स्वास्थ्यचौकी भवन निर्माण

तेह्रथुम ।  तेह्रथुमको म्याङलुङ नगरपालिका–७, आम्बुङस्थित स्वास्थ्यचौकीका लागि दाताबाट भवन निर्माण भएको छ । 

 

स्थानीय दुई परिवारका सदस्यले आफ्ना स्व बुबाआमाको स्मृतिमा जग्गा खरीद गरी भवन निर्माण गरिदिएका हुन् । 

 

स्वास्थ्यचौकीका लागि ११ कोठे भवन निर्माण भएपछि अब २४ घण्टे प्रसूति सेवासमेत शुरु भएको छ । 

 

भवन निर्माणका लागि स्थानीय कृष्णबहादुर, इन्द्रबहादुर, गणेशबहादुर, हृदयमान र प्रेमबहादुर सम्बाहाम्फेले आफ्ना स्व बुबा टङ्कबहादुर र आमा मनमायाको स्मृतिमा पाँच रोपनी जग्गा आठ कोठा निर्माणका लागि रु ३९ लाख सहयोग गरेका हुन् । 

 

यस्तै खेलप्रसाद लिम्बूले आफ्ना बुबा मनबहादुर र आमा निमाको स्मृतिमा एक रोपनी जग्गा र तीन कोठे भवन निर्माणका लागि रु १५ लाख सहयोग गरेका छन् । 

 

भवन निर्माणपछि स्वास्थ्यचौकीको सेवा प्रवाहमा सहज भएको छ । 

 

नवनिर्मित भवनको बुधबार म्याङलुङ नगरपालिकाका नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले उद्घाटन गरे । 

 

कार्यक्रममा नगर प्रमुख तुम्बाहाम्फेले नगर क्षेत्रको स्वास्थ्य सेवा गुणस्तरीय बनाउन सहयोग गर्ने समाजसेवी दम्पतिलाई धन्यवाद प्रकट गरे । 

 

 


थप समाचार

बेलफास्टमा प्रजातन्त्र दिवस कार्यक्रम, नेपाल भ्रमण वर्ष २०२० प्रबर्द्धनको प्रयास

  • 2 hours ago
बेलफास्टमा प्रजातन्त्र दिवस कार्यक्रम, नेपाल भ्रमण वर्ष २०२० प्रबर्द्धनको  प्रयास

समारोहमा प्रमुख अतिथी तथा विशेष अतिथिहरुले संयुक्त रुपमा नेपाल भ्रमण वर्ष २०२० को लोगो अनावरण गरी उत्तरी आयरल्याण्डमा नेपाल भ्रमण वर्षको प्रचार अभियान प्रारम्भ गरे ।

अस्ट्रेलियामा कसरी देखियो नर्सिङ विद्यार्थीहरुको समस्या, समाधान के ?

  • 4 hours ago
अस्ट्रेलियामा कसरी देखियो नर्सिङ विद्यार्थीहरुको समस्या, समाधान के ?

सिड्नी । अस्ट्रेलियामा यतिबेला हजारौं नेपाली विद्यार्थीको भविस्य अनिस्चित भएको छ । अस्ट्रेलियामा वर्षौं समय तथा हजारौं डलर रकम खर्च गरेर नर्सिङ पढेका विद्यार्थीहरुको भविस्य अन्यौलमा परेको हो ।

जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

  • 12 hours ago
जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनलाई निकै असल व्यक्तिको रुपमा लिइन्छ । उनको अभिनय र निजि जीवनका पाटाहरु निकै सुन्दर मानिन्छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा काम गर्ने मानिसहरुको तौल बढ्ने गरेको प्राय समस्याहरु सुन्न पाइन्छ । घन्टौसम्म कुर्चीमा बस्नाले तौल अवश्य नै बढ्छ तर, यदी तपाईले चाहानु भयो भने रुटीनमा धेरथोर फेरबदल गर्न सक्नु भएमा मोटोपन कन्ट्रोल गर्न सक्नुहुनेछ । यसका लागि पाँचवटा बानी सुधार्नु पर्ने हुन्छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।