ग्याष्ट्रिकले सताएको छ ? कहिल्यै नगर्नुस यी ८ काम

काठमाडौं । धैरैजसोलार्इ ग्याष्ट्रिकको समस्याले हैरान पार्ने गरेको छ । ग्याष्ट्रिककै कारण दैनिक गर्नुपर्ने काममा पनि असर परेको हुन सक्छ । ग्याष्ट्रिक यस्तो रोग हो यसले अरू विभिन्न रोग पनि निम्त्याउँछ । तसर्थ, ग्याष्ट्रिकलार्इ हेलेचेक्य्राइ गर्नु मुर्खता हुन्छ ।

 

ग्याष्ट्रिक हुनका कयौं कारणहरु छन् । खानपिन र जीवनशैलीमा विशेष ध्यान दिने हो भने मात्रै पनि ग्याष्ट्रिकलार्इ नियन्त्रणमा राख्न सकिन्छ । पेटमा ग्यास उत्पन्न भएर नै ग्याष्ट्रिकको समस्या निम्तने हो । यसरी ग्यास उत्पन्न गर्ने खानेकुरा नखाने र जीवनशैलीमा परिवर्तन गर्ने हो भने ग्याष्ट्रिकबाट पीडित बन्नु पर्दैन ।

 

 

विशेषगरी, यी ८ कामका कारण ग्याष्ट्रिक हुने सम्भावना प्रबल हुन्छ । त्यसैले, यस्ता ८ वटा कामबाट आफूलाई बचाउन सकेमा ग्याष्ट्रिकबाट पनि धेरै हदसम्म बच्न सकिन्छ ।

 

 

१. निन्द्रा

 

 

कम्तिमा ७ घण्टा नसुत्नाले इनडाइजेशनको समस्या देखा पर्न थाल्छ । यसबाट पेटमा ग्याँस बढ्न थाल्छ र ग्याष्ट्रिकको समस्या देखा पर्छ । 

 

 

२. खाना राम्रोसँग नचपाउनु

 

 

खाना ठीकसँग नचबाएर खादा पनि डाइजेष्ट हुन ९पच्न० समय लाग्छ । जसका कारण पेटमा एसिड ग्याँस उत्पादन हुन थाल्छ र ग्याष्ट्रिकको समस्या निम्तन्छ ।

 

 

३. कसरत

 

 

एक्ससाइज, हिडडुल नगर्दा पनि मेटाबोलिज्म स्लो हुन्छ । जसका कारण खाना ठीकसँग डाइजेष्ट हुन पाउँदैंन्, जसले ग्याष्ट्रिक जन्माउँछ ।

 

 

४. लगातार बसिरहनु

 

 

कयौ घण्टासम्म लगातार बसेर काम गर्नाले पनि खाना राम्रोसँग पच्न पाउँदैंन् । यसले पेटमा आवश्यकताभन्दा बढी ग्याँस उत्पन्न हुन्छ र ग्याष्ट्रिकको समस्या देखा पर्छ ।

 

 

५. धेरै मिठो खाना

 

 

धेरै मिठो हुने खाने कुराहरु जस्तो कुकिज, चिनी, मिठाइजस्ता खानेकुरा खानाले पनि ग्याष्ट्रिकको समस्या हुन थाल्छ ।

 

 

६. चिसो पेय पदार्थ

 

 

सोडा र चिसो पेय पदार्थमा कार्बनडाइअक्साइड बबल्स हुन्छ, जो पेटमा गएर ग्याँस उत्पन्न गर्ने काम गर्छ । यस्ता चिसो पेय पदार्थ पिउनाले पनि ग्याष्ट्रिक हुन्छ ।

 

 

७. तेलमा पकाइएको खाना

 

 

तेलमा तारिएको खानेकुरा जस्तो समोसा, भुजियाजस्ता खानेकुराहरुमा चिल्लोको मात्रा धेरै हुन्छ । यस्ता खानाहरु खादा पाचन प्रक्रिया सहज रुपमा हुँदैंन् । जसका कारण पेटमा ग्याष्ट्रिकको समस्या देखा पर्छ ।

 

 

८. मदिरा

 

 

वियर, रक्सी र वाइनमा एसिड मात्रा रहेको हुन्छ । यस्ता पेय पदार्थ बढी मात्रामा सेवन गर्नाले ग्याष्ट्रिक हुन्छ ।


थप समाचार

ब्रेक्जिट : सम्झौताको ड्राफ्टमा बन्यो सहमति

  • 5 hours ago
ब्रेक्जिट : सम्झौताको ड्राफ्टमा बन्यो सहमति

यो हप्ता दुई पक्षबीच भएका गहन छलफलहरुको श्रृंखलापछि दुवै तर्फका अधिकारीहरुको प्राविधिक तहमा सम्झौताको ड्राफ्टमा सहमति जुटेको छ ।

तस्विरमा हेर्नुहोस छठ पर्वको रौनक

  • 8 hours ago
तस्विरमा हेर्नुहोस छठ पर्वको रौनक

आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक रुपमा छठ पर्व मनाइँदैछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खान

'ब्रेक्जिट डिल' मा सहमति जुटाउने अन्तिम कसरत हुँदै

  • 8 hours ago
'ब्रेक्जिट डिल' मा सहमति जुटाउने अन्तिम कसरत हुँदै

ब्रेक्जिट डिलको विषयमा बेलायतभित्रै तथा प्रधानमन्त्री टेरेसा मेको आफ्नै दल र क्याबिनेटमा समेत एकमत बन्न नसकिरहेको अवस्थामा दबाब बढिरहेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मह, कागती र पानी मिसाएर पिउँदा फाईदै–फाईदा

मह, कागती र पानी मिसाएर पिउँदा फाईदै–फाईदा

जाडो होस या गर्मी बिहान बिहानै कागती पानीमा मह मिसाएर खानाले धेरैलाई फाईदा हुन्छ। अनुहारको छाला राम्रो बनाउन, शरीरको तौल घटाउने भनेर कागती पानी पिउने गरिन्छ ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।