IIMS College

ISMT

HUB Education

हिलारीमा बेलायतका शिक्षक–शिक्षिकासँग अन्तरक्रिया

  • सोमबार, १६ मंसिर, २०७६
  • 1 week ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । मंसिरको पहिलो साताभरि नै हिलारी स्कुलमा बेलायती शिक्षक–शिक्षिकाको निकै व्यस्तता देखिएको थियो । ब्रिटिस काउन्सिलको कनेक्टिङ क्लासरुम्स थ्रु ग्लोबल लर्निङ् अन्तर्गतको शिक्षक आदान–प्रदान तथा परियोजना सहकार्य कार्यक्रममा बेलायतस्थित दुरह्याम शहरका ६ स्कुलका ८ जना शिक्षकको टोली हिलारी स्कुल लगायत अन्य ६ वटा स्कुलहरुसँगको विधिवत परियोजना साझेदारका रुपमा नेपाल आएका हुन् । यी स्कुलमध्ये दुरह्यामको डेल्भेस लेन प्राइमरी स्कुल हिलारी स्कुलको अफिसियल पार्टनर रहेको छ । प्रतिनिधिका रुपमा डेल्भेस लेनबाट मिस एबिगेल स्मिथ नेपाल आएकी हुन् । स्मिथले चार दिनसम्म विद्यालयमा रही विभिन्न चरणमा व्यवस्थापन, शिक्षक एवं विद्यार्थीसँग अन्तक्र्रिय गरेकी थिइन् ।

 

स्कुलको बिहानी सभामा मिस स्मिथको भव्यरुपमा स्वागत गरिएको थियो । उक्त चार दिनको अवधिमा स्कुलमा लिडगेट प्राइमरी स्कुलबाट मार्क वाट्सन, बिचडेल तथा कन्सेट इन्फ्यान्ट स्कुल प्रमुख जुलिया ग्राहम र कन्सेट इन्फ्यान्ट स्कुलबाट जिल स्टिफेन्सन आएका थिए । स्कुलमा विद्यार्थीहरुले अन्तरक्रियाका क्रममा बेलायतको शिक्षा पद्धति, गृहकार्यको प्रणाली, खेलकुद तथा अतिरिक्त क्रियाकलापका विषयमा चासो देखाएका थिए ।

 

सहकार्यमा गरिने परियोजनाको शीर्षक “जीरो वेस्ट” अर्थात् शून्य फोहोरमैला रहेको छ । यस अन्तर्गत कक्षा १ देखि ५ सम्मका विद्यार्थीले आफ्नो तह अनुसारका क्रियाकलाप गर्नेछन् । त्यसैगरी “इको–वारियर्स” समूहको गठन गरी १५ दिनमा एकपटक डेल्भेस लेन र हिलारीका विद्यार्थीहरुबीच स्काइप तथा अन्य सामाजिक सञ्जालको माध्यमबाट अन्तक्र्रिया गर्दै गतिविधिको आदान प्रदान गरिने योजना रहेको छ ।

 

भ्रमणका क्रममा बेलायती शिक्षक समूहको टोली प्रमुख मिस जुलिया ग्राहमले यस किसिमका क्रियाकलापले विद्यार्थीलाई विश्वव्यापी नागरिक बन्नमा मद्दत गर्ने र उनीहरुको सर्वाङ्गीण विकासमा सम्म प्रत्यक्ष प्रभाव पर्ने जिकिर गरिन् ।

 

ब्रिटिस काउन्सिल तथा यु.के.एडले दुबै पक्षका शिक्षक–शिक्षिकाको भ्रमण खर्चका निम्ति पुग्ने गरी आर्थिक सहयोग गर्ने गर्दछ । कनेक्टिङ् क्लासरुम थ्रु ग्लोबल लर्निङ्को यो चौथो संस्करण हो । नेपाली शिक्षक टोलीको भ्रमण भने सन् २०२० को जुन महिनाका लागि तय गरिएको छ ।

 


थप समाचार

यि हुन सागमा स्वर्ण जितेका खेलडीका केही तस्विरहरु

  • 11 minutes ago
यि हुन सागमा  स्वर्ण जितेका खेलडीका केही तस्विरहरु

दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)को पाँचौ दिन आइतबार नेपालले थप स्वर्ण जित्न सफल भयो । पौडि, जुडोमा स्वर्ण जितेका खेलडीका केही तस्विरहरु ः

महोत्तरीका विद्यार्थी वोरामा बसेर अध्ययन

  • 40 minutes ago
महोत्तरीका  विद्यार्थी वोरामा बसेर अध्ययन

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका ६ स्थित श्री जनता आधारभूत विद्यालयको वालकक्षाका विद्यार्थी वोरामा बसेर अध्ययन गर्दै । क्रमिक रुपमा चिसो बढेपछि विद्यालयमा मेचको व्यवस्था नभएकोले विद्यार्थी घरबा

क्रिकेटर बन्दै तापसी !

  • 50 minutes ago
क्रिकेटर बन्दै तापसी !

अभिनेत्री तापसी पन्नुले भारतीय क्रिकेट टीमको पूर्व कप्तान मिलाती राजको बायोपिक ‘शाबाश मिठू’मा काम गर्नका लागि कम्मर कसेकी छन् । तापसीको यस नयाँ फिल्मको चर्चा खुब भइरहेको छ । यस फिल्मको लागि तापसीले वि



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।