IIMS College

ISMT

HUB Education

भूमाफियाकाे चलखेलले राेक्याे महत्वाकांक्षी हनुमन्ते करिडाेर निर्माणकार्य

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

भक्तपुर । विकासमा भक्तपुरको भाग्यको रूपमा लिइएको महत्वाकांक्षी योजना भक्तपुरको ‘हनुमन्ते करिडोर निर्माण’ बीचमै रोकिएको छ । अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले पहिलो चरणमा चार किलोमिटर करिडोर निर्माणका लागि रु. ८१ करोडको ठेक्का आह्वान गरेको थियो ।

 

बोलपत्र आह्वानबमोजिम पिएस गोल्डेनगुड समानान्तर जेभीले ठेक्का सम्झौता गरी वि.सं. २०७५ मङ्सिरदेखि हनुमन्ते करिडोरको निर्माणकार्य सुरु गरेको थियो । पहिलो चरणको निर्माणकार्य ५५ प्रतिशत सम्पन्न भइसकेको र पहिलो चरणको काम छिट्टै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणकार्य अगाडि बढेपनि अहिले बीचमै काम रोकिँदा समस्या आएको पिएस गोल्डेनगुड समानान्तर जेभीका कम्पनी प्रबन्ध सञ्चालक नीरज थपलियाले बताए ।

 

भक्तपुर, सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि गरी जिल्लाको चारवटै नगरपालिका भएर बग्ने बाग्मतीको सहायक नदीको रूपमा रहेको हनुमन्ते नदी नौ किलोमिटर लामो छ । तीन चरणमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको हनुमन्ते करिडोर पहिलो चरणमा रोकिएको हो । मध्यपुरथिमि नपा–३ र सूर्यविनायक नपा–३ मा पर्ने चारदोबाटो क्षेत्रमा निर्माणकार्य पुगेपछि प्रदेश नं ३ का प्रदेशसभा सदस्यद्वय डा. राजेन्द्रमान श्रेष्ठ र प्रतिमा श्रेष्ठले हनुमन्ते करिडोरको काम तत्काल रोक्न र कुनै काम अगाडि नबढाउन निर्देशन गरेपछि निर्माणकार्य अवरुद्ध भएको हो ।

 

यसबारेमा जानकारी लिन खोज्दा डा. श्रेष्ठले भने, ‘सिमाङ्कनको समस्या रहेको जनताबाट गुनासो आएपछि हामीले हनुमन्ते करिडोर निर्माण रोकेका हौँ, मलाई गोली ठोकिदिन्छु भनेर धम्क्याएका छन् रे, म केही दिनमा पत्रकार सम्मेलन गरेर सबै कुरा सार्वजनिक गर्छु ।’ नदीको बहाव क्षेत्र २० मिटर, दायाँबायाँ २०–२० मिटरको फुटपाथसहितको सडक, नदीको दुवैपट्टि ढुङ्गाको अग्लो पर्खाल निर्माण गरी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने गरी हनुमन्ते करिडोर निर्माणकार्य अगाडि बढेको थियो । 

 

यद्यपि मध्यपुरथिमि नगरपालिका क्षेत्रमा ब्लक कारखानाले पर्खाल लगाएर वर्षौँदेखि कब्जा गर्दै आएको करोडौँको मूल्य पर्ने सात रोपनी सार्वजनिक जग्गा झिक्न पर्खाल भत्काउने भएपछि भू–माफियाको चलखेलमा हनुमन्ते करिडोर बीचमै रोकिएको स्थानीयवासीको भनाइ छ । राधेराधेबाट विनाअवरोध निर्माण हुँदै गएको करिडोर ब्लक कारखाना अगाडि पुगेपछि रोकिनु र नगरपालिकाले तयार पारेको नक्साअनुसार ब्लक कारखानाले पर्खाल लगाएर हडपेको सात रोपनी जग्गा झिक्न पर्खाल भत्काउने भएपछि निर्माणमा अवरोध आएको आयोजनाको भनाइ छ ।

 

लामो समयदेखि रहँदै आएको नदीको धार परिवर्तन गर्ने र सिमाङ्कनको विवादलाई सम्बन्धित जग्गा धनी, राजनीतिक दलका नेता, सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाका प्रमुख, बालकोटका वडाध्यक्षसहित भएको पटक–पटकको छलफलमा ‘ल्याण्डपुलिङ’को माध्यमबाट सबै समस्या समाधान गर्दै हनुमन्ते करिडोर निर्माण गर्ने सहमतिअनुसार काम अगाडि बढेको थियो । सहमतिअनुसार नै मध्यपुरथिमि नगरपालिकाले तयार पारेको नक्साको आधारमा नदीको बहाव व्यवस्थित गर्दै जग्गाको विवाद ल्याण्डपुलिङको माध्यमबाट समाधान गर्ने, अतिक्रमण भएका सार्वजनिक जग्गा फिर्ता गरी व्यवस्थित गरिने सहमति भएको थियो । 

 

सांसद महेश बस्नेतले करिडोर निर्माणअन्तर्गत ‘रिटेनिङ वाल’ लगाउने, नदीका दुवै किनारामा आठ मिटरको पक्की सडक निर्माण गर्ने, सडक किनारामा हरियाली कायम गर्ने र डुबान क्षेत्रको संरक्षण गरिने गरी करिडोर निर्माण शुरु भएको बताउँदै यो रोकिँदा भक्तपुरको विकास रोकिने बताए । उनले भने, ‘यो सानो प्रयासले आएको योजना होइन, धेरै दुःख गरेर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ल्याएको योजना हो, समस्या भए छलफल गरेर समाधान गर्नुपर्छ, अरुको कुरा सुनेर विकास रोक्नु गलत हो ।’ 

 

भक्तपुरलाई बाढी र डुबानबाट जोगाउने, जाममुक्त भक्तपुर बनाउन, अरनिको राजमार्गको वैकल्पिक मार्गको रूपमा लैजाने योजनासहित आएको हनुमन्ते कोरिडोर निर्माण पुनः अगाडि बढाउनुपर्ने उनले बताए । यसबारेमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले लामो समयदेखि हनुमन्ते नदीको धार परिवर्तन र सीमाबारेमा रहेको विवादलाई जग्गा धनीका प्रतिनिधि, राजनीतिक व्यक्तित्व र दुवै नगरपालिकाका प्रमुख बसेर समस्या समाधान गरिएको बताए । 

 

उनले भने, ‘हनुमन्ते करिडोर भक्तपुरको भाग्य हो, यसलाई सार्वजनिक जग्गा कब्जामा लिएर खानेहरु अहिले तिलमिलाएका छन्, त्यस्ताले हनुमन्ते करिडोर रोक्न खोजिरहेका छन्, अब धेरै समय रोक्न सक्दैनन् ।’ दुई नगरपालिकाको सहमतिअनुसार नै दीर्घकालीन समस्या समाधान गर्दै हनुमन्ते करिडोर निर्माण प्रक्रिया अगाडि बढेको बताउँदै उनले यो रोकिँदा बाढी र डुबानको समस्या आए त्यसको जिम्मेवारी रोक्नेहरुले लिनुपर्ने बताए ।

 

यता मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले हनुमन्ते करिडोर निर्माणसँगै गत वर्षजस्तो डुबानको समस्या अन्त्य हुने आशा राखिएको बताउँदै करिरोड निर्माणमा विवाद झिकेर विकास रोक्नुको औचित्य नरहेको बताए । बाग्मती नदीको सहायक नदीका रूपमा बग्ने हनुमन्ते खोलाको चौडाइ साँघुरिँदै जाँदा वर्षायाममा बस्ती डुबान गर्न थालेपछि आयोजनाले नदी क्षेत्रमा करिडोर निर्माण सुरु गरेको हो ।

 

सूर्यविनायक नगरपालिका–३ बालकोटका वडाध्यक्ष शिवशरण खत्री सबै जनप्रतिनिधि, राजनीतिक दलका नेतृत्वबीच सहमति भएर अगाडि बढेको काम रोक्न खोज्नु दुर्भाग्य भएको बताए । उनले बालकोटका पीडित जग्गाधनीको समस्याको सम्बोधन गरेको बताउँदै काम सञ्चालन गर्न नदिए वर्षाका विपत्ति जनताले भोग्नुपरे त्यसको जिम्मेवारी आयोजना रोक्नेले लिनुपर्ने बताए । (रासस)


थप समाचार

रुखसँग बिहे गर्ने महिला

  • 1 hour ago
रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।

काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

  • 1 hour ago
काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

एजेन्सी । कुनैपनि घर निर्माण गर्नका लागि सिमेन्ट, ईटा, ढुङ्गा, बालुवा लगायतका विभिन्न सामानहरु आवश्यक पर्दछ । तर एक यस्तो भवन निर्माण भएको छ जसलाई निर्माण गर्न त्यसको पिल्लरलाई छाडेर अन्य सबै प्रयोग क

सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

  • 1 hour ago
सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

एजेन्सी । पछिल्लो समय डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक बढेको छ । नेपालमा पनि दैनिक रुपमा सयौँ श्रीमान श्रीमतीहरु डिभोर्स लिइराखेको खबर बाहिर आइरहेको छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।