के कपाल झरेर दिक्क पर्नु भएको छ ? ५ घरेलु उपाय अपनाउनुहोस्

एजेन्सी । हाम्रो शिरमा कपालका १ लाख रेसाहरु हुन्छन् । एक दिनमा ५० देखि १०० रेसा टुट्नु सामान्य मानिन्छ । तर, यो भन्दा अधिक कपाल झरेमा भने तालु खुइले हुने सम्भावना उच्च भएर जान्छ ।

 

यसका लागि केही उपायहरु लगाउनु आवश्यक पर्छ । यसमा विभिन्न खाले पर्यावरणीय प्रभाव, बढ्दो उमेर, अधिक तनाव, अत्याधिक धुम्रपान, पोषक तत्वको कमी, हर्मोनल असन्तुलन, आनुबांशिक कारक, टाउकोमा संक्रमण तथा गलत रसायनको प्रयोग जस्ता कारण कपाल झर्न सक्छन् । आइरनको कमी, पुरानो रोग, थाइराइड विकार जस्ता अन्य धेरै कारण पनि हुनसक्छन् ।

 

कपाल झर्नबाट रोक्ने यी हुन् पाँच घरेलु उपायहरुः

 

कपालमा तेलको मालिस

 

कपाल झर्न कम गर्न चाहानुहुन्छ भने सबैभन्दा उत्तम घरेलु उपाय तेल लगाएर कपाल मालिस गर्नु हो । कपाल तथा शिरको मालिस गर्नाले शरिरमा रक्त प्रवाह राम्रो हुनका साथै कपालको रेसामा पनि रगतको प्रवाह राम्रोसँग हुन्छ ।

 

यसले तपाई आराम दिनुका साथै तनाव कम गराउन सहयोग गर्छ । हप्तामा एकपटक कपाल तथा शिरको मालिस गर्नुहोस् ।

 

अमला

 

कपालको प्राकृतिक विकासका लागि अमलाको प्रयोग गर्नुहोस् । अमलामा भिटामिन प्रचुर मात्रामा हुनेगर्छ । जसले कपाल झर्न रोक्छ ।

 

मेथी 

 

मेथी कपाल झर्ने समस्या रोक्नका लागि प्रभावकारी औषधि मानिन्छ । मेथीमा हर्मोन अंटीसिडेन्ट हुन्छ जसले कपालको विकासका लागि प्रभावकारी भुमिका खेल्छ । कपालको पुननिर्माणमा समेत मदत गर्छ ।

 

यसमा प्रोटिन र निकोटिनको एसिड पनि हुन्छ जसले कपालको विकासका लागि प्रोत्साहित गर्छ ।

 

 प्याजको रस

 

प्याजको रसमा उच्चमात्रामा सल्फर कन्टेट हुन्छ । जसले रौका लागि रंक्त परिसंचरणमा सुधार गर्ने काम गर्छ । कपालको विकास लागि पनि उत्तिकै प्रभावकारी भुमिका खेल्छ । प्याजको रसमा जीवाणुरोधी गुण हुन्छ जसका कारण कपाल झर्न मदत गर्ने किटाणुलाई मार्ने काम गर्छ । टाउकोमा हुने सक्रमणको पनि उपचार गर्छ ।

 

घिउकुमारी 

 

घिउकुमारीमा एन्जाइम हुन्छ जसले कपालको स्वस्थ विकासका लागि सोझै मदत गर्ने काम गर्छ । यसबाहेक यसमा एल्कलाइन गुण हुन्छ । जसले कपाललाई सहीस्तरमा विकास गर्ने काम गर्छ ।


थप समाचार

आठौँ राष्ट्रिय खेलकुदः खेलाडीलाई चाउचाउको भर

  • 10 minutes ago
आठौँ राष्ट्रिय खेलकुदः खेलाडीलाई चाउचाउको भर

दाङ । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि जितेका खेलाडीले समेत घाँटीमा पदक झुन्ड्याउन पाएका छैनन् । राम्रै खाजा खाने हो भने खेलाडीले ७ किमि टाढाको

नेपाली भूउपग्रह अन्तरिक्ष कक्षमा पुग्यो

  • 14 minutes ago
नेपाली भूउपग्रह अन्तरिक्ष कक्षमा पुग्यो

काठमाडौं । नेपालको पहिलो भूउपग्रह ‘नेपाल स्याट १’ अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस) मा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सु

संसदमा गैरकानुनी रूपमा ३ करोड ६९ लाख प्रोत्साहन भत्ता

  • 16 minutes ago
संसदमा गैरकानुनी रूपमा ३ करोड ६९ लाख प्रोत्साहन भत्ता

काठमाडौं । संघीय संसदका महासचिवदेखि सचिवालयका कर्मचारीले प्रोत्साहन भत्ताबापत गैरकानुनी रूपमा ३ करोड ६९ लाख १७ हजार रुपैयाँ लिएको पाइएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०७ गते । शनिबार । ईश्वी सन् २०१९ अप्रिल २० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि प्रतिपदा, २४ घडी ५४ पला, दिउसो ०३ बजेर ३५ मिनेट उप्रान्त द्वितीया । नक्षत्र स्वाती, ३४ घडी २९ पला,बेलुकी ०९ बजेर २५ मिनेट उप्रान्त विशाखा ।