अन्तिम सूचीमा भारतीय नागरिक छुट्दैनन्ः गभर्नर

गुवाहटी । भारतको आसाम राज्यमा नेशनल रजिष्टर अफ सिटिजन्स (एनआरसी) को मसौदामा केही नागरिकको नाम छुटेको भनी प्रतिपक्षी दलको व्यापक विरोधपछि आसामका गभर्नर जगदिस मुखीले सबै भारतीयको नाम अन्तिम सूचीमा आउने आश्वासन बताएका छन् । 

 

बिहीबार एएनआईलाई दिएको विशेष अन्तर्वार्तामा गभर्नर मुखीले भने, “एनआरसीको ड्राफ्ट आसामी जनताका लागि ऐतिहासिक बिषय भएको र यो स्थानीय जनताको आकाङ्क्षा बमोजिम नै आएको हो ।” 

 

“धेरै जनता आफ्नो नाम एनआरसीमा नभेटिएपछि चिन्ता व्यक्त गरेका छन् । मैले यो विश्वस्त पार्न चाहन्छु कि, जसको नाम भारतीय भएर पनि पहिलो सूचीमा समावेश भएको छैन, अन्तिम सूचीमा उनीहरू छुट्ने छैनन् ।” 

 

जुलाई ३० मा सार्वजनिक एनआरसी मसौदामा तीन करोड २९ लाख निवेदकमध्ये दुई करोड ८९ लाख नागरिकको नाम समावेश भएको र करिब ४० लाख आसामी नागरिक छुटेको भन्ने व्यापक गुनासोपछि यहाँको प्रतिपक्षी दलले मुद्दालाई सशक्त रूपमा उठाउँदै आएको छ । 

 

यस विषयले प्रमुख प्रतिपक्षी समूहको सत्ताधारी भारतीय जनता पार्टीसँगको सम्बन्धमा निकै समस्या देखिएको स्थानीय समाचार संस्थाहरूले जनाएका छन् । 

 

छुटेका नामहरूको बिषयलाई समर्थन गर्दै गभर्नर मुखीले भने, “छुटेका नाम र विदेशीबारे जानकारी पाउने केन्द्र सरकारको अधिकार हुन्छ ।” 

 

सरकारको तर्फबाट म यो कुरा आश्वस्त पार्छु कि छुटेका भारतीयको नाम अन्तिम सूचीमा समावेश हुनेछन् र हरेक नागरिकको सुरक्षाका लागि सरकारले ग्यारेन्टी दिलाउनेछ । 

 

अहिलेको सूची नागरिकको सूचीमात्र नभै राज्यमा बसोबास गर्ने सबै जनसङ्ख्याको गतिविधिको रेकर्ड हो, उनले थपे । यसले राज्यमा सुरक्षाका लागि पूर्ण प्रमाणको लेखाजोखा गर्नेछ, मुखीको धारणा थियो । 

 

एनआरसीको पहिलो मसौदा सन् २०१७ को डिसेम्बर ३१ मा प्रकाशित गरिएको थियो जसमध्ये एक करोड ९० लाख नाम पछिल्लो ड्राफ्टमा समावेश गरिएको थियो । 


थप समाचार

के छ ब्रेक्जिट सम्झौतामा ?

  • 2 hours ago
के छ ब्रेक्जिट सम्झौतामा ?

सम्झौतामा समावेश रहेको सबैभन्दा विवादित विषय भने आयरल्याण्डसंगको बोर्डर हो । सम्झौताले आयरल्याण्डसंग बेलायतको कुनै भौतिक बोर्डर नरहने प्रतिबद्धता गरेको छ ।

विज्ञापनको व्यापार, सबैतिर व्यापक

  • 3 hours ago
विज्ञापनको व्यापार, सबैतिर व्यापक

अहिले समाजसेवामा पनि विज्ञापन खुब चलेको छ । यसो दुई चार हजार दान गर्यो । मान, समान र खादा ग्रहण गर्यो । सामाजिक संजाल रंगायो । दान दिने र लिने दुवैको चर्चा । जतातेतै वावाही बटुल्यो । बधाई लिने फुर्सद

साफ फुटबल आयोजना गर्दै नेपाल

  • 5 hours ago
साफ फुटबल आयोजना गर्दै नेपाल

काठमाडौँ । नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।