सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधि सभा र प्रदेश सभाका सभामुख र उपसभामुख फरक फरक राजनीतिक दलका हुनुपर्ने माग गर्दै रिट दायर गरिएको छ । 

 

 

अधिवक्ता अच्युत खरेलले अहिले प्रतिनिधि सभा र प्रदेश सभामा एउटै पार्टीको सभामुख र उपसभामुख भएकाले त्यो संविधान विपरीत भएकाले पुनः निर्वाचन गरेर फरक फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने माग राख्दै आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दर्ता गराएको सर्वोच्चका सहप्रवक्ता नगेन्द्रप्रसाद कालाखेतीले जानकारी दिए । 

 

 

रिट निवेदनमा अधिवक्ता खरेलले नेकपा  एमाले  र नेकपा  माओवादी केन्द्रबीच एकता पछि बनेको नवगठित दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मात्र अहिले प्रतिनिधि सभा र ६ वटा प्रदेश सभामा सभामुख र उपसभामुख भएको र त्यो संविधान विपरीत भएकाले उत्प्रेरणको आदेशमार्फत अलग अलग पार्टीको हुनुपर्ने माग राखेका छन् । 

 

 

खरेलले दायर गरिएको रिटमा प्रतिनिधि सभा र कर्णाली प्रदेशसहित १, ३, ४, ५ र ७ नं प्रदेशमा फरक फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने माग गरिएको छ । 

 

 

नेपालको संविधानको धारा, ९१ को उपधारा (२) को (१)मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने र सभामुख वा उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने उल्लेख छ । 

 

 

यस्तै नेपालको संविधानको धारा, १८२ को उपधारा ९२० को ९१० मा प्रदेश सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने र सभामुख वा उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने उल्लेख छ । रिट निवेदनमा फरक फरक लिङ्गको सभामुख र उपसभामुख हुनुपर्नेसमेत माग गरिएको छ । 

 


थप समाचार

सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली राख्न स्वीकृति

  • 19 minutes ago
सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली राख्न स्वीकृति

पशुपतिनगर । इलाम जिल्लाको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सुरक्षा टोली राख्न स्वीकृति दिइएको छ । नेपाल भारत सीमा क्षेत्रका नेपाली नागरिकले लामो समयदेखि सीमा क्षेत्रमा सुरक्षाको व

गुण र दोषका आधारमा सरकारलाई सहयोग गरिनेः गगन थापा

  • 22 minutes ago
गुण र दोषका आधारमा सरकारलाई सहयोग गरिनेः गगन थापा

पाल्पा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारलाई संविधान कार्यान्वयनका विषयमा सहयोग गरिने बताएका छन् । उनले सरकारको गुण र दोषका आधारमा काङ्ग्रेसले

शिक्षकको परीक्षाका कारण विद्यालय बन्द

  • 24 minutes ago
शिक्षकको परीक्षाका कारण विद्यालय बन्द

डडेल्धुरा । शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै विद्यालय बन्द गरिएका छन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

एजेन्सी । मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको सेप्टेम्बर महिनाबाट इटालीमा ‘इन्गेजमेन्ट’ को रौनक चलिरहेको छ ।

विचित्र विश्व

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

काठमाडौँ । चीनले पछिल्लो रुपमा दु्रत विकासलाई प्राथमिकता दिएको छ । हरेक कुरालाई व्यवस्थित गर्ने योजनामा आधारित रहेको चीनका करिब १०० वटा सहरमा, प्रत्येक सहरैपिच्छे १० लाख भन्दा बढी मानिसहरु बसोबास गर्दै आइरहेका छन् ।