पाँच अर्बको हस्तकला सामग्री निर्यात

  • शुक्रबार, १ भदौ, २०७५
  • 6 months ago
  • अर्थ

काठमाडौँ । आर्थिक वर्ष २०७४-७५ मा नेपालमा उत्पादित रु पाँच अर्ब २१ करोड २० लाख ३३ हजारको हस्तकला सामग्री विदेश निर्यात गरिएको छ । 

 

सबैभन्दा बढी हस्तकलाका सामग्री संयुक्त राज्य अमेरिकामा निर्यात भएको छ । तीस प्रतिशतभन्दा बढी नेपाली हस्तकलाका सामग्री अमेरिका निर्यात गरिएको छ । 

 

नेपाल हस्तकला महासङ्घका महानिर्देशक डा गोविन्दप्रसाद रेग्मी अमेरिकाबाट नेपाली हस्तकला सामग्रीको अत्यधिक माग आएको बताउँछन् । “रेशाजन्य र धातुजन्य हस्तकला सामग्री बढी मात्रामा अमेरिका निर्यात हुने गरेको छ,” उनले भने । 

 

नेपालले हाल अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चीन, भारतलगायत ६० भन्दाबढी मुलुकमा हस्तकलाका सामान निर्यात हुँदै आएको छ । सबैभन्दा बढी हस्तकलाका सामग्री ललितपुरमा उत्पादन हुन्छ । 

 

नेपालबाट हाल अल्लो, बाँसजन्य वस्तु, हाडका सामान, सेरामिक सामान, सुर्तीजन्य सामान, ढाका, सीसा, धुप, छाला, धातुजन्य, कपडाजन्य, चित्रकला, कागजजन्य, रेसाजन्य, चाँदी, काष्ठकला र उलनजन्य सामान विदेश निर्यात हुँदै आएको छ । 

 

गत आवमा पश्मिना रु १८ करोड ५१ लाख सात हजार, उलन रु ४५ करोड ३९ लाख ३५ हजार, ऊनी फेल्ट रु एक अर्ब ५४ करोड ७८ हजार २२ हजार, सिल्क रु तीन करोड चार लाख ३९ हजार र कटन रु २१ करोड ६३ लाख १७ हजार, धातुका मूर्ती रु एक अर्ब ४६ करोड ५९ लाख २० हजार, हातेकागज रु ३९ करोड ३९ लाख नौ हजार, सिल्भर रु १७ करोड २२ लाख ७५ हजार, सिसा रु १६ करोड ७४ लाख ३९ हजार तथा अन्य धातुजन्य सामग्री रु १५ करोड ३४ लाख ९८ हजार बराबरको निर्यात भएको छ । धातूजन्य मूर्ती भारत र चीनमा बढी निर्यात हुन्छ । 

 

नेपालमा हस्तकलाका जिल्लागत १४ र वस्तुगत १० सङ्घ छन् । जिल्लागत सङ्घ बागलुङ, भक्तपुर, दाङ, धनुषा, झापा, पाल्पा, कास्की, ललितपुर, लमजुङ, मकवानपुर, म्याग्दी, रामेछाप, सङ्खुवासभा र भक्तपुरमा रहेका छन् । 

 

वस्तुगत सङ्घमा धातू, जुत्ता, सेरामिक्स, पश्मिना, कागजलगायत उद्योगहरु आवद्ध छन् । नेपाल हस्तकला महासङ्घका अध्यक्ष धर्मराज शाक्यले फेल्ट, प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका माला, रुद्राक्षलगायत हस्तकलाका सामग्रीको विदेशमा अत्यधिक माग रहेको बताए । परम्परागत हस्तकलाका सामग्रीभन्दा नवोदित हस्तकलाका सामानको विदेशमा बढी माग छ । 

 

परम्परागत हस्तकलाका सामग्रीमा काष्ठकला, प्रस्तरकला, धातुकलालगायत रहेका छन् भने नवोदित ९नयाँ०मा फेल्ट, प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका मालालगायत रहेका छन् । 

 

आव २०७३-७४ मा रु चार अर्ब ८० करोड बराबरको नेपाली हस्तकलाका सामान विदेश निर्यात भएको थियो । 

 

हाल महासङ्घमा एक हजार ५०० व्यवसायी आबद्ध भएपनि २०० देखि ४०० व्यापारीले मात्र हस्तकलाका सामग्री नियमितरुपमा विदेश निर्यात गर्दै आएको बताइएको छ । 

 


थप समाचार

निर्मलको 'प्रोजेक्ट पोसिबल'लाई एनआरएन यूकेको साथ, प्रेस मिटमै जुट्यो १० हजार पाउण्ड सहयोग

  • 5 hours ago
निर्मलको 'प्रोजेक्ट पोसिबल'लाई एनआरएन यूकेको साथ, प्रेस मिटमै जुट्यो १० हजार पाउण्ड सहयोग

कार्यक्रममा उपस्थित एनआरएन यूके तथा अरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरुबाट उनको अभियानका लागि तत्काल नै झण्डै १० हजार पाउण्डको सहयोग समेत संकलन भएको छ ।

शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस

  • 9 hours ago
शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस

टोकियो, जापान । वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले मनोनयन गरेको एक जापानी पत्रिकाले आफ्नो आइतबारको संस्

रेखा–अमिताभ प्रेमसम्बन्धः किन अधुरै रह्यो यी दुईको प्रेम ?

  • 9 hours ago
रेखा–अमिताभ प्रेमसम्बन्धः किन अधुरै रह्यो यी दुईको प्रेम ?

एजेन्सी । भनिन्छ मानिसको जोडी माथिबाट नै भगवानले बनाएर पठाएका हुन्छन् । सायद, यो भनाई साँचो हो किनकी चलचित्र उद्योगमा यस्ता धेरै उदाहरण भेटिन्छन् । जहाँ गहिरो प्रेममा परेका जोडीहरुको पनि सम्बन्ध टुटेर



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।