IIMS College

ISMT

HUB Education

पर्वतमा ४०२ को निःशुल्क मुटु परीक्षण

प्रतिकात्मक तस्बिर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पर्वत । पर्वत सदरमुकाम कुश्मा बजारमा सञ्चालित निःशुल्क मुटु रोग परीक्षण शिविरमा ४०० बढीको उपचार गरिएको छ । पर्वत अस्पतालको ३० औं स्थापना दिवस तथा छैटौं पर्वत महोत्सवका अवसर पारेर आयोजना गरिएको निःशुल्क मुटु शिविरमा ४०२ जनाले स्वास्थ्य लाभ लिएका हुन् । जसमध्ये १० जनाको मुटुको ‘शल्यक्रिया’ गर्नुपर्ने देखिएको छ । २१ जनाले नियमित जाँचमा बस्नु पर्ने अवस्था भेटिएको बरिष्ठ मुटृुरोग विशेषज्ञ डा.अनिल भट्टराईले जानकारी दिए । 

 

सो अवसरमा निःशुल्क इको, इसिजी र निःशुल्क औषधीसमेत वितरण गरिएको थियो । परीक्षणका क्रममा शल्यक्रिया गर्नुपर्नेका लागि विशेष छुटको व्यवस्था समेत मिलाइएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ डा। भट्टराईले बिरामीको परीक्षण गरेका हुन् ।  ‘सेभ द हार्ट’ नामक संस्थाले शिविरलाई सहयोग पु¥याएको थियो । 

 

महोत्सवको अवसर पारेर सञ्चालन गरिएको शिविरबाट पर्वत, बागलुङ, म्याग्दी, कास्की र स्याङ्जाका नागरिकले लाभ लिएका छन् । आर्थिक अभावका कारण लामो समयदेखि रोग पालेर बसेकालाई सहज भएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए । उनका अनुसार शल्यक्रिया गर्नुपर्ने र फलोअप गर्नुपर्ने विरामीलाई पनि अस्पतालले सहजीकरण गर्ने भएको छ । 


थप समाचार

युवाको आकर्षण भएन मकै खेतीमा

  • 5 minutes ago
युवाको आकर्षण भएन मकै खेतीमा

फिदिम । कृषि ज्ञान केन्द्रले मकैको उत्पादन र उत्पादकत्व वृद्धि गर्न पाँचथरमा १३५ हेक्टर क्षेत्रफलमा विशेष कार्यक्रम लागू गरेको छ । मकैको सघन उत्पादनका लागि तीन प्रकारका कार्यक्रम कार्यान्वयन गरेको हो

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

  • 10 minutes ago
आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर स

प्रिमियर लिगः पुछारमा रहेको नर्वीच सिटीले लेस्टर सिटीलाई हरायो

  • 24 minutes ago
प्रिमियर लिगः पुछारमा रहेको नर्वीच सिटीले लेस्टर सिटीलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत नर्वीच सिटीले लेस्टर सिटीलाई पराजित गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा नर्वीच सिटीले लेस्टरलाई १-० गोलले पराजित गरेको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।