चिकित्सा शिक्षा विधेयकमाथि छलफल

Education Park

काठमाडौँ ।  प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा सरोकारावाला निकाय र व्यक्तिसँग छलफल प्रारम्भ गरेको छ । 

 

समितिको आजको बैठकमा सांसद एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अध्यादेशका सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गरी स्पष्ट हुनुपर्ने बताए । 

 

उनले संविधानले निर्धारण गरेको समयसीमाभित्र मौलिक हकसम्बन्धी कानून बनाइसक्नुपर्ने भएकाले समितिमा छलफलका क्रममा रहेका सम्बन्धित विधेयकलाई उपसमिति बनाएर छलफल गर्नुपर्ने सुझाव दिए । 

 

समितिले आज उक्त विधेयकका सम्बन्धमा छलफल गर्न प्रा डा गोविन्द केसीलाई बोलाएको थियो । प्रा डा केसीले विधेयकका सम्बन्धमा बैठकमा आफ्नो लिखित मन्तव्य राखे पनि छलफलमा भने भाग लिएनन् ।

 

 बैठकमा उनले आफ्नो १५ औँ अनशनपछि गत साउन १० गते सरकारसँग छलफल गरी विधेयकमा परिमार्जन गर्नुपर्ने बुँदा सम्झौताका रुपमा आइसकेकाले सोही विषयमाथिको छलफलमा भाग लिन आवश्यक नभएको बताए । 

 

प्रा डा केसीले स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रको दीर्घकालीन सुधार र दुर्गम तथा पिछडिएका ठाउँसम्म निःशुल्क, सस्तो र सुलभ सेवा पु¥याउने तथा विपन्न वर्गलगायत सबै विद्यार्थीको गुणस्तरीय निशुल्क, सस्तो सुलभ चिकित्सा शिक्षामा समान पहुँच सुनिश्चित गर्न आग्रह गरे । 

 

समितिका सभापतिको निर्वाचन नभइसकेकाले बैठक समितिका ज्येष्ठ सदस्य मीनबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको थियो । समितिले भोलि नेपाल मेडिकल एशोसिएशनसँग अध्यादेशका सम्बन्धमा छलफल गर्ने जनाएको छ । 

 


थप समाचार

सुन्दर युवतीका क्रुर श्रीमान !

  • 5 hours ago
सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्

रेखाबारेको त्यो तितो सत्य !

  • 5 hours ago
रेखाबारेको त्यो तितो सत्य !

एजेन्सी । बलिउडमा विनोद मेहेराले आफ्नो सहज अभिनयका कारण ७०–८० को दशकमा एक अलग्गै पहिचान बनाउन सफल भएका छन् । मेहेराको जन्मदिनको अवसरमा उनका जीवनका केहि राजहरुको बारेमा गरिएका यहाँ चर्चा गरिएको छ ।

श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

  • 5 hours ago
श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिरहेको छ ? कतै यस्तो भएर त हैन ?

एजेन्सी । यदी श्रीमान श्रीमतीबीचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।