हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ । 

 

अथवा यसले बिरामीको तत्कालै मृत्यु त हँदैन् तर उसको जिन्दगीमा खतरा बढ्छ । यस्तोमा समय छदँै सम्हालिने जरुरी हुन्छ । यसको लागि हरेक ब्यक्तिलाइ हार्ट फेलियरको संकेत जान्नु जरुरी छ । 

 

डाक्टरहरुकाअनुसार धेरैजसो केसमा हार्ट फेलियरको संकेट १५ दिन या यसभन्दापनिपहिले देखिन थाल्छ । यदि समयमै यसलाई पहिचान गरेर उपचार सुरु गर्ने भने यसले जिन्दगीमाआउन सक्ने सम्भावित खतराबाट बचाँउछ ।

 

हार्ट अट्याक

हार्ट अट्याक तब हुन्छ जब मुटुको धमनी ब्लक हुनाले रगत मुटुसम्म पुग्न पाँउदैन । तर ब्लकेज धेरै भयो वा समयमै यसको ब्लकेज हटाइएन भने मुटुले काम गर्न छोड्छ र बिरामीको मृत्यु पनि हुन सक्छ ।

 

कार्डियक एरेस्ट

जब मुटु धड्किन बन्द गर्छ तब यसलाई कार्डियक एरेस्ट भनिन्छ । मुटुको धड्कनको लागि एक इलेक्ट्रिकल तरंग जो जिम्मेवार हुन्छ । जब यो तरंग रोकिन्छ तब मुटु पनि धड्किन बन्द हुन्छ । यसले बिरामीको मृत्यु पनि हुन सक्छ ।

 

हार्ट फेलियर 

यसमा मुटुको पम्प गर्ने क्षमता कमजोर हुन्छ । यसले बिरामीको तुरुन्त मृत्यु भइ हाल्दैन तर समय बाँकि छँदै उपचारको जरुरी हुन्छ । लापरबाही गरेमा यो घातक हुन सक्छ ।

 

हार्ट फेलियरको संकेत के के हुन त ?

बिना कारण थकाइ

हार्ट फेलियर हुनाले ब्लडमा अक्सिजनको कमी हुन थाल्छ र यस्तोमा बिनाकारण थकाइ र कमजोरी महसुस हुन्छ ।

मुटुको धड्कन बढ्ने

मुटुमा रगतको पर्याप्त सप्लाइ नहुनाले मुटुको धड्कन बढ्न थाल्छ । 

भोक नलाग्ने 

मुटुले सही तरिकाले रगत पम्प गर्न नसकेमा मश्तिष्कसम्म सही तरिकाले रगत सप्लाइ हुन सक्दैन् । यस्तोमा मश्तिष्कले भोक लागेको संकेत दिन पाँउदैन ।

अनुहार र खुट्टा सुन्निने

शरिरमा सही तरिकाले रगत सप्लाई नहुनाले अनुहार र खुट्टा सुन्निन थाल्छ ।

सास फेर्न समस्याहुने 

शरिरमा रगतको सर्कुलेसन बिग्रनाले फोक्सोमा पानी भरिन थाल्छ । यस्तोमा सास फेर्नमा गाह्रो हुन्छ ।

खोकीको समस्या

फोक्सोमा पानी भरिनाले खोकीको समस्या देखिइरहन्छ । यो हार्ट फेलियरको संकेत हुन सक्छ ।

 

मुटु स्वस्थ राख्ने ८ तरिका

वजन कम गर्ने

तनाव कम गर्ने

नियमित शारीरिक अभ्यास गर्ने

ब्लड प्रेसर नियन्त्रण गर्ने

डायबिटिज नियन्त्रण गर्ने

राम्रो सँग निदाउने

धुम्रपान नगर्ने

मदिरा नपिउने 

 


थप समाचार

यस्तो रहेको छ तपाईको आजको भाग्य

  • 11 minutes ago
यस्तो रहेको छ तपाईको आजको भाग्य

वि.सं.२०७६ साल वैशाख ११ गते । बुधबार । ईश्वी सन् २०१९ अप्रिल २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि पञ्चमी, २१ घडी १२ पला, दिउँस

पूर्वराष्ट्रपतिभन्दा पूर्वराजाको सुरक्षामा तीन गुणा बढी सुरक्षाकर्मी

  • 22 minutes ago
पूर्वराष्ट्रपतिभन्दा पूर्वराजाको सुरक्षामा तीन गुणा बढी सुरक्षाकर्मी

काठमाडौं । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवको सरक्षामा ३० जना सुरक्षाकर्मी खटिएका । तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि भने तीन गुणाभन्दा बढी सुरक्षाकर्मी खटिएको छ ।

रानी पोखरी निर्माणमा महानगरको दुई करोड डुब्यो

  • 24 minutes ago
रानी पोखरी निर्माणमा महानगरको दुई करोड डुब्यो

काठमाडौं । रानीपोखरी निर्माणमा महानगरपालिकाले दुई करोड घाटा व्यहोरेको छ । रानीपोखरी पुननिर्माण गर्ने १० वैशाख ०७३ मा निर्माण व्यवसायी वल्र्डवाइड कँडेल के एन्ड केजी जेभीसँग ६ करोड २९ लाखमा सम्झौता भएको



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ तपाईको आजको भाग्य

यस्तो रहेको छ तपाईको आजको भाग्य

वि.सं.२०७६ साल वैशाख ११ गते । बुधबार । ईश्वी सन् २०१९ अप्रिल २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि पञ्चमी, २१ घडी १२ पला, दिउँसो ०२ बजेर ०२ मिनेट उप्रान्त षष्ठी । नक्षत्र मूल, ३८ घडी ४० पला, बेलुकी ०७ बजेर ०१ मिनेट उप्रान्त पूर्वाषाढा ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।