हातमा आउने यी परिवर्तन, हुनसक्छन् खतरनाक रोगका लक्षण

Education Park

एजेन्सी । शरीरका धेरै अंगले रोग लागेको प्रस्ट संकेत गर्छन्। ती मध्ये एक हो, हत्केला। हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे हामीले जानाकारी पाउन सक्छौँ।

 

नङ टुक्रनुः यदि हात–खुट्टाको नङ छिटोछिटो टुक्रिएको छ भने शरीरमा जिंकको कमी भएको मान्नुपर्छ। जिंकले नङमा नयाँ कोष बनाउन सहयोग गर्छ।

 

कत्ला आउनुः कहिले–काहीँ हाम्रो हत्केलामा कत्ला आएर हैरान हुन्छ। कत्ला आउँदा हामी शरीरमा नयाँ छाला आएको विश्वास गर्छौं। तर, भिटामिन र प्रोटिनको कमीले छाला उप्किने वा कत्ला आउने गर्दछ।

 

छाला सुख्खाः कहिले–काहीँ हातको छाला फुस्रो र सुख्खा हुन्छ। शरीरमा पर्याप्त भिटामिन नहुँदा छाला फुस्रो हुनेगर्छ। यस्तो बेला माछा र च्याउ खानाले फाइदा गर्छ।

 

हत्केला चिलाउँदाः मोस्चराइजेसन गर्दा पनि कहिले–काहीँ हात फुस्रो हुने र चिलाउने गर्छ। हात चिलाउने मानिसको हत्केलामा नराम्रा धर्सा देखिन्छन्। यस्तो अवस्थामा भिटामिन ई युक्त क्रिम प्रयोग गर्नुपर्छ।

 

नङ नरम हुनुः हातको नङ नरम भयो भने शरीरमा क्याल्सिमको कमी भएको बुझ्नुपर्छ। नङ सेतो हुने र बारम्बार भाँचिने गर्छ भने दूध, माछा, पालक साग जस्ता क्याल्सियमयुक्त खानेकुरा खानुपर्छ।

 

नङमा कालो दागः नङ फुलेर सेतो हुनु सामान्य लक्षण भए पनि कहिलेकाहीँ नङमा कालो दाग देखापर्छ। नङमा कालो दाग आएको छ भने, तत्कालै चिकित्सकलाई देखाउनुपर्छ। नङ कालो हुनु छालाको क्यान्सरको संकेत हुन सक्छ।

 

हत्केलामा रातो धब्बाः हातमा रातो धब्बा वा दाग आएको छ भने लिबरमा केही समस्या भएको हुनसक्छ। लिबरले काम गर्न छाडेपछि ब्लड सर्कुलेसन खराब हुन्छ र रक्त नलीमा रातो दागी देखिन्छ।

 

हत्केलामा पसिनाः स्ट्रेस र एक्टिभ थाइराइडका कारण शरीरको मेटाबोलिजम तीव्र हुन्छ, जसका कारण थप क्यालोरी उपभोग हुन्छ र ज्यादै पसिना आउँछ। बढी पसिना आइरह्यो भने चिकित्सकको सल्लाह लिनुपर्छ।

 

हत्केला सुनिनुः हत्केला सुनिनु शरीरमा कोलेस्ट्रोलको मात्रा बढी भएको संकेत हो। कोलेस्ट्रोलले मुटुलाई असर गर्छ । तसर्थ, कोलेस्ट्रोल कम हुने खानेकुरा खानुपर्छ।

 

 


थप समाचार

घुस रकमसहित सडक डिभिजन कार्यालयका कम्प्युटर अपरेटर पक्राउ

  • 1 minute ago
घुस रकमसहित सडक डिभिजन कार्यालयका कम्प्युटर अपरेटर पक्राउ

दमौली । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले घुस रकमसहित सडक डिभिजन कार्यालय दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र ‘वाइल्ड स्ट्रोङ कन्सल्टेन्सी’का सुमित शाहीलाई पक्राउ गरेको छ ।

बाढीबाट पर्सा र बारामा एक अर्ब बढीकाे अन्नबाली नष्ट

  • 4 minutes ago
बाढीबाट पर्सा र बारामा एक अर्ब बढीकाे अन्नबाली नष्ट

वीरगञ्ज । बाढीबाट पर्सा र बारामा रु. एक अर्बभन्दा बढीको अन्नबाली नष्ट भएको छ ।

नागबेली म्याग्दी खाेलाकाे छेउमा दरबाङ बजार (तस्वीर)

  • 25 minutes ago
नागबेली म्याग्दी खाेलाकाे छेउमा दरबाङ बजार (तस्वीर)

म्याग्दी खोला किनारमा अवस्थित मालिका गाउँपालिका–६, दरबाङ बजार ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

शरिरमा भएका कोठीहरुको रहस्य यस्तो

शरिरमा भएका कोठीहरुको रहस्य यस्तो

प्रत्येक मानिसको शरिरमा कही न कतै कोठी हुने गर्छ । कुनै कोठी ठुला हुन्छन् त कुनै साना । तर तिनीहरु भएको स्थानले ठुलो महत्व राख्ने गर्छ ।

विचित्र विश्व

सुत्नुभन्दा अघि युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

सुत्नुभन्दा अघि युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

निदाउनुभन्दा पहिला विस्तारमा पल्टिएपछि युवतीहरु के सोच्छन् ? धेरैले जान्न चाहान्छन् उनीहरुको दिमागमा के चल्छ ? उनीहरु जब बिस्तारामा पल्टिछन् उनीहरुको दिमागमा धेरै कुराहरु चल्ने गर्छन् । दिनभर भएका विभिन्न कामहरु सम्झिएर उनीहरु दिमागमा कुरा खेलाएर बस्ने गर्छन् ।