IIMS College

ISMT

HUB Education

हेटौंडावासी निशान र चेतनको सांगीतिक माहोलमा झुमे

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा फागुन १८ गतेबाट हेटौंडाको क्याम्पा चौरमा भइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको आठौं दिनमा दर्शकहरुले उल्लेख्य मात्रामा उपस्थिति जनाएक थिए । दैनिक सांगीतिक कार्यक्रमको साथमा सञ्चालन भइरहेको मेलामा शनिबार गायक निशान भट्टराईले भुन्टी..., मंसिर महिनामा..., भिजिट भिषामा..., पछि उमेर ढल्किन्छ..., छोरी भन्दा आमा तरुनी... जस्ता गीत गाएर दर्शकहरुलाई नचाएका थिए । 

त्यसैगरी लोकदोहारी गायक सुनिल थापा र गायिका रेखा लामाको दोहोरी घन्किएको थियो । आजकै मेलामा गायक तथा संगीतकार चेतन सापकोटाले पनि आफ्नो प्रस्तुति दिएका थिए भने गायक तथा संगीतकार विक्रम कार्कीको व्याण्डले समेत आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए । 

 

आज आइतबार गायक राजनराज शिवाकोटी, लोक दोहारी गायक शिव हमालको टोली सहित गायक सुजिल कर्माचार्यको साँगितिक कार्यक्रम रहने संघले जनाएको छ । शनिबारको मेलामा करीब ३० हजार दर्शकहरुले मेला अवलोकन गरेको संघका महासचिव प्रमोद सिंह रानाभाटले बताएका छन् । 

 

दैनिक स्वास्थ्य शिविर सञ्चालन समेत गरिरहेको सो मेलामा आज हेटौंडा सामूदायिक आँखा अस्पतालका वरिष्ठ नेत्र सहायक डा. कृष्णराज ढुङ्गानाको टोलीले १ सय २ जनाको निशुल्क आँखा परीक्षण गरिएको संघका उपाध्यक्ष तथा प्राथमिक उपचार समितिका संयोजक कृष्ण कुमार गुप्ताले जानकारी दिएका छन् । 

 

मेलामा बाल उद्यान, हेलिकप्टर सिटी टुर, कृषि, पर्यटन, निशुल्क स्वास्थ्य शिविर जस्ता प्रदर्शनीमा रहेको छ । मेला स्थलमा करीब ४ सय ५० स्टल रहेका छन् । मेला आगामी फागुन २८ गते सम्म सञ्चालन हुने छ । 

 

 

 

 

 

 

 

 


थप समाचार

नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

  • 18 minutes ago
नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

काठमाडौँ । काठमाडौँको बढी पैदलयात्रुले सडक पार गर्ने चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण चाँडै सम्पन्न हुने भएको छ ।

अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

  • 23 minutes ago
अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

काठमाडौँ । नेपाल बार एसोसिएसनले अधिवक्ता चिरञ्जीवी ढकाललाई तत्काल थुनामुक्त गरी शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

अज्ञात समूहद्वारा डोजरमा आगजनी

  • 25 minutes ago
अज्ञात समूहद्वारा डोजरमा आगजनी

काठमाडाैँ । अज्ञात समूहले गए राति जिल्लाका आदर्श र सायल गाउँपालिकास्थित दुई वटा डोजरमा आगजनी गरेका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

एजेन्सी । कतारले उत्तर कोरियालाई मदत गरिरहेको छ । विदेशी मुद्रा कमाउने ठुलो जनशक्ति रोटेशनका आधारमा कतारमा काम गरिरहेका छन् । प्रत्येक तीन वर्षमा रोटेशन हुनेगर्छ । विश्वको माहोलदेखि एक्लिएको कोरियाको मुख्य आम्दानीको स्रोत कतार पनि हो ।