Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलक्रिकेट खेलाडी गुलशन झा सम्मानित

क्रिकेट खेलाडी गुलशन झा सम्मानित


मलङ्गवा । राष्ट्रिय टोलीका क्रिकेट खेलाडी गुलशन झालाई एक कार्यक्रमबीच मलङ्गवामा सम्मान गरिएको छ । नेपालले टी–२० विश्वकपमा स्थान बनाउँदा क्रिकेट खेलाडी झाले उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले मंगलबार उनलाई सम्मान गरेको हो ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका–७, सगरदिना स्थायी घर भएका झा हाल सदरमुकाम मलङ्गवा–८ मा बसोबास गर्दै आएका छन् ।

क्रिकेट खेलको माध्यमबाट झाले सर्लाहीसहित देशको मानसम्मान अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गरेको उल्लेख गर्दै उनलाई सम्मान गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टङ्क क्षेत्रीले जानकारी दिए । राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर झाको हौसला बढाउनका लागि अभिनन्दन गरिएको उनले बताए ।

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, नेपाल पत्रकार महासङ्घका अध्यक्ष क्षेत्रीले संयुक्त रुपमा क्रिकेट खेलाडी झालाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

एसीसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया भिड्दै

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत समूहचरणको अन्तिम खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिष्पर्धा गर्दैछ । खेल पौने १२

Techie IT