प्रदेश सभाहल नै चुहिन थाल्यो

  • शनिबार, २६ साउन, २०७५
  • 11 months ago
  • नेपाल
Education Park

सुर्खेत । सिँचाइ डिभिजन कार्यालय सुर्खेतको हलमा अस्थायीरूपमा सञ्चालन हुँदै आएको कर्णाली प्रदेशको सभाहलमा पानी चुहिन थालेको छ । 

 

अलि बढी पानी पर्ने बित्तिकै सभाहल चुहिन थाल्छ । हल चुहिँदा प्रदेशसभा सदस्यहरु बैठकमा जोगिएर बस्नुपर्दछ । राजधानी सुर्खेतजस्तो ठाउँमा सभा भवन नै चुहिने भएपछि सबैलाई लज्जित बनाएको छ । यसो हुनुमा गुणस्तरहीन भवन, नियमित मर्मत् सम्भार नहुनु र घर पुराना हुँदै जानु हो भन्छन्, कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही । 

 

शैक्षिक तालीम केन्द्रमा सभाहल बन्ने कार्य तीव्रगतिमा भइरहेको छ । साउण्ड सिस्टमका लागि कोटेशन गर्न सरकारसँग बजेट माग गरिरहेका छौँ, सभामुख शाहीले भने । अब दुई महिनापछि अर्को अधिवेशन शैक्षिक तालीम केन्द्रमा प्रदेशसभाको बैठक बस्ने उनको भनाइ छ । 

 

त्यसैगरी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी बस्ने आवास चुहिँदा अन्तै बसाइँसराइ गर्नुपर्ने बाध्यता आइलागेको छ । बनेका घरहरू गुणस्तरहीन र भूकम्प आउँदा एकै झट्कामा गल्र्यागुर्लुम ढल्ने जोखिम रहेकाले त्रसित मनस्थितिमा बस्नुपरेको कानूनमन्त्री भण्डारीले बताए । 

 

त्यस्तै भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीले पनि मन्त्रालय, आवास सबै चुहिने गरेको बताए । भवनहरू चुहिने मात्र नभई धमिरा पनि त्यत्तिकै लाग्ने गरेको उहाँको भनाइ छ । मन्त्री खत्रीले भने, “कर्णालीमा सडक, पुल, भवनजस्ता सबै पूर्वाधार गुणस्तरहीन हुँदा समस्या यो प्रदेशभरि नै छ ।” 

 

वैकल्पिक सभाहलका रूपमा सञ्चालन भएको प्रदेशसभा स्थानान्तरण हुने भए पनि सरकारी अधिकारी तथा सरकारका मन्त्रीहरुको बसाइ सकसपूर्ण छ । 

 

शहरी विकास तथा भवन निर्माण विभागका क्षेत्रीय निर्देशनालय सुर्खेतका निमित्त प्रमुख कमलकुमार दर्लामीले घर पुराना भएको र त्यसको मर्मतसम्भार नभएको जनाए । 

 

बनेका संरचनाको बेलाबेलामा मर्मतसम्भार नहुनुले राजधानीभित्रै बढी समस्या देखिएको छ । यद्यपि राजधानी वीरेन्द्रनगरका मन्त्रालय जान यही असारको दोस्रो साता कालोपत्रे गरिएका सडकको पिच उप्किसकेको छ । गुणस्तरहीन पिच गर्ने निर्माण व्यवसायीमाथि सम्बन्धित निकायले तत्काल कारबाही गर्न स्थानीयले सुझाएका छन् । 


थप समाचार

टाटाको मनसुन चेकअप क्याम्प सुरु

  • 10 minutes ago
टाटाको मनसुन चेकअप क्याम्प सुरु

काठमाडौँ । टाटा मोर्टर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रिेता सिप्रदी ट्रेडिङ्गले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप क्याम्प शुभारम्भ गरेको छ । काठमाडौंको सोल्टीमोड, बालकुम

‘गेम अफ थ्रोन्स’ ले बनायो नयाँ रेकर्ड

  • 17 minutes ago
‘गेम अफ थ्रोन्स’ ले बनायो नयाँ रेकर्ड

एजेन्सी । लोकप्रिय फेन्टासी ड्रामा ‘गेम अफ थ्रोन्स’ ले एम्मी २०१९ अवार्डमा ३२ विधामा नोमिनेसनमा परेर नौलो रेकर्ड बनाउन सफल भएको छ । यो रेकर्ड कुनैपनि शो को एकलौटी सीजनका लागि अत्यधिक हो ।

घरपालुवा जनावरसँग १० मिनेटमात्रै साथमा रहेपनि कम हुन्छ तनाव

  • 20 minutes ago
घरपालुवा जनावरसँग १० मिनेटमात्रै साथमा रहेपनि कम हुन्छ तनाव

एजेन्सी । घरपालुवा जनावरसँग साथ बिताउने गर्नाले कलेजका विद्यार्थीहरुको मुड राम्रो हुनुका साथै स्ट्रेस लेभल पनि कम हुने एक अध्ययनले देखाएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए ।