IIMS College

ISMT

HUB Education

स्वास्थ्य चौकी समुदायलाई हस्तान्तरण

  • शनिबार, २६ जेष्ठ, २०७५
  • 1 year ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

नुवाकोट । भूकम्पले क्षति पुगेपछि पुनःनिर्माण गरिएको यहाँका बेलकोटगढी नगरपालिका–७ स्थित रातमाटे स्वास्थ्यचौकी र विदुर नगरपालिका–१२ स्थित चारघरे स्वास्थ्य चौकी भवन शुक्रबार समुदायलाई हस्तान्तरण गरिएको छ । 

 

‘भूकम्प पश्चात स्वास्थ्य सेवा सुधार कार्यक्रम’ अन्तर्गत कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका०को आर्थिक तथा प्राविधिक सहयोगमा सयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) मार्फत निर्माण गरिएको विपद् प्रतिरोधी पक्की संरचनायुक्त सो भवन समुदायको स्वास्थ्य स्तरोन्नतिका लागि हस्तान्तरण गरिएको हो । 

 

महादेवफाँटमा निर्माण गरिएको रातमाटे स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै बेलकोटगढी नपाका प्रमुख राजेन्द्ररमण खनालले स्वास्थ्य सेवा सञ्चालन अधिकार स्थानीयतहमा प्राप्त भएकाले सुधारका लागि प्रतिबद्धता व्यक्त गरे । 

 

उनले भौतिक संरचना र स्वास्थ्य सहायता सामग्री भए पनि जनशक्ति कम भएर प्रसूति सेवा सञ्चालनमा हुने कठिनाई अब समाधान गर्ने पनि बताए । 

 

यस्तै, विदुर नपा–१२ स्थित भट्टगाउँमा निर्माण गरिएको स्वास्थ्य चौकी चारघरेको भवन समुदायलाई हस्तान्तरण गर्दै विदुर नपाका प्रमुख सञ्जु पण्डितले भवन निर्माणले अब गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुनेमा विश्वास व्यक्त गरे । 

 

उनले स्थानीयवासीको माग बमोजिम स्वास्थ्यचौकीमा ‘प्रयोगशाला’ निर्माणका लागि जनशक्ति एवं उपकरण उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे । 

 

कोइकाको सहयोगमा युएनडिपीले निर्माण गरेको स्वास्थ्य चौकीमा आवश्यकपर्ने स्वास्थ्य सहायता सामग्री गुड नेवर्स अन्तर्राष्ट्रिय (जिएनआइ)ले उपलब्ध गराएको छ । 

 

रु ८० लाख बराबरको खर्चमा निर्माण गरिएको उक्त भवनमा बहिरङ, प्रसूति र गर्भजाँच सेवा तथा औषधि कक्ष, स्टोर र कर्मचारी निवाससहित सात कोठा रहेका छन् । 

 

सो अवसरमा कोइकाको नेपालका लागि आवासीय प्रमुख डा होङ क्यो किम, युएनडिपीको नेपालका लागि राष्ट्रिय निर्देशक रेनाउड मेयेर, जिएनआईको नेपालका लागि आवासीय प्रमुख मीन हो चोई लगायतको सहभागिता रहेको थियो । 

 

विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षति पुगेका संरचना पुनःनिर्माणमा कोरिया सरकारको सहयोग कार्यक्रम अन्तर्गत कोइकाले आठ दशमलव चार मिलियन अमेरिकी डलरमा यहाँको ५० श्यया क्षमताको जिल्ला अस्पताल त्रिशूली र दशवटा स्वास्थ्य संस्था पुन–निर्माणको जिम्मेवारी लिएको थियो । 

 

अब सात वटा स्वास्थ्य चौकीको पुनःनिर्माण जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत पुर्ननिर्माण इकाइ प्रमुख रमेश अधिकारीले जानकारी दिए । 

 

भूकम्पबाट यहाँका ८० वटा स्वास्थ्य संस्था क्षतिग्रस्त भएका थिए । 

 


थप समाचार

९ राउण्ड गोली सहित काठमाडौँ उड्न लागेका शाही पोखरा विमानस्थलबाट पक्राउ

  • 1 hour ago
९ राउण्ड गोली सहित काठमाडौँ उड्न लागेका शाही पोखरा विमानस्थलबाट पक्राउ

कास्की । पोखरा महानगरपालिका– २७ रिठेपानी बस्ने ४० वर्षीय जितु शाहीलाई २२ बोर राइफलमा प्रयोग हुने २९ राउण्ड गोली सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पोखरा विमानस्थलबाट यति एयरको उडानद्वा

६ हजार धरौटीमा रिहा भए सांसद राजिब गुरुङ

  • 1 hour ago
६ हजार धरौटीमा रिहा भए सांसद राजिब गुरुङ

काठमाडौँ । एन्फा कास्कीका अध्यक्ष मिलन गुरूङलाई झापड हानेपछि पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई थप दुई दिन हिरासतपछि धरौटीमा रिहा भएका छन् ।

साढे ८ हजार डलरसहित जोशी विमानस्थलबाट पक्राउ

  • 1 hour ago
साढे ८ हजार डलरसहित जोशी विमानस्थलबाट पक्राउ

काठमाडौँ । अवैध रुपमा लुकाइछिपाई लैजान लागेको अमेरिकी डलरसहित ललितपुरका विकाश जोशी विमानस्थलबाट पक्राउ परेका छन् । शनिबार दिउँसो ललितपुर महानगरपालिका– ११ घर भई अमेरिका बस्ने ३३ वर्षीय विकाश जो



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

ज्योतिष शास्त्रका अनुसार यस्तो भएमा डिभोर्स हुने सम्भावना उच्च हुन्छ

ज्योतिष शास्त्रका अनुसार यस्तो भएमा डिभोर्स हुने सम्भावना उच्च हुन्छ

एजेन्सी । हरेक युवक आफ्नो पत्नी सुन्दर होस् भन्ने चाहन्छन् । ज्योतिषका अनुसार यस्तो सम्भव रहेको छ । यदी कसैको जन्म कुण्डली शुक्रको सप्तम स्थानमा रहेको छ भने यस्तो सम्भव रहेको छ । शुक्र विवाहका लागि निकै महत्वपुर्ण हुन्छ । यदी कसैको शुक्र कमजोर रहेको छ भने उसको वैवाहिक स्थिति सदा असहज अवस्थामा बित्नेछ ।