IIMS College

ISMT

HUB Education

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

 

हर्मोन रहेको एक प्रकारको तत्वले एक कोषबाट अर्को कोषमा संकेत आदान प्रदान गर्छ । यसर्थ कुनै पनि हर्मोनमा आउने असन्तुलनले स्वास्थ्यलाई प्रभावित पार्छ ।

 

कारणः

– अवस्थ्य जीवनशैली, खानपान, ब्यायामको कमी र तनाव जस्ता विभिन्न कारणले हर्मोनमा असन्तुलन आउने गर्छ । कतिपय अवस्थामा वंशाणुगत गुण पनि हर्मोन गडबडीको कारक बन्ने गरेको छ ।

 

– शरीरमा हर्मोनको मेटाबोलिज्म र प्रतिरोधी क्षमताको प्रत्यक्ष सम्बन्ध हुन्छ । त्यसैले यसको मात्रा बढी वा कम भएमा विभिन्न स्वास्थ्यमा समस्या देखा पर्छन् । अब जानौं हर्मोन गडबडीका कारण हुने समस्याबारेः

 

महिलामा यस्ता समस्या–

– हर्मोन असन्तुलनका कारण महिलामा विभिन्न समस्या आउने गर्छन् । पिट्युटरी ग्रन्थीले निकाल्ने हर्मोनको गडबढीबाट ब्रेन ट्युमर, थाइरोइड, मोटोपना, उच्च रक्तचाप, शरीरमा अनावश्यक रौं आउने, उचाई नबढ्ने जस्त स्वास्थ्यमा समस्या हुने गर्छन् । 

 

त्यस्तै प्याङ्क्रिजबाट इनसुलिनमा गडबडी आएमा मधुमेहको समस्या हुने गर्छ । कतिपयमा छाला पातलो हुने र हड्डी भाँचिने जस्ता समस्या देखा पर्छन् ।

 

– त्यस्तै डिम्बाशयमा हर्मोनको उत्पादन नभएमा निःसन्तान समस्या तथा महिनावरीमा गडबडी आउने गर्छ । बालबालिकामा उचाई नबढ्ने समस्या हुनसक्छ ।

 

पुरुषमा पनि– 

– हर्मोन असन्तुलनले महिलामा मात्र नभई पुरुषलाई पनि प्रभावित पार्छ । सामान्यतय पुरुषको शरीरमा इस्ट्रोजोन, प्रनेजेस्टोरोन र प्रोलेक्टिन मुख्य हर्मोन हुन् । यी मध्ये टेस्टोरोन पुरुषमा हुने सबै भन्दा महत्वपूर्ण हर्मोन हो । 

 

– हर्मोन असन्तुलनले  पुरुषको अनुहारमा दाग आउने, शरीरमा धेरै रौं आउने, एजिङको समस्या, चिडचिडाहट हुने, वीर्य उत्पादनमा कमी आउने लगाएतको समस्या देखा पर्छन् । 

 

रोकथामः

जीवनशैलीमा परिवर्तन ल्याउन सकेमा हर्मोनमा आउने असन्तुलनलाई नियन्त्रण गर्न सकिन्छ । स्वास्थ्य खानपान, प्रसस्त व्यायाम, पर्याप्त निद्रा र तनाव व्यावस्थापन गरेर हर्मोन गडबडीबका समस्याबाट बच्न सकिन्छ ।

 

 

 

 

 

 

 

 

 

 

 


थप समाचार

मोउरिन्हो टोटनहमको प्रशिक्षकमा नियुक्त, टोटनहमलाई दिलाउन सक्लान् त उपाधि ?

  • 9 minutes ago
मोउरिन्हो टोटनहमको प्रशिक्षकमा नियुक्त, टोटनहमलाई दिलाउन सक्लान् त उपाधि ?

एजेन्सी । सन् २०१८ डिसेम्बारमा म्यानचेस्टर युनाइटेडबाट बर्खास्त भएका प्रशिक्षक जोसे मोउरिन्होलाई टोटनहम क्लबले सफलता पाउने विश्वास गर्दै प्रशिक्षक पदमा नियुक्त गरेको छ ।

कृषकमा खुशियाली : सिँचाइ आयोजना सम्पन्न

  • 14 minutes ago
कृषकमा खुशियाली : सिँचाइ आयोजना सम्पन्न

परासी । तुरिया सिँचाइ आयोजना सम्पन्न भएपछि यस क्षेत्रका कृषक हर्षित भएका छन् ।प्रदेश नं ५ सरकारको ठूलो लगानीमा पश्चिम नवलपरासीको रामग्राम–१५ शुक्रौलीमा तुरिया सिँचाइ आयोजनाको निर्माण कार्य सम्पन्न भए

पहाडी मुलको समृद्धिका लागि मात्रै सरकार लागिपरेकाे छ : डा. भट्टराई

  • 22 minutes ago
पहाडी मुलको समृद्धिका लागि मात्रै सरकार लागिपरेकाे छ : डा. भट्टराई

रौतहट । समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार पहाडी मुलका नागरिकको विकास र समृद्धिको लागि मात्रै लागिपरेको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्ट



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०४ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य–मंसिर ०४ गते

वि.सं.२०७६ साल मंसिर ०४ गते । बुधबार । ईश्वी सन् २०१९ नोभेम्बर २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर २९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।

विचित्र विश्व

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

एजेन्सी । छिमेकी देश भारत रहस्यले भरिपूर्ण छ । पाइला–पाइलामा यस्ता अनौठा जानकारीहरु आइरहन्छन् जसका अनौठा तथ्यहरु हुन्छन् । यसै सन्दर्भमा एक मन्दिरको बारेमा चर्चा गरौं जुन मन्दिररमा ५२ टनको चुम्बक लगाइएको छ ।