हक्कानी सञ्जालका संस्थापक जलालुद्दीनको मृत्यु

काबुल । अफगानिस्तानभित्र सशक्त एवं प्रभावशाली मानिएको हक्कानी नेटवर्क (समूह) का संस्थापक जलालुद्दीन हक्कानीको दीर्घरोगका कारण मृत्यु भएको अफगान तालिबानले जनाएको छ । 

 

अफगान तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध रहेको हक्कानी समूहको नेतृत्व अहिले जलालुद्दीनका छोरा सिराजुद्दीनले गरिरहेका छन् । उनी अफगान तालिबानका उपनेता पनि हुन् । 

 

जलालुद्दीनको मृत्यु दीर्घरोगका कारण भएको उल्लेख गर्दै तालिबानले प्रकाशन गरेको वक्तव्यमा जलालुद्दीन आफ्नो समयका ठूला जिहादी व्यक्तित्व रहेको बताइएको छ । 

 

सन् १९८० को दशकमा हक्कानीले अमेरिका र पाकिस्तानको सहयोगमा अफगानिस्तानबाट रुसी सैनिक फिर्ता गराउन लामो सशस्त्र सङ्घर्षको नेतृत्व गरेका थिए । 

 

अरबी भाषा धाराप्रबाह बोल्न सक्ने जलालुद्दीनले ओसामा बिन लादेन समेतका अरबी लडाकूहरुसँग सम्बन्ध सुदृढ गर्न भूमिका निर्वाह गरेका थिए । उनी अफगानिस्तानमा तालिबानीहरु सरकारमा रहँदा मन्त्री समेत भएका थिए । 

 

जलालुद्दीनको मृत्युको खास कारण भने खुलाइएको छैन । सन् २००८ र २०१५ मा पनि उनको मृत्यु भएको हल्ला चलेको थियो । उनी ८० वर्षको हाराहारी उमेरका रहेको बताइन्छ । पछिल्ला वर्षहरुमा उनी पाकिस्तानमा लुकिछिपी बसेको विश्वास गरिन्छ । 

 

अफगानिस्तानमा अमेरिकी हस्तक्षेप पश्चात हक्कानी समूहले ठुल्ठूला आक्रमणको नेतृत्व गरेको ठानिन्छ । पछिल्ला दिनहरुमा काबुल सहितका विभिन्न स्थानमा भएका आक्रमणमा समेत हक्कानी समूहको संलग्नता रहेको छ तर त्यसको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिइरहेको छ । 

 

विश्लेषकहरुको भनाइमा हक्कानीसँग आइएस समूहको सम्बन्ध पनि प्रगाढ छ, तर बाह्य संसारलाई भ्रमित पार्न हक्कानी समूह र आइएसबीच बेलाबेला अन्तरसंघर्ष हुने गरेको छ । 

 

पाकिस्तानको छायाँ सैनिकसँग लामो सम्बन्ध कायम राखेको हक्कानी समूहलाई अमेरिकी एडमिरल माइक मुलेनले सन् २०११ मा पाकिस्तानी जासूसी संस्थाको “विश्वसनीय हतियार” रहेको बताएका थिए । 

 

अमेरिकाले आतङ्ककारी समूह घोषित गरेको हक्कानी समूहले ठूलो संख्यामा आत्मघाती बम हमला गर्ने गरेको बताइन्छ । 

 

काबुलमा मे २०१७ मा भएको ट्रक बम हमलामा समेत हक्कानी समूहको संलग्नताको आशंका छ । यस हमलाबाट करिब १५० जनाको मृत्यु भएको थियो । तर सिराजुद्दीनको बिरलै आउने एक अडियो सन्देशमा उक्त हमला आफूहरुले नगरेको भन्दै अस्वीकार गरेका थिए । 


थप समाचार

डर्टमन्डको बसमा आक्रमण गर्ने वेनरगार्डलाई जन्मकैद हुनसक्ने

  • 1 minute ago
डर्टमन्डको बसमा आक्रमण गर्ने वेनरगार्डलाई जन्मकैद हुनसक्ने

फ्राङ्कफर्ट । जर्मनीका सरकारी वकीलहरूले यहाँको एक अदालतलाई बोरुसिया डर्टमन्डको खेलाडीहरूको बसमाथि सन् २०१७ को अप्रिल महिनामा बम आक्रमण गरेको आरोप लागेका एक व्यक्तिलाई जन्मकैदको सजाय दिन सोमबार सुझाब द

‘ए’ डिभिजन लिग : थ्रीस्टार शीर्ष स्थानमा

  • 2 minutes ago
‘ए’ डिभिजन लिग : थ्रीस्टार शीर्ष स्थानमा

काठमाडौँ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबारदेखि दोस्रो चरणका खेल सकिएका छन् ।

सेनामा रथी बढुवाको खेल

  • 24 minutes ago
सेनामा रथी बढुवाको खेल

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खानेहरुको छानबिन गर्ने भएका छन् । उनले सेनाभित्रको नक्कली प्रमाणपत्र पेश गर्नेहरुको विवरण मागिसक



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर