Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालअर्घाखाँचीको पर्यटकीय गनतव्य नरसिंहस्थान ओझेलमा

अर्घाखाँचीको पर्यटकीय गनतव्य नरसिंहस्थान ओझेलमा


अर्घाखाँची । अर्घाखाँचीको प्रसिद्ध पर्यटकीय गन्तव्य नरसिंहस्थान प्रचारप्रसारको अभाव र समय अनुकुल विकास नगर्दा ओझेलमा परेको छ ।

मालारानी गाउँपालिका– ७ बामरुकमा रहेको ५२ हात अग्लो र ५२ हात नै फेरो भएको नरसिंहको विशाल शीला र चारमुखे गुफासहितको नरसिंहस्थलको विकासका लागि बजेट विनियोजन र प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो ।

यस शीलालाई भगवान विष्णुको नरसिंह अवतारको रुपमा लिने गरिन्छ । ५२ हात अग्लो र ५२ हात फेरो भएको नरसिंहको विशाल शीलामा नरसिंह उत्पन भएको फुटेको मैलो, प्राकृतिक चारढोके गुफा, हिरण्यकस्यपु राक्षसलाई काखमा राखी मारेको दृश्य पनि देख्न सकिन्छ ।

केही संरचना निर्माण गरिएको भए पनि यसको व्यवस्थापनका लागि पालिकाको बजेटले मात्र पुग्ने अवस्था नरहेको नरसिंहस्थल पर्यटन पुर्वाधार निर्माणका अध्यक्ष तथा मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराईले बताउनुभयो ।

नरसिंह भगवानका अनन्य भक्त साविक हंसपुर ७ निवासी स्वर्गीय मणिराम बस्नेतलाई वि.सं १९९० सालदेखि देहमा बैराम कष्ट भइ ज्ञान बैराग भएको २००१ सालमा सपनामा नरसिंहको दर्शन पाएको स्थानीयको भनाइ छ । स्वर्गीय बस्नेतले नै २००३ सालदेखि निरन्तर नरसिंह भक्तको रुपमा नित्यपुजा ध्यान, जप, तप गदैं आउनु भएको वडा नम्बर ७ का अध्यक्ष खडक बहादुर खड्काको भनाइ छ ।

सोही स्थानमा अम्बिका देवीको मन्दिर, शिव मन्दिर लगायतका मन्दिरहरु पनि रहेका छन् । त्यहाँ होमस्टेका ७ वटा संरचना निर्माण भएपनि अझै संचालन हुन सकेका छैनन् ।

स्वच्छ हावापानी र प्राकृतिक सौन्दर्यले भरिपुर्ण यो क्षेत्र बजेट अभाव र प्रचारप्रसार नहुँदा ओझेलमा परेकाले सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रकम सहितको लकर चोरीको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । पोखरामा एक अनलाइन डेलिभरीको कार्यालयमा चोरी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

कतारका अमिर थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका छन् । अमिर

कतारका अमिरको स्वागतमा सडकमै सांस्कृतिक प्रस्तुति

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि काठमाडौँका सडकमा राष्ट्रिय पोशाकसहित सांस्कृति प्रस्तुति भएको छ

कतारी अमिर काठमाडौँ आइपुगे

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई

जनकपुरको होटेलमा महिला र पुरुष मृत फेला

काठमाडौँ । जनकपुरको रामानन्द चोकमा रहेको होटेल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।

दैलेखमा बँदेलकाे आक्रमणबाट ७ जना घाइते

काठमाडौँ । दैलेखमा बँदेलको आक्रमणबाट ७ जना घाइते भएका छन् । दैलेखको भैरवी गाउँपालिका– ६ मा बँदेलको आक्रमणमा परी ७

Techie IT