IIMS College

ISMT

HUB Education

बौद्ध परियत्ति शिक्षालाई कामपाद्वारा सहयोग

  • सोमबार, २१ पुष, २०७६
  • 2 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बौद्ध परियत्ति शिक्षाका लागि रु २३ लाख ६५ हजार अर्थिक सहयोग गरेको छ । अखिल नेपाल भिक्षु महासङ्घद्वारा सञ्चालित सो शिक्षाको पाठ्य सामग्री छपाइ, दीक्षान्त समारोह तथा नैतिक आचरण शिक्षा लगायतमा सहयोग गरेको हो ।   

 

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले महासङ्का अध्यक्ष भिक्षुमैत्री महास्थवीरलाई  आइतबार सो रकम हस्तान्तरण गरे  । महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयको स्तरोन्नतिका गर्न रु १३ करोड बजेट महानगरले विनियोजन गरेको छ । सो रकम सामुदायिक विद्यालय हाताभित्र वृक्षरोपण, खेल मैदान, रङ्गरोगन, शौचालय र खानेपानीको व्यवस्थापन गर्नेलगायतमा खर्च हुने जनाइएको छ ।  

 

सो अवसरमा प्रमुख शाक्यले  सहयोगको रकम सदुपयोग हुनेमा आफू आशावादी रहेको बताए । महासङ्घका अध्यक्ष महास्थवीरले कामपाले गरेको आर्थिक सहयोग अहिलेसम्म प्राप्त भएको सबै ठूलो राशिको भएको जनाउँदै परियत्ति शिक्षाका लागि यसले थप ऊर्जा प्राप्त भएको बताए । 

 

“स्थापनाको करिब ५६ वर्षपछि हामीलाई कामपा यति ठूलो आर्थिक सहयोग गरेर हामीलाई निकै ठूलो गुण लगाएको छ”, महास्थवीरले भने, “यो आर्थिक सहयोगले कामपा क्षेत्रभित्र रहेका २० वटा केन्द्र मात्र होइन मुलुकभरि नै रहेका हाम्रा ११५ बढी केन्द्रमै परियत्ति शिक्षालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।” ५६ वर्ष इतिहास बोकेको यस संस्थानमा हरेक वर्ष परियत्ति शिक्षाका लागि पाँच हजार बढीले आवेदन दिने गरेका छन् । गौतमबुद्धको उपदेश  तथा असल आचरणसहितको शिक्षा दिने ध्येयले संस्थाको स्थापना भएको हो ।  


थप समाचार

बलिउडका चर्चित जोडी जसको उमेरको दुरी धेरै नै छ

  • 4 minutes ago
बलिउडका चर्चित जोडी जसको उमेरको दुरी धेरै नै छ

बलिउड–श्रीमान श्रीमतीबीचको उमेर कति वर्षको फरक भएको राम्रो राम्रो मानिन्छ । विशेष त धेरैले भन्ने ४ वा ५ वर्षैकै हो ।

धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षण

  • 14 minutes ago
धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षण

काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको धुलिखेल अस्पतालमा आजदेखि कोरोना सङ्क्रमणको शङ्कास्पदहरुको परीक्षण गर्ने काम शुरु भएको छ । परीक्षणका लागि विदेशबाट आएका र केही शङ्कास्पद व्यक्तिहरु गरी पहिलो

ढिस्कोमा पुरिएर दुई जना बालकको मृत्यु

  • 20 minutes ago
ढिस्कोमा पुरिएर दुई जना बालकको मृत्यु

काठमाडौँ । सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिकास्थित मोहनपुरमा आज दिउँसो ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिका–६ मोहनपुर निवासी रोहित ख



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।