कुन पहिला आयोः कुखुरो कि अण्डा ?

एजेन्सी । कुखुरी पहिला आयो कि अण्डा रु यो प्रश्न मानिसहरुबिच जहिले पनि विवादमा रहेको थियो । तर, यसको ठोस उत्तर भने कोहीसँग पनि रहेको थिएन । तर, अब वैज्ञानिकहरुले दाबी गर्दै भनेका छन्,‘संसारमा कुखुरी नै पहिला आएको थियो ।’

 

ब्रिटेनका वैज्ञानिकहरुले यसबारे प्रमाण भेट्टाइएको बताएका छन् । बेलायतमा रहेको शेफील्ड तथा वारविक विश्वविद्यालयका शोधकर्ताले अण्डाको परिक्षण पछि उक्त निष्कर्षमा पुगेको बताएका छन् ।वैज्ञानिकका अनुसार अण्डामा रहने छिल्कामा एउटा महत्वपुर्ण प्रोटिन हुने गर्छ । त्यो मात्र कुखुरीको अण्डासयबाट मात्र उत्पादन हुने गर्छ ।

 

त्यसैका कारण पनि अण्डाभन्दा पहिला कुखुरी आएको उनीहरुको दावी रहेको छ ।

 

वैज्ञानिकले यसबारे पहिला नै जानकारी थियो कि ओसी–१७ नामक प्रोटीनले अण्डाको खोल बनाउन प्रमुख भुमिका खेल्छ ।

नयाँ प्रबिधिको प्रयोग गर्दै ओसी–१७ कसरी बन्छ भनेर उनीहरुले अध्ययन गरेका थिए । जब क्यालसियम कार्बोनेटसँग ओसी–१७ मिल्छ तब अण्डाको खोल बन्ने गर्छ । यसपछि प्रश्न उठ्यो कि कसरी कुखुरी कसरी जन्मियो । वैज्ञानिकहरुले भनेका छन्,‘अण्डा दिने पंछी र केही अन्य प्रजातिको समागले कुखुराको जन्म भएको हो ।’

 

 यस नतिजामा धेरै ठुलो सफलता मिलेको शफीफिल्डका प्रोफेसर जोन हर्डिङले बताएका छन् । उनले अण्डाको खोल कसरी निर्माण हुन्छ भने अध्ययनका कारण पनि सफलता मिलेको तर, यो निकै चुनौतीपुर्ण रहेको उनले बताएका छन् ।


थप समाचार

के अब अश्लील वेबसाइट बन्द होलान् ?

  • 16 minutes ago
के अब अश्लील वेबसाइट बन्द होलान् ?

काठमाडौं । नेपाल दूरासञ्चार प्राधिकरणले अश्लील सामग्री समावेश भएका वेभसाइट बन्द गर्न सेवाप्रदायकहरुलाई दिएको निर्देशन कार्यान्वयन होला कि नहोला ? कार्यान्वयनको पक्ष र विपक्षमा रहेका धेरैको मनमा यतिबेल

नेकपाभित्रको गुटैगुट, पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि

  • 19 minutes ago
नेकपाभित्रको गुटैगुट, पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि

काठमाडौं । पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ। वरिष्ठ नेता झलनाथ खनालको पार्टी एकता भएकै दिनदेखि वरियताको एजेन्डा उठाएको–उठायै छन्।

पाटे बाघको संख्या चितवनमा घट्यो, बर्दियामा बढ्यो

  • 37 minutes ago
पाटे बाघको संख्या चितवनमा घट्यो, बर्दियामा बढ्यो

काठमाडौं । नेपालमा पाटे बाघको संख्या बढेको छ, विगत ५ वर्षको अवधिमा नेपालमा ३७ वटा बाघ थपिएका छन् । संख्या बढेसँगै मुलुकका प्राकृतिक बासस्थानमा बाघको संख्या २ सय ३५ पुगेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।