एआईबिटिका विद्यार्थीका लागि कन्सुलेट कार्यलयको हेल्प डेस्क, यसरी लिन सकिन्छ सहयोग

सिड्नी । अस्ट्रेलियन इन्ष्टिच्युट अफ बिजनेश टेकनोलोजी लगायतका कलेजबाट प्रभावित विद्यार्थीको सहयोगका लागि अवैतनिक नेपाली महावाणिज्यदूत न्यु साउथ वेल्सको कार्यालयले हेल्प डेस्क स्थापना गरेको छ । 

 

नर्थ सिड्नी स्थित कन्सुलेट जनरलको कार्यालयले समस्यामा परेका विद्यार्थीहरुको सहयोगका लागि हेल्प डेस्क स्थापना गरेको हो । यस हेल्प सेन्टरमा विद्यार्थीहरुले आफुलाई परेको समस्या राख्न सक्छन् । महावाणिज्यदूतको कार्यालयले विद्यार्थीको समस्या टिपोट गरी समाधानका लागि सम्बन्धित पक्षसँग आवश्यक पहल र सहकार्य गर्छ । 

 

न्यु साउथ वेल्स महावाणिज्यदूत दिपक खड्काले एआईबिटि लगायत समस्यामा परेका कलेजका विद्यार्थीले आफुलाई परेको समस्याका विषय लिएर फोन तथा इमेल गर्न सक्ने बताए । नेपालीपत्रसँग कुरा गर्दै महावाणिज्यदूत खड्काले भने, ‘हेल्प डेस्कमा विद्यार्थीले समस्या दर्ता गराएपछि हामी त्यसको समाधानका लागि सरोकारवाला पक्षसँग संवाद गरी विद्यार्थीको समस्या समाधानको प्रयास गर्नेर्छौं । कलेज सँग सम्बन्धित समस्या कलेज प्रशासनसँगै समन्वय गर्नेछौं भने भिजा सम्बन्धित समस्या देखा परेका विद्यार्थीको हकमा त्यस्तै सम्बन्धित पक्षसँग सहकार्य गर्नेर्छौं ।

 

कन्सुलेट खड्काले यो हेल्प सेन्टर अहिले १ महिनाका लागि संचालन गरिएको भन्दै आवश्यक परे यसको म्याद बढाउन सकिने जानकारी दिए । 

 

 

हेल्प डेस्कको टेलिफोन नम्बर ०२ ९४६० ०३२२  मा विहान ९ देखी साँझ ४ बजेसम्म फोन गर्न सकिन्छ भने ईमेल आईडी helpdesk@nepalconsulate.org.au मा २४ सै घण्टा आफ्नो समस्या राख्न सक्नेछन् । 


थप समाचार

माला लगाएर किरियापुत्री भेट्न पुगे मन्त्री पण्डित

  • 10 seconds ago
माला लगाएर किरियापुत्री भेट्न पुगे मन्त्री पण्डित

काठमाडौं । संघीय मामिला मन्त्री तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित दुई किरियापुत्रीसँगै माला लगाएर उभिएको तस्बिरले आइतबार सामाजिक सञ्जालमा निकै चर्चा पायो । दुःखको घडीमा माला लगाएरै जानु असान्द

‘मधेसलाई पानी चाहिएको छ, पानीजहाज होइन’

  • 1 minute ago
‘मधेसलाई पानी चाहिएको छ, पानीजहाज होइन’

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसलाई पानी चाहिए पनि वर्तमान प्रधानमन्त्रीले पानी जहाजमा मात्र जोड दिएर मधेसी जनताको उपहास गरेको आरोप लगाएका छन् । यो समाचार आजको नागर

वर्ष दिनदेखि प्रधानध्यापक सम्पर्कबिहीन, ८ लाख हिनामिना गरेको उजुरी

  • 4 minutes ago
वर्ष दिनदेखि प्रधानध्यापक सम्पर्कबिहीन, ८ लाख हिनामिना गरेको उजुरी

रूकुम । पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्माको हिमालय आधारभूत विद्यालयका प्रधानाध्यापक बालकुमार शर्मा बिदा नै नलिई एक वर्षदेखि घर बस्दै आएका छन् । उनी गत वैशाखमा केही दिनको बिदामा भन्दै अर्कै शिक्षकलाई न



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

एलोभेरा जुसका फाइदा

एलोभेरा जुसका फाइदा

एलोभेरा घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्ये एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुस सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।