चिकित्सा शिक्षाको सुधार गर्न आयोगले दिएका सुझाव कार्यान्वयनमा जोड

काठमाडौँ ।  चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलका सदस्यले चिकित्सा शिक्षाको सुधार गर्न आयोगले दिएका सुझाव कार्यान्वयनमा ल्याउन जोड दिएका छन् । 

 

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा उहाँहरुले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुदृढ बनाउन आगामी दिनमा फरकफरक नीतिले सम्बोधन गर्न सुझाव दिए ।

 

 बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई एउटै ऐनबाट व्यवस्थित गर्न नसकिने चर्चा गर्दै प्रस्तावित चिकित्सा शिक्षा विधेयकले प्रस्ताव गरेको उच्चस्तरीय आयोगले नेपाल मेडिकल काउन्सिलका कामलाई प्रभावित पार्न सक्ने बताए । 

 

उनले भने, “सरकार परिवर्तनसंगै आयोगका पदाधिकारी परिवर्तन हुन सक्दछन्, यसले अस्थिरता आउन सक्छ ।” 

 

सांसद खगराज अधिकारीले चिकित्सा शिक्षाका लागि पूर्वाधार तयार भएका मेडिकल कलेजलाई पठनपाठन गर्न अनुमति दिनुपर्छ भने । 

 

सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा अध्ययन अध्यापनका लागि भौतिक संरचना तयार गर्न अनुमति दिई भौतिक पूर्वाधारसमेत खडा भएका मेडिकल कलेज सञ्चालन गर्न अनुमति दिनुपर्छ भने । 

 

सांसद अञ्जना विंसखेले चिकित्सा शिक्षाको उच्च तहमा साझा पाठ्यक्रम बनाउन ढिलाइ गर्न नहुने धारणा राखे । तत्कालीन चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलका संयोजक केदारभक्त माथेमाले प्रतिवेदन चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि र पहुँच पु¥याउन सरकारलाई सहयोगी बन्न सक्ने धारणा राख्दै कार्यान्वयन गर्ने वा गर्ने सरकारको कुरा हो भने । 

 

आयोगका सदस्य प्रा डा सुरेशराज शर्माले नयाँ मेडिकल कलेज स्थापना गर्न जोड दिनेभन्दा सञ्चालनमा रहेकाको क्षमता र गुणस्तरमा बढाउन ध्यान दिन सुझाव दिए । 

 

सदस्य प्रा डा मदन उपाध्यायले प्रतिवेदनले औँल्याएका सुझावका आधारमा चिकित्सा शिक्षा ऐन तयार हुनुपर्छ भने । सदस्यद्वय प्रा डा भगवान कोइराला र प्रा डा अर्जुन कार्कीले शिक्षा र स्वास्थ्य राज्यको दायित्व अन्तर्गत ल्याउँदा आगामी दिनमा नयाँ मेडिकल कलेज सञ्चालन गर्न अनुमति दिन रोक लगाउनुपर्छ भने । 

 

 


थप समाचार

घिनलाग्दो इशाराबारे सिमियोनले माफी मागे

  • 5 minutes ago
घिनलाग्दो इशाराबारे सिमियोनले माफी मागे

काठमाडौँ । एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमियोनले माफी मागेका छन् । बुधबार राति सम्पन्न च्याम्पियन्स लिग अन्तर्गतको खेलमा युभेन्ट्सविरुद्ध आफ्ना खेलाडी जोसे गिमिनेजले गोल गरेपछि सिमियोनले दुई हा

नयाँ म्युजिक भिडियो ‘ओई नक्कली’ सार्वजनिक

  • 16 minutes ago
नयाँ म्युजिक भिडियो ‘ओई नक्कली’ सार्वजनिक

काठमाडौँ । मोडेल भुवन श्रेष्ठद्वारा अभिनित नयाँ म्युजिक भिडियो ‘ओई नक्कली’ सार्वजनिक भएको छ ।

‘मिस नेपाल पिस’को सातौ संस्करण सुरु

  • 20 minutes ago
‘मिस नेपाल पिस’को सातौ संस्करण सुरु

काठमाडौँ । स्काइफल ‘मिस नेपाल पिस’को सातौ संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले बुधबार विज्ञप्ति जारी गरी प्रतियोगिताको आवेदन खुला भएको जनाएको हो ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।