हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न अायाेग गठन

फाइल फाेटाे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शनिबार दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकप्टरबारे छानबिन गर्न तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । 

 

आयोगको अध्यक्षमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने तथा सदस्यमा सिम्रिक एयरका वरिष्ठ क्याप्टेन सिद्धार्थजङ्ग गुरुङ र समिट एयरका वरिष्ठ इञ्जिनियर मेघेन्द्रकुमार श्रेष्ठ रहेका छन् । 

 

उक्त दुर्घटनाको सत्यतथ्य छानबिन गरी यथाशीघ्र सिफारिशसहितको प्रतिवेदन बुझाउन आजको मन्त्रिस्तरको निर्णयअनुसार सदस्य–सचिव आफैँले तोक्ने गरी जिम्मेवारी दिइएको मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । 

 

गोरखाको सामागाउँबाट काठमाडौँका लागि उडेको सो हेलिकप्टर शनिबार बिहान ८ः०५ बजेदेखि विमानस्थलसँग सम्पर्कविहीन भएको थियो । खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीले उक्त होलिकप्टर धादिङको सत्यदेवी भन्ने स्थान आसपासको घनाजङ्गलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । 

 

दुर्घटनामा हेलिकप्टरमा सवार सात जनामध्ये पाँच जना यात्रु तथा एक विमानचालकको निधन भएको छ भने एक जना यात्रु आनी डोल्माको जीवितै उद्धार गरिएको थियो । 

 

डोल्माको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । मन्त्रालयले मृतकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकको परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । 


थप समाचार

स्टेफन बार्कले बेलायतका नयां ब्रेक्जिट मन्त्री

  • 1 hour ago
स्टेफन बार्कले बेलायतका नयां ब्रेक्जिट मन्त्री

ब्रेक्जिट मामिला मन्त्री डोमिनिक राबले विहिबार राजिनामा दिएपछि रिक्त ठाउंको जिम्मेवारी स्टेफन बार्कलेलाई दिइएको छ ।

तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

  • 3 hours ago
तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

लण्डन । बेलायतको सबैभन्दा ठूलो नेपाली जातीय संस्था तमु धि यूकेको नेतृत्व नन्दजंग गुरुङको कांधमा आएको छ ।

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 10 hours ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।