसो पेय पदार्थ पिउनाले पनि ग्याष्ट्रिक हुन्छ । 

 

  तेलमा पकाइएको खाना 

 

तेलमा तारिएको खानेकुरा जस्तो समोसा, भुजियाजस्ता खानेकुराहरुमा चिल्लोको मात्रा धेरै हुन्छ । यस्ता खानाहरु खादा पाचन प्रक्रिया सहज रुपमा हुँदैंन् । जसका कारण पेटमा ग्याष्ट्रिकको समस्या देखा पर्छ ।

 

  मदिरा 

 

वियर, रक्सी र वाइनमा एसिड मात्रा रहेको हुन्छ । यस्ता पेय पदार्थ बढी मात्रामा सेवन गर्नाले ग्याष्ट्रिक हुन्छ ।

 


थप समाचार

धनगढीमा अत्याधिक गर्मी

  • 44 minutes ago
धनगढीमा अत्याधिक गर्मी

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गर्मी क्रमशः बढ्न थालेको छ । आज शुक्रबार धनगढीको तापक्रम ४१ डिग्री सेल्सियस पुगेको जल तथा मौसम पूर्वानुमान महाशखाले जानकारी दिएको छ ।

बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन मन्त्री

  • 57 minutes ago
बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन मन्त्री

बेइजिङ । जर्मनीका अर्थमन्त्री पिटर अल्टमायरले युरोपेली युनियनका प्रमुख मुलुकहरुले चीनको अगुवाईमा रहेको बेल्ट एन्ड रोड अभियान (बिआरआई) मा व्यक्तिगत नभई सामूहिक समझदारीमा हस्ताक्षर हुन सक्ने बताएका छन्

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

  • 1 hour ago
जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

पश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

पश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।

विचित्र विश्व

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ । पछिल्लो समय करोडपतिहरुको चर्चा ठुलो हुने गरेको छ ।