ISMT

HUB Education

हेटौँडा सिमेण्ट उद्योगमा कच्चापदार्थ उत्पादन ठप्प

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

हेंटौडा । नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा उपमहानगरपालिका–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको क्लिङ्कर कच्चापदार्थको उत्पादन बन्द भएको छ । उद्योगको मुख्य यन्त्रको मोटर जलेर बिग्रिएपछि क्लिङ्करलगायत कच्चापदार्थको उत्पादन बन्द भएको हो ।

 

उद्योग प्रशासनका अनुसार उत्पादन गर्ने मुख्य सञ्चालकको मोटरमा आगो लागेपछि उत्पादनमा समस्या आएर क्लिङ्कर उत्पादन बन्द भएपछि सिमेण्ट उत्पादनमा पनि ह्रास आएको बताइएको छ । करीब तीन हप्ताअगाडि देखि दुई हजार ३०० किलोवाटको कच्चापदार्थ उत्पादन गर्ने मेशिन बिग्रिएका कारण उत्पादन ठप्प भएको हो । 

 

उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहका अनुसार उद्योगमा हाल क्लिङ्कर र अन्य कच्चापदार्थको मौज्दात रहेकाले त्यसबाट सिमेण्ट उत्पादन भइरहेको छ तर मेशिन बिग्रेका कारण लक्ष्यअनुसारको उत्पादनमा भने समस्या रहेको उनले जानकारी दिए । दैनिक १० हजार बोरा सिमेण्ट उत्पादन गरिरहेको सो उद्योगमा करीब दुई लाख बोरा सिमेण्ट उत्पादन गर्ने कच्चापदार्थ क्लिङ्कर मौज्दात छ । 

 

यन्त्र मर्मतका लागि वीरगञ्ज पठाइएको महाप्रबन्धक सिंहले बताए । मर्मतका लागि रु २२ लाख खर्च हुने भएकाले उक्त रकम छुट्याइसकेको समेत उनले जानकारी दिए । केही समयदेखि उद्योग नाफामा गएको र उपभोक्ताको माग अत्यधिक भएको उद्योगले यस आर्थिक वर्षमा ३० लाख बोरा सिमेण्ट उत्पादनको लक्ष्य राखेको थियो । यन्त्र बिग्रेका कारण यस आवमा लक्ष्यमा नपुग्ने उनको भनाइ छ ।

 

नयाँ यन्त्र खरीद गर्न ठूलो रकम लाग्ने भएकाले बोलपत्रसमेत आह्वान गरिएको उद्योग प्रशासनले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार उक्त मेशिन खरीदमा रु तीन करोड लाग्ने अनुमान गरिएको छ । हाल सो उद्योगमा मजदूर तथा कर्मचारी र प्राविधिक गरी करीब ६ सय जना कार्यरत छन् । हालै मात्र नाप तथा गुणस्तर कार्यालय वीरगञ्जले पनि सिमेण्ट उद्योगको क्यालिब्रेसन जाँच गरेको छ । (रासस)


थप समाचार

अन्ततः रवि पक्राउ प्रकरणबारे बोलिन् भरतपुरकी मेयर रेणु दहाल

  • 5 hours ago
अन्ततः रवि पक्राउ प्रकरणबारे बोलिन् भरतपुरकी मेयर रेणु दहाल

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि चितवनमा विकास भएका एकपछि अर्को घटनाबारे मौन रहेकी भरतपुर महानगरपलिकाकी मेयर रेणु दाहालले मुख खोलेकी छिन् ।

यी हुन् बलिउडका प्रभावशाली जोडिहरु

  • 6 hours ago
यी हुन् बलिउडका प्रभावशाली जोडिहरु

एजेन्सी । बलिउड विश्वमा छुट्टै पहिचान बनाएको फिल्मी दुनियाँ हो । बलिउडको चर्चा विश्वमै हुने गर्छ । बलिउड आँफैमा ठूलो परिवार रहेको छ, भने यस क्षेत्रभित्र पनि आफ्ना श्रीमान–श्रीमतीको छुट्टै पहिचान रहेको

घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव

  • 6 hours ago
घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव हुँदा एउटै सचिवले तीन वडामा सेवा दिनुपर्ने बाध्यता छ । एउटा वडा सचिवले फरक फरक वडामा गएर सेवा दिँदा आफूलगायत स्थानीयवासीलाई समस्या हुने



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

सत्य बोल्दा मन शान्त हुनुका साथै समस्याहरु पनि टाढा हुन्छ !

सत्य बोल्दा मन शान्त हुनुका साथै समस्याहरु पनि टाढा हुन्छ !

काठमाडौं । महाभारतको वनपर्वमा उल्लेख गरिएको छ, सत्य बोल्ने मानिसलाई के–के फाइदा हुन्छ । यसका अलावा महाभारतमा सबै कुराहरु बताइएको छ जसले हाम्रो जीवनसँग सरोकार राख्छ । यसका साथै सत्य बोल्नाले भगवान पनि प्रसन्न हुन्छन् । मुख्यतया सत्य बोल्ने व्यक्तिलाई यी चार कुराहरु प्राप्त हुन्छ ।

विचित्र विश्व

नौ वर्षीय बालकले ५० वर्षअघिको सन्देश बोतलभित्र भेटेपछि...

नौ वर्षीय बालकले ५० वर्षअघिको सन्देश बोतलभित्र भेटेपछि...

एजेन्सी । अष्ट्रेलियाका नौ वर्षे बालक ज्या इलियटले समुद्री किनारमा बोतलभित्र रहेको एक सन्देश भेटेका छन् । उक्त सन्देश ५० वर्षभन्दा अघि ब्रिटिस लेखक पल गिलमोरले हिन्द महासागरमा छाडेका थिए ।