एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।

 

तर, हालका दिनहरूमा पछिल्ला केही हजार वर्ष यतादेखि तपस्यारत कुनै ऋषि–मुनि भेटिएको प्रमाण भने छैन । यस्ता कथाहरूमा सत्यको अंश कति र कल्पनाको अंश कति भन्ने फरक छलफलको विषय हुन सक्छ । तर, तिब्बतको गुए भन्ने गाउँमा एउटा यस्ता कथा प्रचलित छ। जस अनुसार गाउँमा रहेको स्तुपभित्र एकजना बौद्ध भिक्षु ५ सय ५० वर्षदेखि तपस्यारत रहेको मानिन्छ ।

 

मानिसहरूले ती भिक्षुका कपाल र नङ बढ्न थालेकाले तिनलाई ममी मान्दैनन् यसका सम्बन्धमा दुई फरक फरक कथाहरू प्रचलित रहेका छन्

 

पहिलो कथा

गाउँलेहरूका अनुसार यो ममी पहिले गाउँको स्तूपभित्र रहेको थियो । पछि उक्त स्तूप भत्किएपछि यसलाई निकालेर परिक्षण गर्दा यो साढे पाँच सय वर्ष पुरानो रहेको र ध्यान मुद्रामा रहेको तथ्य पत्ता लाग्यो ।

 

विशेषज्ञहरूले जाँचका क्रममा उक्त शरीरमा कुनै पनि लेप नलगाएरै जमिनमुनि राखिँदा समेत खराब नभएको कुरा पत्ता लगाए ।

 

गाउँका बुढापाकाहरूका अनुसार पन्ध्रौँ शताब्दीमा गाउँलाई एउटा ठुलो विपत्तिबाट बचाउन एउटा सन्त घोर तपस्यामा बसेका थिए । कयौं वर्ष अगाडि उक्त गाउँमाथि विषालु बिच्छीहरूले आक्रमण गरेका थिए उनी गाउँलाई यस विपदाबाट बचाउन ध्यान गर्न थाले । उनले समाधिको चरणमा पुग्ने बित्तिकै एउटा चमत्कार भयो। आकाशमा बिना बादल नै इन्द्रधनुष प्रकट भयो र गाउँ बिच्छीहरूको आतंकबाट मुक्त भयो ।

 

दोस्रो कथा

केही मान्छेहरू यो ममी बौद्ध भिक्षु सांङ्ला तेन्जिङ्ग मान्छन् । उनी तिब्बतबाट भारत भ्रमणमा आएका थिए । भारतबाट फर्किएपछि उनी यो गाउँमा ध्यान लगाउन थाले र कहिल्यै उठेनन् ।

 

मानिसहरू अहिले पनि त्यस ममीका कपाल तथा नङहरू बढ्ने गरेकाले उनी जीवित नै रहेको र ध्यानमग्न रहेको मान्दछन् । गाउँलेहरूका अनुसार एकपटक त्यस ममीकी टाउकोमा कोदालोले चोट लाग्दा त्यबातारगत समेत बगेको थियो। अहिले पनि उक्त चोटको खत स्पष्टसँग देख्न सकिन्छ। हाल यसलाई गाउँको धरोहर मानेर पुनर्स्थापित गरिएकोप छ। अचेल उक्त भिक्षुको ममीलाई एउटा काँचको क्याबिनभित्र राखिएको छ र वरिपरिका श्रद्धालुहरू यसको दर्शन गर्न ओइरिने गर्छन् ।

 


थप समाचार

लिभरपुलमा समिति गठन गर्न नसकी फर्कियो एनआरएन यूके

  • 1 hour ago
लिभरपुलमा समिति गठन गर्न नसकी फर्कियो एनआरएन यूके

लण्डन । एनआरएन यूकेअन्तर्गत क्षेत्रीय समिति गठनका लागि भन्दै लिभरपुल पुगेको टोली समिति गठन गर्न नसकी फर्किएको छ । नर्थ वेस्ट कमिटि गठनको लागि भन्दै आइतबार लिभरपुलमा गरिएको भेलामा समिति गठनको वातावरण ब

कवि मुक्तान थेवाको कवितासंग्रह ‘अखण्ड आलाप’माथि बहस

  • 12 hours ago
कवि मुक्तान थेवाको कवितासंग्रह ‘अखण्ड आलाप’माथि बहस

चितवन । प्रगतिशील लेखक संघ चितवनले आयोजना गरेको कार्यक्रममा सामाजिक एवम् राजनीतिक परिवर्तनका लागि साहित्यमार्फत कलम चलाउँदै आएका कवि मुक्तान थेवाको कवितासंग्रह ‘अखण्ड आलाप’माथि शनिबार भरतपुरमा बहस गरि

कोलकातामा नेपाल भवन बनाउन सरकारसँग आग्रह

  • 12 hours ago
कोलकातामा नेपाल भवन बनाउन सरकारसँग आग्रह

काठमाडौँ । भारत पश्चिम बङ्गालस्थित कोलकातामा नेपाल भवन बनाउन पहल भएको छ । कोलकातावासी नेपालीहरुले महेशतला नगरपालिका–२३, विवेकानन्द पार्क रोड नेर ११ कठ्ठा जग्गा लिइसकेका छन् ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

बच्चाको कान सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्

बच्चाको कान सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्

सानो बच्चाको कान सफा गर्दाको समयमा केयौ कुराहरुलाई ध्यानमा राख्नु आवश्यक हुन्छ । बच्चाहरुको कान सफा गर्नको लागि क्यू टिप्सको प्रयोग नगर्नुहोस् ।

विचित्र विश्व

‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन्

‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन्

अंग्रेजीको १९ औ लेटर ‘एस’ । किताबी ज्ञान बाहेक व्यवहारिक ज्ञानमा पनि ‘एस’ लेटरको महत्व रहेको बताइन्छ । ‘एस’ बाट नाम सूरु हुने मानिसहरु एकदमै मेहनती हुन्छन् । यिनीहरु कुरा गर्न यति सिपालु हुन्छन् कि जोकाहीलाई सजिलै आकर्षित गर्न सक्छन् ।