तपाईको हत्केलाका कुन रेखाले के जनाउँछ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।

 

आउनुहोस आज राज योगका बारेमा केही बुझौंः

१. राजयोगको परिस्थितीः जातक भरण ग्रन्थका रचनाकार आचार्य ढुण्डीराजका अनुसार जो व्यक्तिको जन्मको समयमा उसको कुण्डलीमा राजयोगको परिस्थिती बन्दछ ।

उसको हात र खुट्टाको रेखा एकदमै स्पष्ट हुन्छ । पुरुषको दाँया हात र खुट्टामा तथा महिलाको बाँया हात र खुट्टामा यदि कुनै प्रकारको राजचिन्ह् देखियो भने जीवन सुखमय र सम्पत्तिले भरपुर भएर बित्ने उल्लेख छ ।

 

२. विभिन्न चिन्हः सामुद्रिक शास्त्रका रचनाकार महर्षि समुद्रको भनाईअनुसार जुन व्यक्तिको पैतालाको तल अंकुश, कुंडल वा चक्रको निशान देखिन्छ, उ एक राम्रो शासक बनेर राष्ट्रको प्रतिनिधित्व गर्नसक्छ ।

 

३. विभिन्न निशानः जातक भरण ग्रन्थका अनुसार जुन व्यक्तिको हात वा खुट्टामा हस्ती, छत्र, माछा, तलाउ, अंकुश वा वीणाको निशान हुन्छ । सो व्यक्ति उत्तम र मानिसहरुमा सर्वश्रेष्ठ हुन्छ ।

 

४. राज्यको अवसरः जातक भरण ग्रन्थका अनुसार जुन व्यक्तिको हातको बीचमा शक्ति, तोमर, बाण, रथ, चक्र वा ध्वजाको निशान हुन्छ त्यो व्यक्तिलाई शासन गर्ने ठूलो अवसर प्राप्त हुन्छ । जसको उसले फाइदा पनि उठाउन सक्छ ।

 

५. लक्ष्मीको प्रियः यस्तो व्यक्ति जसको खुट्टामा कुनै पाङ्ग्रा वा चक्रको साथै कमल आसनको निशान हुन्छ, उसलाई प्रशस्त जमीन, घर प्राप्त हुन्छ र जीवनभर उ सुशी र सम्पन्न हुन्छ । यसको घरमा सधै लक्ष्मीको बास हुने हुँदा उसलाई धनको कमी हुँदैन ।

 

६. कोठीः जुन व्यक्तिको हातको बीचमा कोठी हुन्छ उ एकमै धनी तथा समाजिक रुपमा प्रतिष्ठित हुने गर्छ । यसको साथै जुन व्यक्तिको पैतालामा कोठी तथा कुनै सवारीको चिन्ह् हुन्छ उ एकदमै राम्रो र कुशल शासकको रुपमा चिनिन्छ ।

 

७. भाग्य रेखाः माझको औलाको ठीक तल मणि बन्धनसम्म फैलिएको रेखा जसलाई भाग्यरेखा भनिन्छ, यो रेखा प्रष्ट र कहींपनि नछुटेको भएमा त्यस्तो व्यक्तिलाई सबै प्रकारको सुख, सुविधा र मानसम्मान प्राप्त हुन्छ ।

 

८. विभिन्न अगंहरुबाट ज्ञानः समुद्र शास्त्रका अनुसार जो व्यक्तिको चौडा छाती, लामो नाक, र गहिरो नाइटो हुन्छ, उसको भाग्यले उसलाई एक ठूलो शासक बन्न सहयोग पुर्याउँछ ।

 

राजयोग को शर्त

 

राजयोग तबसम्म सिद्ध मानिदैंन जबसम्म राजयोगको लक्षण व्यक्तिको शारिरिक अंग र उसको शारिररिक बनावटमा देखा पर्दैन भन्ने मान्यता छ ।

 

राजयोगको निश्चितता

 

माथि उल्लेखित लक्षणहरुले राजयोगको संकेत गरेपनि राजयोगको निश्चितता केही महत्वपूर्ण चिन्ह्हरुमा रहन्छ । हात वा पैतालामा शंख, चक्र, गधा खड्ग, अंकुश, धनुष, बाण आदि चिन्ह् भएमा राजयोगको निश्चितता भएको मानिन्छ ।

 


थप समाचार

अाज रिहा हुँदै प्रकाण्ड, वार्ताकाे वातावरण बनाउन पुनः पक्राउ नगरिने

  • 1 minute ago
अाज रिहा हुँदै प्रकाण्ड, वार्ताकाे वातावरण बनाउन पुनः पक्राउ नगरिने

काठमाडौँ । वार्ताको वातावरण सहज बनाउन सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आजै रिहा गर्ने तयारी गरेको छ । यसअघि प्रकाण्डलाई अदालतले र

आज नेपाल म्यानमारसँग भिड्दै

  • 3 minutes ago
आज नेपाल म्यानमारसँग भिड्दै

काठमाडौं । एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिप छनोटको दोस्रो खेलमा आज नेपालले म्यानमारसँग खेल्दै छ ।

नेकपाः सातै प्रदेशका इन्चार्ज र अध्यक्षको टुङ्गो, कुन प्रदेशमा को ?

  • 4 minutes ago
नेकपाः सातै प्रदेशका इन्चार्ज र अध्यक्षको टुङ्गो, कुन प्रदेशमा को ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा आज बसेको पार्टी



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

होस् गर्नुहोस् तपाईको यस्तो बानीले नपुसंक बनाउँछ

होस् गर्नुहोस् तपाईको यस्तो बानीले नपुसंक बनाउँछ

पुरुषको धेरै आनीबानीहरु स्पर्म काउन्ट घटाउन जिम्मेबार हुन्छन् । चिकित्सकहरुका अनुसार शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ । अण्डकोश थैलीको तापक्रम बढ्नाले स्पर्म काउन्ट कम हुन सक्छ । यसैगरी स्पर्म काउन्टमा तनावले पनि नकरात्मक असर पार्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।