IIMS College

ISMT

HUB Education

ह्यारी र मेगन क्यानडामा, फोटो खिच्ने र प्रकाशित गर्नेलाई कारबाहीको चेतावनी

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बेलायती राजपरिवारबाट अलगिएका ह्यारी मङ्गलबार क्यानडा पुगेका छन् । गत शनिबार महारानी एलिजावेथले ह्यारी राजपरिवारको सक्रिय सदस्य नरहने घोषणा औपचारिक रुपमा स्वीकृत गरेसँगै राजपरिवारबाट स्वतन्त्र बनेका उनी क्यानडा पुगेका हुन् ।

 

‘द ड्युक अफ ससेक्स’ ह्यारीले क्यानडामा रहेकी उनकी श्रीमती द डचेज अफ ससेक्स मेगनसँग नयाँ जीवन विताउने बताइएको छ । मेगन छोरा आर्चीसँगै यस पहिल्यैदेखि क्यानडामा रहँदै आएका थिए । उनीहरूले क्यानडा र बेलायतमा गरी समय बिताउने बताएका छन् । त्यसकै तयारीका लागि ह्यारी क्यानडा गएको बताइएको छ । 

 

तर, क्यानडामा पुगेपछि मेगनका तस्बिर प्रकाशित भएपछि उनीहरु आक्रोशित भएका छन् । ड्युक र डचिस अफ ससिक्सले बिनाअनुमति आफ्नो तस्बिर खिच्ने र प्रकाशन गर्नेविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । डचिस आफ ससिक्सले आफ्नो छोरा बोकेर कुकुर डोर्याउँदै हिँडेको तस्बिर फोटोग्राफरहरुले झाडीमा लुकेर खिचेका थिए ।

 

फोटोग्राफरहरुले अनुमति नै नलिइ फोटो खिचेर दुव्र्यवहार गरेको आरोप उनीहरुले लगाएका छन् । यसको लागि ह्यारी र मेगनले कानुनी उपचार खोज्नको लागि आफूहरु तयार रहेको बताएका छन् । उनीहरू बस्न थालेको क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा बढिरहेका फोटोग्राफरका गतिविधिबाट ह्यारी र मेगन आजित भएको बताइएको छ।

 

आइतबार लण्डनमा भएको एक च्यारिटी कार्यक्रममा गरेको सम्बोधनको क्रममा राजकुमार ह्यारीले अरु कुनै विकल्प नै नभएकाले राजपरिवारको सक्रिय सदस्यका रुपमा नरहने निर्णय लिएको बताएका थिए । राजपरिवारको शीर्ष सदस्य नरहने निर्णय लिनका लागि आफूले ‘आस्था वा निष्ठाको निर्णय’ लिएको उनँको भनाई थियो ।


थप समाचार

तातोपानी नाका खुल्यो

  • 17 minutes ago
तातोपानी नाका खुल्यो

काठमाडौँ । चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुलेको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने अत्यावश्यक स्वास्थ्य तथा खाद्

यस समयमा सही रूपमा बाँच्न सिकेनौं भने मनोसामाजिक रोगको शिकार भइन्छः डा. राई

  • 27 minutes ago
यस समयमा सही रूपमा बाँच्न सिकेनौं भने मनोसामाजिक रोगको शिकार भइन्छः डा. राई

मनोविज्ञ डा. सुमाया राई त्रिभुवन विश्वविद्यालयकी पूर्व उपप्राध्यापक हुन् । उनले मनोविज्ञान विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरेकी छिन् । हाल उनी लण्डनको ह्यारोमा बसोबास गर्दै र्आकी छिन् ।

कोरोना भाइरसबाट संक्रमित एक जना नेपालीको अमेरिकामा मृत्यु

  • 38 minutes ago
कोरोना भाइरसबाट संक्रमित एक जना नेपालीको अमेरिकामा मृत्यु

एजेन्सी । अमेरिकामा पछिल्लो समय कोरोना भाइरसबाट संक्रमित नेपालीहरुको मृत्यु खबर बाहिर आएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आइरहेका ४३ वर्षिय निमा तेम्बा शेर्पाको मृत्यु भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

एजेन्सी । स्वस्थ जीवनका लागि कम्तीमा पनि सात–आठ घन्टाको निद्रा जरुरी हुन्छ । निद्रा नपुग्दा पाचन प्रणालीदेखि लिएर सौन्दर्यमा समेत ह्रास आउछ । त्यति मात्र होइन, निद्रा पुगेन भने मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ ।

विचित्र विश्व

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।